Latest Updates :

यौन सम्बन्ध र यस भित्र लुकेको रहस्य उत्तेजनाको चरण के के हुन् ?

SHARE THIS POST :
यौनचाहना प्रकृतिले मानिसलाई दिएको एक विशेषता हो । सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ । यो हाम्रो वंश निरन्तरताको लागि पनि आवश्यक छ । तपाईं र तपाईंकी श्रीमती दुवैमा पर्याप्त यौनचाहना हुनु राम्रो कुरा हो । तपाईंलाई थाहै हुनुपर्छ कि यौनसम्बन्धी हाम्रा चासो र चाहनाहरू मस्तिष्कबाट शुरू हुन्छन् ।

मस्तिष्कको हाइपोथलामस भन्ने सानो अंगले यौनसम्पर्क राख्नेजस्ता आधारभूत व्यग्रता प्राणीमा उत्पन्न गर्दछ । यसैगरी  अर्को अंग सेरबरेल कर्टेले हामीले सिकेका कुरा तथा अनुभवहरूलाई रेकर्ड गर्ने कार्य गर्दछ ।यौनसंवेदनशीलता सम्बन्धी कुराहरू पनि यसै भागबाट सञ्चालित हुन्छन् । मस्तिष्कबाट निस्कने हर्मोनकै प्रभावमा अण्डकोष वा डिम्बाशयले हर्मोन उत्पादन गर्दछ । यस्ता अनेक

हर्मोनहरुको संयुक्त प्रभावबाट नै यौनसम्बन्धी हाम्रा क्रियाक्लापहरू निर्देशित हुन्छन् । यौनसम्पर्कलाई धेरैले शारीरिक सम्पर्क भन्ने गरेको भए पनि यौनक्रियाकलाप वास्तवमा शारीरिक तथा मानसिक दुवैको समन्वयमा हुने एक जटिल प्रक्रिया हो । मानव यौनप्रतिक्रिया चक्र मानव यौनप्रतिक्रिया चक्रको कुरा गर्दा मानव शरीर ४ वटा मुख्य चरणहरूबाट गुज्रन्छ । ती हुन्, पहिलो उत्तेजनाको चरण्, दोस्रो प्लाटो चरण, तेस्रो चरमसुखको चरण र चौथो रेजोलुसन चरण । प्रथम चरणलाई निरन्तरता दिएमा व्यक्ति दोस्रो चरणमा पुग्छ । यो चरणलाई पनि निरन्तरता दिइएमा व्यक्ति तेस्रो चरण अर्थात् चरमसुखको चरणमा पुग्छ ।

यही चरणमा नै वीर्य स्खलन हुन्छ । त्यसपछि बिस्तारै पूर्वावस्थामा नै फकिर्ने चरणलाई रेजुलुसन चरण भन्ने गरिन्छ ।दोस्रो चरण प्रवेश गरेपछि यस अवधिमा भएको यौनउत्तेजना निरन्तर रुपमा बढाउ“दै लान सकिएमा एक यस्तो विन्दुमा पुगिन्छ, जसमा पुगेपछि व्यक्ति यौनतनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेÈ महत्त्व छ । किनभने यस बेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सायद सर्वोत्कृष्ट सुखको अनुभव गर्दछ । यसैलाई चरमसुख भनिन्छ । स्वर्गीय आनन्द, चरम आनन्दजस्ता कैयौं शब्दहरू यसका लागि प्रयोग हुने गर्दछन् ।

यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउ“छ र आफै खुम्चने तथा खुल्ने हुन्छ । स्वास–प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप निकै बढ्छ । महिलाहरुमा पाठेघर, योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरु खुम्चने तथा फुक्ने हुन्छन् ।

पूर्ण चरमसुख पाउ“दा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यस बेला जुन सुखानुभूति हुन्छ, हामी त्यसलाई चरमसुख वा चरम ९स्वर्गीय आनन्द भनिन्छ ।पुरुषहरुको हकमा भने यो चरमसुख पाउने कुरा दुइ चरणमा पूरा हुन्छ । सुरुमा आन्तरिक अङगहरुको खुम्चने, फुक्ने क्रम सुरु हुन्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ । यस अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकोल प्वाइन्ट अफ नो रिर्टन पनि भनिन्छ ।

त्यसपछि मूत्रनली, लिङग तथा पौरुष ग्रन्थको खुम्चने, फुक्ने क्रम सुरु हुन्छ र वीर्य पनि बाहिर निस्कन्छ । वीर्य लिङगबाट बाहिर निस्कनुलाई नै हामी वीर्य स्खलन भएको भनिन्छ । यही बेला नै पुरुषहरुले चरम सुख पनि पाउछन् । डा। राजेन्द्र भद्रा ,  स्वास्थ्य खबर

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger