दु:ख विसाउने,आत्मियता बाँड्ने रमाइलो साट्ने चाड भन्दा बढी उखरमाउलो बैंस प्रर्दशन गर्ने चाडका रुपमा स्थापित हुन थालेको छ आधुनिक तीज। र, यसलाई शहरका आधुनिक महिलाहरुले झन मलजल गरेका थपेका छन्। तीजलाई सांस्कृतिक चाड भन्दा बढी ‘सेक्सी’ चाड बनाउन।
समय अनुसार काम गर्न सक्नु मान्छेको सबै भन्दा ठुलो गुण हो। तर, यसको सहि उपयोग गर्न सकिएन भने त्यही गुणले मान्छेलाई अनैतिक र असामाजिक कार्यतिर डोर्याउँछ र त्यो बेला हामीले कि समाज छोड्नु पर्छ कि हामी समाजबाट एक्लिनु पर्छ।
आजकालको तीजमा हरेक वर्ष टेलिभिजनका पर्दामा देखिने उखरमाउलो वैंश हेरेर आफुलाई नखरमाउली बनाउने संस्कृतिको विकासले वर्षेनी जरो गाड्दैछ। यसो भन्दा धेरैलाइै दु:ख लाग्ला तर, सत्य यहि हो –तीज मनाउने बहानामा आजकल महिलाहरु धार्मिक र संस्कृतिक विचलनको बाटोमा रमाउँदैछन।
हाम्रो सोच र विचार समय अनुसार परिवर्तन हुनै पर्छ। नत्र हामी समयको गतिसंगै अगाडि बढ्न सक्दैनौ। तर समयसंगै अघि बढने नाममा सामाजिक र सांकृतिक संस्कारलाइे गलत ढंगले व्याख्या गर्न थालयौ भने यस्ले संस्कृति सम्वद्धर्न नाममा विकृति मात्र जन्माउँछ।
नेपाली समाजमा फेसन र तिजको चर्चा एकअर्काका पर्याय हुन। अश्लीलता बाकेका तीजका गितहरुले तीजको अर्थलाई झन् अनर्थ बनाउन थालेका छन्। नयाँ पुस्तामा सांस्कृतिक पर्व रुपान्तरण गर्ने नाममा न्वारन देखिको बल लगाएर उत्ताउलो गीत ,अश्लिल हाउभाउ ,अनि नखरमौली भेषभुषामा तीज मनाउनु नै आफ्नो धर्म मान्नेहरुका लागि तीजको गीत पनि उत्तिकै सहायक भएर आएको छ।
'जामा लाउँदा छोटो भयो साडि लाउँदा सुहाएन उखरमौलो वैंश छोप्ने चिजै भएन, तल पनि पिरलो माथी पनि पिरलो,चोरी खान पल्केको ढाडे बिरालो...'यो गीतमा तीजको महिमा ,महत्व र मर्म कहाँ भेटिन्छ ?
यस्ता दुई अर्थ लाग्ने तीजको गीत रत्तेउली गीत भन्दा पनि अस्लील बन्न थाले पछी भोलिको पिढीले तीजको परिभाषा कसरी खोज्लान।
पार्वतीले विष्णुको सल्लाहमा महादेवलाई बर अर्थात श्रीमान पाउन हरितालिका तीजको व्रत बसेको पौराणिक कथन छ। आधुनिक कालमा यो धार्मिक आस्थासंग सामाजिक र सांस्कृतिक पक्ष पनि जोडीन पुग्यो।
श्रीमानप्रतिको आत्मियता, इमान्दारिता, दिर्घायु र पारिवारिक सुखको लागि श्रीमतिले व्रत बस्ने चलनले सबै जात जातिलाइे छोयो। सधैं घरधन्दामा दिन बिताउने महिलालाई तीजका दिन माइत गएर नाच गान गर्ने अवसर प्रदान गरेर यो पर्वले नारिलाई सबै क्षेत्रमा अवसर दिनु पर्छ भन्ने सन्देश पनि दियो। जुन काल खण्डमा महिला घर बाहिर निस्कन पाउँदैनथे, त्यतिबेला भने तीजमा नाचगान गर्न बन्देज थिएन।
सांस्कृतिक पक्षसंगै सासुको बुहार्तन , आफुले घरमा भोगेका पिडा लगायत जिन्दगीका सुख दु:ख र पिडा पोख्ने ठाउँको रुपमा पनि तीज पर्वले ठाउँ बनायो। विस्तारै राजनैतिक दलले महिला हक र अधिकारको आवाज उठाउने पर्वको रुपमा यस्लाई व्याख्या गर्न थाले। तर पछिल्ला वर्षहरुमा यो पर्व विकृति र विसंगति फैलाउने चाडका रुपमा स्थापित हुन थाल्यो।
तीज आउन अब भाद्र शुक्ल पक्ष कुर्नु पर्दैन। २/३ महिना अगाडि नै तीजले बजार तात्न थाल्छ । संसारका जुनै कुनामा होस तिजको बजार नतातिएको नक्सा देखिदैन।
तीज नेपाली भेषभुषा र गहना प्रदर्शन गरेर आफुलाई संभ्रान्त देखाउने पर्वको रुपमा विकसित हुन थाल्यो । स्वास्निले व्रत बस्दैमा लोग्नेको आयु बढ्ने र न बस्दैमा आयु घट्ने पक्कै पनि होइन। पुरातन कालमा महिलाको लागि मनोरञ्जनको साधन थिएन, न त हप्तै पिच्छे माइत जान पाउँथे। त्यसैले तिजका रुपमा यो चाडलाई मनाउन थालियो।
समयसँगै यो चाडले पनि विस्तारै समाजमा रंग फेर्दे जान थाल्यो। शहरी महिलाका लागि त हप्तै पिच्छे सारी र गहना प्रदर्शन गर्ने अनि वाइन र व्हेस्की चेयर्स गर्ने सजिलो बहाना बहाना बन्यो तीज। वर्ष भरी लोग्नेलाइ खुसी राख्ने कोशीश नगर्ने तर वर्षमा १ दिन मनाउने तीजलाई लोग्नेको नाममा २ महिना मनाउँदा लोग्ने मान्छे पनि खुशी भएकै होलान्। नत्र पुरुषहरुले ‘मेरो आयु लम्ब्याउन तिम्रो २ महिने छम छम चाहिदैन’ भन्थे होलान् । बरा पुरुषहरुलाई पनि त आफ्ना श्रीमतिहरु माधुरी दिक्षित र करिना कपुर झैँ नाचेको हेर्ने रहर होला नि त।
पहिला पहिला शिवका भजन गाइने तीज सांस्कृति रुपान्तरण हुने क्रममा समाजको पिडा बिसाउने माध्यम बन्यो।
‘बर्षदिनको तिजमा बाबा लिन आएका, हाम्री सासु पापिनिले सारी लुकाइन,माइती घर जानु पर्यो रुँदै रुँदै.......’ अथवा ‘धेरै रोयौ नारी हामी रुनु हुन्न अब त, कती माथि पुगी सक्यो सारा जगत’ ....जस्ता गीत आज भोली तीजमा बज्दैनन्।
आज भोली त ‘एउटा दुइटा कपडा त भने जस्तै पाइयो, स्कुटर चड्दा लाउने सानो कट्टु चाहियो मलाइ उत्ताउली नभन जमानाले हो’ अथवा आई लभ यू भन्छु , मलाई यो तिजमा आईफोन किनिदेउ सेल्फी खिचौंला......’ जस्ता गीत हिट छन्। हाम्रो भड्किलो पहिरन र हाउभाउले तीजको धार्मिक महिमालाइ कुन सिन्दुरले ,कुन पोतेको लुङ्मा अनि कुन साडिको सप्कोमा जतनले साँच्न सकियला त ? अर्को तिर महिलाहरु नै महिलाको कुरा काट्दै हप्तै पिच्छे मनाइेने कोठे तीजमा तलको गीतमा झै कानेखुसी गर्न थालेका छन। तलको प्यारोडी गीतमा झैँ नेपाली नारीले त्यो अवस्था देख्न र सुन्न नपरोस ।
‘लोग्नेको सिन्दुर , नाठोको पोते , ब्याइफ्रेंड्को साडी, वाइनको सुर्को,बोतल खाली गरी, अंगालो मारी ,मै पतिब्रताको तीज छम्म छम्म बरिलै....’

सेतो पाटि बाट साभार