Latest Updates :

नेपालमा नाकाबन्दी गरेपछि भारतमा कार्यरत नेपाली गोर्खा शैनिकले दिए यस्तो चेतावानी पद्नुस

SHARE THIS POST :
 नेपालमा भारतीय सरकारले अघोषित रुपमा नाकाबन्दी कायम राखे भारतीय सेनाका गोर्खा बटालियनहरुले चुपचाप सहेर नवस्ने चेतावनी दिएका छन् । भारतीय सीमा रक्षाका लागि भारतीय सेनाले लड्न नसकेको विकट र कठीन ठाउँहरुमा नेपाली गोर्खा सेनाले लडेको इतिहास बिर्सिएर भारतीय नेताहरुले नेपालमा नाकाबन्दी गरेकोमा गोर्खा सैनिकहरुले विरोध जनाएको उच्च स्रोतले जनाएको छ ।

नेपाली जनताको महान चाडको वेलामा र भरखरै भूकम्पले थिलथिलो वनाएको वेलामा नेपाललाई अघोषित नाकाबन्दी गरेर थप पीडा दिइरहेमा भारतीय सेनाको गोर्खा बटालियनले चुप लागेर नबस्ने चेतावनी दिएको श्रोतको भनाई छ । उक्त श्रोतका अनुसार अहिले भारतले मधेशीहरुलाई मात्र च्यापेर जसरी अनैतिक नाकावन्दी गरिरहेको छ, भारतीय गोखौ वटालियनको पनि अब देखि विघटन गरेर मधेशी वटालिएन वनाओस र पाकिस्तान वा चीनसंग लड्न पठाओस भन्ने आवाज उठ्न थालेको छ । श्रोतको भनाइ छ, गोर्खा सिपाहीहरुले भारतलाई वलियो वनाएर नेपालमा नाकावन्दी गर्नका लागि आफ्नो रगत वगाएका होइनन् भन्ने आवाज भारतीय गोर्खा सेनामा उठ्न थालेको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger