Latest Updates :

टेलिकमको निशुल्क वाई फाई हट स्पट कसरि चलाउने ? जान्नुहोस

SHARE THIS POST :
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि हटस्पट वाइफाइको सुविधा ल्याएको करिब डेढ वर्ष भइसकेको छ। तर पनि हामीमध्ये धेरैले यसको सुविधा लिन सकेका छैनौ। हामीमध्ये कतिपयलाई यो हटस्पट वाइफाइ कसरी चलाउने भन्ने बारे जानकारी छैन।  यस्तै कतिपयलाई यो कुन कुन स्थानमा उपलब्ध छ भन्ने बारे जानकारी नभएर टेलिकमले ग्राहकका लागि दिएको यो सुविधा धेरैले उपभोग गर्न सकेका छैनन्।
नेपाल टेलिकमको हटस्पट वाइफाइबाट नेपालका विभिन्न स्थानमा इन्टरनेट चलाउन सकिने टेलिकमका सह–प्रवक्ता डिल्लीराम अधिकारीले बताए।

ती स्थानमा वाइफाइ मार्फत इन्टरनेट चलाउनको लागि जिएसएम तथा सिडिएमए पोष्टपेड वा प्रिपेड मोवाइलको म्यासेज बक्समा गई wifi टाइप गरी १४१६ मा म्यासेज पठाउनुपर्छ।त्यसपछि आफूलाई प्राप्त हुने पासवर्ड प्रयोग गरेर इन्टरनेट चलाउन सकिन्छ।
यो सेवा प्रयोग गरे वापत ग्राहकहरूको मोबाइलबाटै १० रुपैयाँ ब्यालेन्स काटिन्छ। उक्त ब्यालेन्सबाट २४ घन्टा भित्र एक घन्टासम्म इन्टरनेट चलाउन सकिन्छ। यो ६० मिनेटको समयलाई २४ घण्टा भित्र जतिखेर र जसरी चलाएपनि हुने टेलिकमले जनाएको छ।
उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा कहाँ कहाँ छन् हटस्पट वाइफाई पाइने स्थानहरू?
काठमाडौः
१. कलेज/कार्यालयहरुः
काठमाडौँ इन्जिनियरिङ कलेज, फिटनेस स्टुडियो लाजिम्पाट, सञ्चार मन्त्रालय, एक्मि इन्जिनियरिङ कलेज, सूचना विभाग, महानगरपालिकाको कार्यालय, कम्फर्ट हाउजिङ सानो भर्‍याङ, आन्तरिक र बाह्य एयरपोर्ट, एड्भान्स इन्जिनियरिङ कलेज, एमाले पार्टी कार्यालय, अरविन्दाश्रम, नेपाल प्रहरी प्रशिक्षण केन्द्र, कान्तिपुर इन्जिनियरिङ कलेज, केशर महल, त्रिभुवन विश्वविद्यालय।
२. अस्पतालहरुः
हेल्पिङ ह्याण्ड्स चावहिल,  टिचिङ अस्पताल, बि.पी. कोइराला मेमोरियल अस्पताल, वीर अस्पताल, छाउनी अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल अस्पताल, प्रसुति गृह थापाथली, ब्लु क्रस अस्पताल, मनमोहन मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, स्टार हस्पिटल, वयोधा अस्पताल बल्खु।
३. स्थानहरुः
नारायणहिटी र नागार्जुन आर्मी ब्यारेक, गोंगबु बसपार्क, भृकुटी मण्डप, दक्षिणकाली, बानेश्वर चोक, ठहीटी चोक, जनसेवा मार्ग डल्लु, मखन, ठमेल ख्वाःबहाल, विजेश्वरी, असन, कालिकास्थान, महाराजगञ्ज, फर्पिङ, नरसिंह चोक, ठमेल, सिनामंगल।
४.नेपाल टेलिकमका कार्यालयहरुः
सुन्धारा काउण्टर –२, केन्द्रीय कार्यालय भद्रकाली, पुल्चोक काउण्टर, बलम्बु, कीर्तिपुर, ग्वार्को, छाउनी, गोंगबु, चावहिल, इन्द्रायणी, जोरपाटी, सुन्दरीजल, कपन, बबरमहल, कोटेश्वर, नक्साल।
भक्तपुरः
१. काठमाडौँ फन भ्याली पलाँसे।
२. स्थानहरुः भक्तपुर दरबार स्क्वायर, दत्तात्रेय मन्दिर, कौशलटार, बहाख बजार ठिमी, लोकन्थली।
३. जनस्वास्थ्य भक्तपुर
४. नेपाल टेलिकमका कार्यालयहरुः भक्तपुर, थिमी, तेलकोट, खरीपाटी।
ललितपुरः
१. कलेज/कार्यालयहरुः
पाटन मालपोत, साझा बस यातायात कार्यालय र ललितपुरका साझा बसहरूमा, अशोक हल, नेपाल विद्युत प्राधिकरण, नेपाली कांग्रेस पार्टी कार्यालय।
२. अस्पतालहरू
किस्ट मेडिकल हल, सुमेरु सिटी र सुमेरु सामुदायिक अस्पताल, वि एण्ड वि, अल्का, पाटन अस्पताल।
३.पाटन दरबार र मंगल बजार दुपट।
४. नेपाल टेलिकमका कार्यालयहरुः लुभु, सैँबु, ठेचो, पाटन।
यसप्रकार  उपत्यका अन्य पनि केही स्थानमा नेपाल टेलिकमको हट–स्पट प्रयोग गर्न सकिने अधिकारीले बताए।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger