Latest Updates :

उनी मलाई लिङ्गको साइज बढाउन भन्छिन् । के यो सम्भव छ ?

SHARE THIS POST :
म २४ वर्षीय विवाहित पुरुष हुँ । मेरो विवाह भएको १ वर्ष भयो । मेरो लिङ्ग अन्य पुरुषको भन्दा सानो (लम्बाइ ३ दशमलव ५ इन्च र मोटाइ पनि ३ दशमलव ५ इन्च नै) छ । यसबाट मलाई कुनै नकारात्मक असर परेको छैन र यौनसम्पर्क गर्दा पनि मलाई पूर्ण आनन्द प्राप्त हुन्छ, तर मेरी श्रीमती मबाट पूर्ण सन्तुष्ट छैनन् । हामी यौनसम्पर्क गर्दा भिन्न-भिन्न आसन प्रयोग गर्छौं, तर त्यसले उनमा कुनै प्रभाव परेन । मैले उनलाई यौनचिकित्सककहाँ पनि पुर्‍याएँ, त्यहाँ पनि उनमा कुनै समस्या देखिएन । के लिङ्ग सानो भएकाले उनलाई यौन आनन्द प्राप्त नभएको हो ? उनी मलाई लिङ्गको साइज बढाउन भन्छिन् । के यो सम्भव छ ?


 महिलालाई सन्तुष्ट बनाउन लिङ्गको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो आफ्नो यौनसाथीलाई यौनसुख प्रदान गर्न सक्छु कि सक्दिनँ भन्ने विषयमा हुन्छ ।

गहिरिएर हेर्ने हो भने लिङ्गको लम्बाइ वा भनौं नापको कुरा यौनसुख लिने-दिने कुरामा मात्र सीमित नभै पुरुषको आफ्नो पहिचान तथा आत्मसम्मानसँग जोडिएको हुन्छ ।



पौरुषत्वसँग जोडिए पनि कतिपयको सोचाइविपरीत लामो लिङ्गबाट यौनसुख बढी दिन सकिने वा लिन सकिने भन्नेचाहिँ होइन । यौनसुख दिन वा लिन लिङ्गको नापभन्दा अन्य

कुरा बढी महत्वपूर्ण छन् भन्ने बुझ्नु आवश्यक छ । सानो होस् वा लामो, लिङ्गको घर्षणबाट यौनसुख पाइन्छ ।

तपाईंले हस्तमैथुनबाट चरमसुख प्राप्त गर्न सक्नुभएको छ भने उक्त लिङ्गबाट यौनसुख लिन सकिने कुरामा ढुक्क हुनुभए हुन्छ । जहाँसम्म आफ्नी श्रीमती वा महिला

यौनसाथीलाई यौनसुख प्रदान गर्ने क्षमताको कुरा छ, त्यसका लागि महिलाहरूले कसरी यौनसम्पर्कबाट आनन्द प्राप्त गर्छन् भन्ने कुरा बुझ्नु आवश्यक छ । महिलाको

यौनसंवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा केन्दि्रत हुँदैन ।

प्राय: सबैजसो महिलाको यौनसुखको केन्द्र भगांकुर हो । यही भगांकुरकोे प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले आनन्द प्राप्त गर्छन् । यो भगांकुर बाहिरतिरै हुन्छ । हुन सक्छ,

कतिपय महिलालाई ठूलो आकारको लिङ्गप्रति आकर्षण होला, तर त्यसैका आधारमा बढी यौन आनन्द प्राप्त हुनेचाहिँ होइन । केही अध्ययनमा यौनसम्पर्कका बेला महिलाले

पुरुषको लिङ्गको नापलाई खासै ध्यान नदिने कुरा पनि उल्लेख छ।
कहिलेकाहीं यौनक्रियाको चरमोत्कर्षमा पुग्न लागेका बेला मुखबाट निस्कने वाक्यकै आधारमा कसैले आफ्नो लिङ्ग सानो भएको मान्नुपर्ने कुनै कारण छैन । सम्पूर्ण योनिको लम्बाइ

हेर्ने हो भने यसको भित्री भाग नभै बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ । सामान्य अवस्थामा योनिको लम्बाइ ४ इन्चजति हुन्छ र साधारणत: छोटो

भनिने लिङ्ग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छ । तपाईंको ३ दशमलव ५ इन्चको लिङ्ग योनिको बाहिरतिरको १ दशमलव ३ इन्चजतिको यौन संवेदनशील

भागको घर्षण गर्न पर्याप्त हुन्छ ।

 योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रको ठूलो तथा सानो भगोष्ठ तथा अग्रभागमा रहेको monsveneris (जहाँ यौनकेशहरू पाइन्छ) भागहरू यौन संवेदनशील

हुन्छन् । त्यसैगरी सम्पूर्ण स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग विशेष यौन संवेदनशील हुन्छ । व्यक्ति-व्यक्तिमा फरक पर्ने भए पनि नितम्ब,

गर्दन, काखी, तिघ्रा, नाभी क्षेत्र आदि अंगहरूलाई पनि यौन संवेदनशील अंग मान्न सकिन्छ । पुरुषहरूको तुलनामा महिलाको यौनसुख प्राप्त गर्ने कुरा लिङ्गमा मात्र केन्दि्रत

हुँदैन, त्यसैले सबै यौनसंवेदनशील अङ्गहरूको अधिकतम प्रयोग उपयुक्त हुन्छ ।

 # के गर्नुपर्ला ?
समाधानका लागि समस्याको पहिचान राम्रोसँग गरिएको हुनुपर्छ । तपाईंकी श्रीमतीले यौनसुख प्राप्त गर्न नसक्नुको मूल कारणसम्म पुग्नु आवश्यक छ। त्यसका लागि केही कुरा

जान्नु अपरिहार्य हुन्छ । पहिलो कुरा त उहाँको यौन क्रियाकलापमा रुचिका सम्बन्धमा जानकारी प्राप्त गर्नु आवश्यक छ । उहाँ आफैंले वा तपाइर्ंको सहयोगमा यौन आनन्द प्राप्त

गर्नुभएको स्थिति थियो-थिएन वा छ-छैन । यौन आनन्द प्राप्त नगर्ने वा गर्न नसक्ने दुवै नै स्थिति हुन सक्छ । त्यसका विशेष शारीरिक वा मानसिक कारण हुन सक्छन् ।

तपाईंले आफ्नी श्रीमतीले पहिले तपाईंबाट वा आफैंले हस्तमैथुन गर्दा यौन आनन्द पाएको स्थिति थियो कि थिएन ? पुरुषको जस्तो महिलाको यौनसुख प्राप्ति यौनाङ्गमा केन्दि्रत

नहुने स्थितिमा किन लिङ्ग बढाउन आग्रह गर्नुभयो, उक्त कुराको तहसम्म पुग्नुपर्छ । उहाँको मानसिकतामा कसरी त्यस्तो कुरा आयो भन्ने तथ्य जान्नु आवश्यक छ । तपाईंले

अरू पुरुषसँग तुलना गर्नुभएजस्तै उहाँले कसरी तपाईंको लिङ्ग सानो भएको थाहा पाउनुभयो ? उहाँलाई यौन सन्तुष्टिका लागि लामो लिङ्ग चाहिन्छ भन्ने किन लाग्यो ? जस्ता

प्रश्नको जवाफ प्राप्त गर्नु आवश्यक हुन्छ ।

 शारीरिक रूपमा यौन सम्पर्क राख्दा पीडा हुने स्थिति वा अन्य कुनै रोग छ-छैन भन्ने कुराले पनि त्यतिकै महत्त्व राख्छ । तपाईंले यौन विशेषज्ञलाई देखाउनुभएको र केही

समस्या नभएको कुरा त गर्नुभयो तर उहाँले तपाइर्ंहरूबीचको यौनजीवनमा भएको समस्यालाई कसरी वा के भनेर परिभाषित गर्नुभयो भन्ने कुराको पनि धेरै अर्थ लाग्छ, अनि

तपाइर्ंसँग उहाँको सम्बन्ध कत्तिको आत्मीय वा तनावपूर्ण छ भन्ने कुरा पनि त्यति नै महत्वपूर्ण छ । यहाँ चर्चा गरिएका प्रश्नहरूको सन्दर्भमा तपाईं उहँाको श्रीमान् हुनुभएकाले

त्यसका बारेमा तपाईंलाई नै पर्याप्त जानकारी हुनसक्छ ।

 # वैवाहिक जीवन बचाउने कुरा वैवाहिक जीवन सुमधुर रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । यसलाई जोगाउन अन्य व्यक्ति जस्तै मनोविद्, मनोविमर्शकर्ता वा चिकित्सक वा

हितैषीले सहयोग मात्र गर्न सक्छन् तर वास्तवमा त्यसलाई बचाउने दायित्व र सामथ्र्य तपाईंहरू दुवैमा हुन्छ । दुवैले आफ्नो व्यक्तिगत रुचि र स्वार्थभन्दा माथि रहेर हेरचाह गरे

यो सम्बन्ध अझ सुमधुर बन्दै जान्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger