Latest Updates :

बरु फिल्म खेल्दिनँ, बेडसिन दिन्नँ -लक्ष्मी बस्नेत

SHARE THIS POST :
हरेक विधामा अहिले सक्रिय छिन् लक्ष्मी बस्नेत। टेलिभिजन वा पत्रिका विज्ञापनदेखि ठूलो पर्दाका चलचित्रसम्मको उनको यात्राले निरन्तरता पाइरहेको छ। चलचित्र जलजलाबाट ठूलो पर्दामा फड्को मारेकी लक्ष्मी अहिले भने चलचित्र सिसाको एउटा शीर्ष गीतमा देखिएकी छिन्।
० रातो पहिरनमा निकै राम्री देखिएको छ नि?
– निर्देशकले यही डे्रसमा खुल्छ भन्नुभयो, त्यसैले नै यो डे्रस लगाएकी।
० सेक्सी पनि देखिएको छ।
– धन्यवाद, तारिफ गरिदिएकोमा।
० यो डे्रसमा आँखा लगाउनेहरू कत्तिको पाइयो?
– खै! यहाँ त देखिएन, तर राम्री देखिएकी छ्यौ भनेर तारिफ गर्नेहरूको जमात भने ठूलै पाएँ।
० नाम लक्ष्मी, साँच्चै लक्ष्मीचाहिँ कत्तिको कमाइयो नि?  
– यहाँ कसलाई पो नामअनुसार मिलेको छ र? हात नहुनेको नाम हस्तबहादुर भनेजस्तै हो मेरो हालत पनि।
० यो सिनमा त ग्ल्यामर्स पहिरनमा देखियो। अनि बेडसिनको बारेमा के छ नि विचार?
– म फिल्म खेल्ने लोभमा बेडसिन दिन सक्दिनँ। यदि त्यस्तै सिन दिनुपर्छ भने फिल्म नै खेल्दिनँ।
० त्यस्तो पनि भएको छ?
– छ, पछि बेडसिन दिनुपर्छ भनेपछि मैले फिल्म नै छाडिदिएँ। फिल्ममा किन बेडसिन राख्छन् मलाई थाहा भएन।
० बेडसिन दिएको भए के हुन्थ्यो र?
– यहाँ त अनावश्यक र बिनातर्क बेडसिन राख्ने गरिन्छ। त्यस्ता सिनले सिनेमा र कलाकार दुवैको स्तर घटाउँछ। किन त्यस्ता सिन राखिन्छन्? निर्देशकलाई नै थाहा छैन।
० नायिकाको संवेदनशील अङ्ग हेर्न हो कि?
– त्यो पनि होइन भन्न सकिन्न।
यस्ता सिन पहिले खिच्ने अनि सेन्सर भयो भनेर पछि हटाउनेहरू पनि धेरै रहेछन्।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger