नायिका करिना कपुरले आफ्नी सासु शर्मिला टेगोरले ग्ल्यामरस भूमिकामा देखिनलाई प्रोत्साहित गरेको बताएकी छिन् । उनको भनाई अनुसार सासु शर्मिला जहिल्यै ग्ल्यामरस भूमिकाका लागि प्रोत्साहित गर्छिन् ।
‘दबंग -२’ को फेविकोल..बोलको गीतको शर्मिला अहिले पनि तारीफ गर्छिन । गीत र नृत्यको वारेमा तत्काल टिप्पणी गर्ने शर्मिलाले करिनालाई पटक-पटक भन्ने गरेकी छिन् ‘सेक्सी र ग्ल्यामरस हुनै पर्छ ।’
सेफ अलि खानसँग बिबाह गरेपछि घरमा सासुले आफुलाई कुरा सिकाएको करिनाको भनाई छ । ‘बिबाहपछि पनि आफ्नो ग्ल्यामरस कसरी जोगाउने भन्नेमा मलाई सासुले सचेत गराउनु भएको छ ।’ उनले भनिन् ।
आफ्नो सासुले बिबाहपछि पनि अभिनय जारी राखेको भन्दै करिनाले सासुकै प्रेरणाले अगाडी बढ्न सजिलो भएको बताईन् । पहिल्यैदेखि हेमा मालिनी र सासु शर्मिला टेगोरको फ्यान भएको बताउने करिनाले सासुका हरेक सल्लाह आफ्नो लागि मार्गदर्शन भएको बताइन् ।