नेपालमा एक वर्षमा ६१ अर्ब रुपैयाँ बराबरको रक्सी खपत हुने गरेको छ । देशमा उत्पादित दर्ताविनाको लोकल ठर्राबाहेक दर्तावाल कम्पनीबाट उत्पादित र विदेशबाट आयातीत गरी ६१ अर्ब ९२ करोड ३७ लाख १७ हजार बराबरको मदिरा नेपालमा खपत हुने गरेको हो । स्वदेशी र विदेशी विभिन्न कम्पनीको विभिन्न ब्राण्डको ५ करोड ७३ लाख ३९ हजार ११५ लिटर मदिरा गत वर्ष नेपालभित्र खपत भएको छ ।
नेपालमा मात्रै विभिन्न दर्तावाला उद्योगले उत्पादन गरेको ३ करोड ६५ लाख ३२ हजार ४२६ लिटर मदिरा उत्पादन गरेको आन्तरिक राजस्व विभागले जनाएको छ । त्यसमध्ये ३९ लाख ५१ हजार १०१ लिटर विदेश पठाएको तथ्यांक भन्सार विभागसँग छ ।
बाँकी रहेको ३ करोड २५ लाख ८१ हजार ३२५ लिटर नेपालमै खपत हुने गरेको हो । यसमा बियर समावेश छैन ।
गत वर्ष नेपालमा बियर मात्रै २४ अर्ब र बियर बाहेक अन्य मदिरा ३५ अर्ब रुपैयाँको कारोबार भएको आन्तरिक राजस्व विभागका अन्तःशुल्क व्यवस्थापन शाखा निर्देशक लोकप्रसाद न्यौपानेले बताए । ‘मदिराबाट मात्रै १२ अर्व १० रुपैयाँ अन्तःशुल्क संकलन भएको छ’, उनले भने ‘हामीले बियरलाई यसमा समावेश नगरेकोले बियरबाट मात्र ५ अर्ब ३१ करोड अन्तःशुल्क संकलन भएको छ ।’
त्यसै गरी गत वर्ष विदेशबाट विभिन्न ब्राण्डको दुई करोड ८ लाख ६ हजार ६८९ लिटर मदिरा नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । ‘२ अर्ब ९२ करोड ३७ लाख १७ हजार बराबरको मदिराजन्य सामग्री नेपाल भित्रिएको छ’– भन्सार विभागका तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले भने । यसमा तयारी मदिरा र मदिराजन्य सामग्री हुने गरेको उनले बताए ।
विदेशबाट भित्रिएको बियर, वाइन, जिन, भोड्का, ह्विस्की लगायतको रक्सी नेपालीले पिउने गरेका छन् ।
ब्यवसायीको तथ्यांक अझ बढी
सरकारी निकायहरुबबाट यस्तो तथ्यांक आएपनि मदिरा व्यवसायी महासंघले भने नेपालमा यो भन्दा धेरै मदिरा खपत हुने जनाएको छ । मदिरा व्यवसायी महासंघका अध्यक्ष नविनलाल श्रेष्ठले वास्तविक भन्दा सरकारी तथ्यांक कम रहेको बताए । ‘हामी संग भएको तथ्यांक अनुसार त बाहिरबाट ३ अर्व मात्र नभएर करीव १० अर्बको मदिरा भित्रन्छ ।’ उनले भने । श्रेष्ठको तथ्यांक आधार मान्ने हो भने नेपालमा एक वर्षमा ६८ अर्व भन्दा बढीको मदिरा नेपालमा खपत हुन्छ ।
मदिरामा व्यापारघाटा
मदिरा जन्य पेय पदार्थको कारोबार वापत नेपाललाई २ अर्ब ६२ करोड ३५ लाख ७६ हजार व्यापार घाटा छ । २ अरव ९२ करोड ३७ लाख १७ हजार रुपैयाँ बराबरको मदिराजन्य सामाग्री नेपाल भित्रीएपनि बाहिर पठाउने भने जम्मा ३० करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको मदिराजन्य सामान मात्रै निर्यात गर्छ । यसबाट नेपाललाई २ अर्व ६२ करोड ३५ लाख ७६ हजार रुपैँया बराबरको व्यापार घाटा रहको भन्सार विभागको तथ्यांक छ । नेपालबाट बाहिरीने मदिरा जापान, कोरीया, अमेरीका, अष्टेलिया, युएई, बेलायत, फिलिपिन्स लगायतका मुलुकमा जाने गर्दछ ।
कसले सूचना दिने भन्ने थाहा नभएको आन्तरिक राजस्व विभाग
आन्तरिक राजस्व विभाग देशको आन्तरिक कर नीति निर्माण, कार्यान्वयन र प्रशासन तथा अनुगमनको काम गर्ने मुख्य कार्यालय हो । तर यहाँको संस्थागत संरचना भने भद्रगोल र अव्यवस्थित रहेको छ । जसको कारण सर्वसाधारण सेवाग्राही तथा सूचना प्राप्तकर्ताले दुःख पाउनुपरेको गुनासो गरेका छन् ।
सूचना प्रविधिमा अब्बल र देशमै पहिलोपटक कम्प्युटर प्रणालीबाट सूचना राखिएको निकाय भनेर प्रचार गर्ने निकायको भद्रगोल सूचना प्रणालीले सरोकारवालाले हैरानी व्यहोर्नु परेको हो । यतिसम्म कि उक्त विभागका कर्मचारीलाई सूचना कसले दिने भन्ने समेत थाहा छैन ।
कुनै सूचनाका लागि विभागमा फोन गर्दा त्यहाँका कर्मचारीले कार्यालयमा भएका सबै आन्तरिक नम्बरहरूमा फरवार्ड गरेर हैरान पार्ने गर्छन् । कार्यालयले टोल फ्रि भनेर प्रचार गरेको नम्बरमा सम्पर्क हुन सक्दैन । धेरैजसो फाँटका कर्मचारीहरूले कार्यालय समयमा फाँटको टेलिफोन उठाउँदैनन् । जसका कारण कार्यालयमा गरेको फोन अंग्रेजी भाषामा सेट गरिएको भ्वाइसमेल सेवामा जाने गर्दछ ।
कार्यालय समय सकिनु अगावै हाजिरीका लागि हतार हतार गर्नेे कर्मचारीको कारण त्यहाँ सेवा लिन विभिन्न माध्यमबाट सम्पर्कमा रहने सेवाग्राहीले सास्ती भोग्नु पर्दछ ।
सूचना अधिकारीको रूपमा तोकिएकी विभागकी उपमहानिर्देशक चन्द्रकला पौडेलले आफूलाई कुनै पनि सूचनाको जानकारी नभएको भन्दै अन्य व्यक्तिहरूको नम्बर बाँड्ने काम मात्रै गर्नुहुन्छ । मंगलबार जनआह्वानले सम्पर्क गर्दा समेत उहाँले आफूलाई कुनै तथ्यांकको जानकारी नभएको भन्दै पाँच जना व्यक्तिको नम्बर उपलब्ध गराइन् ।
पटक पटक टेलिफोन गर्दा उनले अन्तःशुल्क महाशाखाका उपमहानिर्देशक राममणि दवाडी, अन्तःशुल्क व्यवस्थापन शाखाका निर्देशक लोकप्रसाद न्यौपाने, शाखा अधिकृत युक्तप्रसाद सुवेदी, कर परीक्षण व्यवस्थापन शाखाका अधिकृत कमल मैनाली लगायतको टेलिफोन नम्बर उपलब्ध गराएर हैरान पार्ने गरेकी छन् । मसँग त्यस्तो तथ्यांकको त कुनै सूचना हुँदैन, उनले भनिन्, ‘त्यो त उहाँहरूलाई नै सोध्ने हो नि ।’