पोर्न स्टारलाई बढ्दै गएको रेपको लागि जिम्मेवार बताउदै गर्दा एक रिसर्चले पोर्नले मानिसलाई असल र महिलाहरुलाई ज्यादा सम्मान दिनको लागि प्रेरित गरेको देखाएको छ । पोर्न हेर्न सोख राख्नेहरुलाई यो खबरले रोमांचित बनाउन सक्दछ । हालै केहि देशमा पोर्न साइटहरु ब्यान्ड गरिएको छ । पोर्न हेर्नु राम्रो कुरा हो र यसले मानिसलाई महिलाहरुसँग ज्यादा सम्मान गर्ने बानिको बिकास गर्छ भन्दा त्यस प्रति तपाईको आपत्ती पनि रहन सक्छ । तर यो साचो रहेको एक अध्ययनले देखाएको छ ।
ज्यादा पोर्न अर्थात असल पुरुष
स्टडी जर्नल अफ सेक्स रिसर्चका अनुसार ज्यादा पोर्न हेर्ने पुरुषहरु महिलाको अधिकार प्रति ज्यादा सकारात्मक देखिएको छ । पोर्न हेर्ने पुरुषहरु अनावश्यक गर्भपात र
महिलाहरुको काम प्रति कम नकारात्मक थिए । साथै पोर्न हेर्ने पुरुषमा लैंगिक भेदभाव गर्ने प्रवृत्ति कम पाइएको छ । पोर्न हेर्ने पुरुष महिलाहरुलाई समान रुपले हेर्ने गरेको
पाइयो । यस अध्ययनलाई मान्ने हो भने ज्यादा पोर्न हेर्ने पुरुष महिलाहरुसँग सम्बन्धित मुद्दलाई लिएर निकै ज्यादा सकारात्मक पाइएको साथै काम गर्ने ठाँउमा पनि यसै
प्रकारका पुरुषहरुले महिलालाई सहयोग गर्न गरेका छन् । यस स्टडी को नतीजामा प्रश्न त उठाउन सकिन्छ तर यस अध्ययनले पोर्न सौखिनहरुलाई आफ्नो कुरा राख्ने अवसर
भने अवश्य प्रदान गर्नेछ ।
पोर्नले बढाउदैन रेप
भारतमा प्राय प्रहरीहरुले मानिसहरु पोर्नले रेप बढ़ाउने गरेको बताउने गरेका छन् । उनिहरुका अनुसार पोर्न पुरुषहरुलाई रेपको लागि उकासाने काम गरेको छ. अतुल अन्जान
जस्ता भारतिय नेताले त पोर्न स्टारलाई नै बढ्दो रेपको जिम्मेवार बताएका थिए । तर यस स्टडीका अनुसार पोर्न हेर्ने पुरुष महिलाहरुलाई सेक्स अब्जेक्ट मात्र नसमझेर लैंगिक
भेदभाव भन्दा बाहिर आएका छन् । उनिहरु महिला अधिकार प्रति पोर्न नहेर्ने चन्दा ज्यादा सजग रहेका छन् । साथै उनिहरुको हकको लागि लड़नेमा पनि अगाडि देखिएका छन्
।
पोर्नले ‘वन नाइट स्टेन्ड’ हटाउदै
यो भन्दा पहिला एक अध्ययनमा युवाहरु वान नाइट स्टेन्डमा रहने गरेको देखाएको थियो । ठुला शहरहरमा एकलोपन हटाउन र सेक्शुवल आवश्यकता पुरा गर्नको लागि वन
नाइट स्टेन्डको चलन रहेको थियो । तर क्षणिक सुखको लागि बन्ने यस्तो सम्बंध पछि पछुतोमा बदलिने र मानसिक असर पर्ने पाइएको थियो । त्यसैले यसको विकल्पको रुपमा
युवाहरु काम वासनाको आवेशलाई नियन्त्रण गर्न पोर्न तर्फ मोड्न सुरु गरे । जुन निश्चित कारणले गर्दा वान नाइट स्डेन्ट जस्तो सम्बंध भन्दा ज्यादा राम्रो साबित भयो । पोर्नले
वन नाइट स्टेन्डमा पछुतोको महसुसवाट मुक्ति दिलायो जुन क्याजुवल सेक्स रुपमा रह्यो ।
यस अध्ययनको नतीजामा चाहे विवाद होस तर भारत जस्तो देश जहां मानिसहरु पोर्नमा ब्यान्ड लगाउन जोरदार मांग उठाउछन् त्यहा पोर्नका सौखिनका लागि यो एक राहतको
अध्ययन रहेको छ । यसको ब्यान्डको बिरुद्ध एक मजबूत आधार मिलेको छ । अब यि मानिसहरु यो वताउन सक्छन् कि पोर्नले समाजलाई भ्रष्ट भनएर पुरुषहरुको सोचलाई
केहि राम्रो बनाइरहेको छ । पोर्नका सौखिनहरु अब जमेर पोर्न हेर्नुहोस र असल ब्याक्तित्व बनन्लाई अगाडि बढ्नुहोस ।
(भारतीय लेखक अभिषेक पाण्डेयका आधारमा)
