नायीका योरुना पुन मगरको शव फेला परेको एक सातापछि पोखरामा फेरि एक युवती शव भेटियो ....
कास्कीको पोखरामा फेरि एक युवती शव फेला परेको छ । नायिका योरुना पुन मगर ‘नेहा’को शव फेला परेको एक सातापछि मंगलबार फेरि पोखराको बेगनास तालमा एक युवतीको शव भेटिएको हो ।
लेखनाथस्थित बेगनास तालमा भेटिएकी करिब १८-२० वर्षको जस्तो देखिने युवतीको सनाखत भने भइनसकेको पोखरा प्रहरीले जनाएको छ । सुन्दरीडाँडाको जंगल तल तालमा देखिएको उक्त शव
अहिले निकाल्ने तयारी भइरहेको छ ।
