Latest Updates :

१५९ यात्रु बोकेको ब्रिटिश एयरवेजको बोइङ ७७७ विमानस्थलमै जल्यो भिडियो सहित

SHARE THIS POST :
लस भेगास (अमेरिका)— १५९ यात्रु र १३ जना चालक दल सदस्य रहेको ब्रिटिश एयरवेजको बोइङ ७७७ ड्रिमलाइनर जहाजमा आगो लागेको छ। लसभेगास विमानस्थलबाट लन्डनका लागि उड्नै लाग्दा जहाजमा आगो सल्किएको हो। 'टेक अफका लागि धावानमार्गमा गुड्दै गर्दा जहाजभित्र धुँवा भरियो', एकजना यात्रुले सुनाए।

घटनामा मानवीय क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। उद्धारका बेला प्रयोग हुने स्लाइडलाई बेवास्ता गरी यात्रुहरु अत्तालिएर भाग्दा घाइते हुन पुगेका छन्। १४ घाइते यात्रुलाई स्थानीय अस्पताल भर्ना गरिएको छ। उनीहरु खतरामुक्त रहेकोे बताइएको छ। जहाजभित्र धुँवा भरिएपछि यात्रुहरु ढोकातर्फ भागदौडा गरेको एकजना यात्रुले बताए।



जहाजको बायाँ इन्जिनबाट आगो सल्किएको संघीय उड्डयन प्रशासनका प्रवक्ता ग्रेगोरले बताए। पाइलटले 'ह्याभी फायर सर्भिसेस' भनेको ट्राफिक कन्ट्रोलमा रेकर्ड भएको छ।आगो लागेको बोइङ ७७७ सन् १९९८ मा निर्मित जहाज हो। बोइङले यसलाई निकै राम्रो र सुरक्षित भन्दै आएको थियो। लामो दूरीको उडान गर्ने यो जहाजले विश्वका मुख्य सहरहरुमा उडान गर्दै आएको थियो।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger