Latest Updates :

काठमाडौँमा महिला पाकेटमारको बिगबिगी..२ महिला मिलेर पकेट मारेको सी सी फुटेज हेर्नुस भिडियो

SHARE THIS POST :
उपत्यकामा पछिल्लो समय महिलाहरु पनि पाकेटमारी सम्लग्न हुन थालेको प्रहरीले जनाएको छ । पाकेट मारी गर्ने कार्यमा संलग्न गोठाटार बस्ने काभे्र पनौती घर भएकी ३५ वर्षीया कान्छीसिङ परियार,  ओखलढुङ्गा राण्दिप–६ घर भएकी ३५ वर्षीया दिपा घिमिरे र उनीहरुको साथी कोटेश्वर बस्ने भोजपुर व्यौली–७ घर भएका ३३ बर्षीय श्याम कुमार दाहाल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साँखु स्थित शंखरापुर बसपार्कमा उनीहरुले पाकेट मारी गरेको सूचना प्राप्त हुनासाथ शनिबार प्रहरी प्रभाग साँखुबाट सादा पोशाकमा खटिएको टोलीले परियारलाई पाकेट मारी गरेको नगद ३५ हजार ५ सय ९२ रुपैयाँ, पहेंलो धातु जस्तो देखिने टप २ थान, बाला २ थान, झुम्का १ थान,लेडिज व्याग १ थान सहित तथा घिमिरेलाई नगद ४७ हजार ७ सय १४ रुपैयाँ,मोवाईल १ थान ,युएस डलर २, युएई दिराम २५, हङकङ डलर ५ सय सहित पक्राउ गरेको हो ।प्रहरीले उनीहरुले पकेट मारी पैसा निकाली झाडीमा फालेको १० थान खाली पर्स समेत बरामद गर्नुको साथै  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger