Latest Updates :

वीर्यदान गर्नुस्, नयाँ आइफोन पाउनुस्

SHARE THIS POST :
 चिनियाँ वीर्य बैंकहरुले वीर्यदातालाई प्रोत्साहित गर्न उनीहरुलाई नया आइफोन किन्न पुग्ने पैसा दिने बताएका छन् ।‘अब तपाईंले आफ्ना मिर्गौला बेच्नुपर्दैन, तपाईं सजिलैसँग ६ एस हासिल गर्न सक्नुहुनेछ,’ अस्प्तालको अनलाइन पोस्टमा लेखिएको छ । आइफोन र आइप्याड किन्न चिनियाँहरु आफ्नो शरीरका अंगहरु बेच्ने गरेको समाचार समयसमयमा आउने गर्छ ।तपाईं स्वस्थ हुनुहुन्छ र नियमित रुपमा शुक्राण दान गर्नुहुन्छ भने तपाईंले ६ हजार युआन (करिब १ ला रुपैयाँ) पाउनुहुनेछ,’ आइफोनका तस्बिरमुनि लेखिएको थियो ।

यो पैसा नयाँ आइफोन किन्न पर्याप्त छ ।’चिनियाँ उपभोक्तामा एप्पलको उत्पादन निकै लोकप्रिय छ । यसअघि सुरक्षाका कारणले सन् २०१२ मा आएको आइफोनको नयाँ मोडेलको बिक्री रोक्नुपरेको थियो । त्यसपछि बेइजिङको एउटा पसलमा भेला भएका दुई हजार आइफोनप्रेमीलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger