Latest Updates :

यौन सम्पर्कका बारेमा पूरुषले साथीलाई भन्छन् महिलाले लुकाउछन् !

SHARE THIS POST :
मध्यम बर्गका जोडीको यौन सम्बन्ध बढि
 हालै गरिएको एक अध्यनले अनौठो तथ्य बाहिर ल्याएको छ । समाजमा सबै भन्दा बढी यौन सम्पर्क मध्यम वर्गका मानिसले गर्ने यो अध्ययनले देखाएको छ । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका डेडिड स्पाइगेहाल्टरले प्रकाशित गरेको पुस्तकामा यस्तो सनसनीपूर्ण दावी गरेको हो । ‘सेक्स बाइ नम्बर्स’ भन्ने पुस्तकमा बेलायतमा गरिएको अध्ययन सार्वजनिक गरेका हुन् ।

समग्रमा मानिसहरुले सेक्स कम गर्न थालेको समेत यो अध्ययनको दावी छ । मानिसहरु अश्लिल सामग्रीको उपलब्धता र खुल्ला बन्दै गएको समाजका कारण पनि सेक्सप्रति मानिसको आकर्षण पहिले जस्तो नरहेको यो पुस्तकको दावी छ ।

मध्यम वर्गका जोडीहरुले सबै भन्दा नियमित सेक्स गर्ने दावी गरेको पुस्तकमा धेरै उच्च घराना र निम्न वर्षमा सेक्सको आकर्षण कम हुने समेत भनिएको छ । अधिकाँश पुरुषले आफूले कम्तिमा १४ जना महिलासँग यौन सम्बन्ध राखेको स्वीकार गर्ने यो पुस्तकमा उल्लेख छ भने महिलाहरुले त्यस भन्दा पनि बढीसँग सम्पर्क राख्ने उल्लेख छ ।

पुरुषले परस्त्रीसँगको सम्बन्ध साथीभाइलाई समेत भन्ने तर महिलाले भएका सम्बन्ध र क्रियाकलापबारे समेत झुटो बोल्ने दावी पनि उनले पुस्तकमा गरेका छन् । वास्तबमा यौनका बारेमा पूरुषले साथीलाई भन्छन् महिलाले लुकाउछन् भन्ने तर्क समेत सो पुस्तकमा रहेको छ । त्यसै गरि यौन आनन्दका बारेमा मध्यम बर्गका जोडीले यौन आनन्द बढि लिने गरेको समेत अनुसन्धानले देखाएको छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger