Latest Updates :

बोक्सीको आरोपमा सुत्केरीमाथि कुटपिट अझै पनि अन्धबिस्वाश कायमै

SHARE THIS POST :
पनौती नगरपालिका ४ चामखर्ककी २३ वर्षीया मिलामाया वाइबा बललाई छिमेकी शान्ति सिंतान र विमला तामाङले बोक्सीको आरोपमा कुटपिट गरेका छन् । तीन महिनाकी सुत्केरी विमलालाई १७ भदौमा कुटपिट गरिएको हो ।

आफूलाई घरमै आएर कुटपिट गरेको उनले बताइन् । ‘म बच्चालाई दूध खुवाउँदै थिएँ, एक्कासि विमला र शान्ति आएर भुत्ल्याउँदै कुटपिट गर्न थाले,’ उनले भनिन् ‘मेरो छोरो बिरामी पार्ने तैं होइन ? तँ बोक्सीलाई नमारी छाडि्दन भन्दै कुटे ।’ उनको खुट्टामा चोट लागेको नयाँ पत्रिकामा खबर छ ।

विमलाले आफूलाई समातेको र शान्तिले कुटपिट गरेको उनले बताइन् । भूकम्पले घर भत्किएपछि उनी टहरामा बस्दै आएकी छन् । यसअघि पनि उनीहरुले टहराभित्रै आएर बोक्सी भएको आरोप लगाउँदै विभिन्न धम्की दिने गरेको उनले बताइन् ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger