पछिल्लो समय लोकप्रिय बन्दै गएका फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालको लत यौनको भन्दा बढी हुने एक अध्ययनले देखाएको छ। जर्मनीमा गरिएको एक अध्ययनले इन्टरनेटको यो जमानामा जन्मिएका मानिसका लागि यौनभन्दा बढी महत्व सामाजिक सञ्जालहरुको रहेको पत्ता लगाएको हो।
अध्ययनमा संलग्नहरुले फेसवुकमा म्यासेज पठाउने, कमेण्ट गर्ने, पोष्ट भएका तस्बिर हेर्ने तथा ट्वीट गर्ने काममा यौनमा भन्दा बढी उत्साहित हुने गरेको पाइएको वीवीसीले जनाएको छ ।सर्वेक्षणमा अधिकांश कलेजका विद्यार्थी सम्मिलित २ सय ५ जना सहभागी थिए । उनीहरुले यौनजन्य चाहनालाई दबाउन भन्दा सामाजिक सञ्जाल उपयोगको चाहना दबाउन धेरै मुश्किल पर्ने बताएका थिए।