Latest Updates :

पिसाब गर्नोस्, मोबाइलको ब्याट्री चार्ज गर्नोस्।

SHARE THIS POST :
लोडेसेडिङको चर्को अभाव खेप्नु परिरहेको अवस्थामा एउटा गजबको खबर । अब पिसाबबाट पनि मोबाइल चार्ज गर्न सक्ने तथ्य पत्ता लागेको छ ।
बेलायतको ब्रिस्टोल विश्वविद्यालय र ब्रिस्टोल रोबोटिक्स ल्याबोरेटोरीका अनुसन्धानकर्ताहरुले एउटा फ्युल सेलको विकास गरेका छन्, जसमा पिसाबलाई विद्युतमा रुपान्तरण गर्न ब्याक्टेरिया प्रयोग गरिएको छ ।
रोयल सोसाइटी अफ केमिस्ट्रीको जर्नलमा यस अध्ययनबारे प्रकाशित गरिएको छ । इन्जिनियर  आयानिस इरोपोलसले भनेका छन्, ‘यो एउटा गजबको खोज हो, हामीले पिसाबजस्ता खेर जाने वस्तुलाई प्रयोग गरेर उर्जा प्राप्त गर्न सक्छौं ।’

अनुसन्धानकर्ताहरुले कार्बन फाइबर एनोड्समा ब्याक्टेरिया उत्पादन गरेर सेरामिक सिलिण्डरमा राखेका छन् ।उक्त ब्याक्टेरियाले पिसाबमा भएको रसायनलाई छानेर सिलिण्डरमा पठाउछ र त्यसबाट विद्युत उत्पादन हुन्छ, जुन क्यापासिटरमा जम्मा हुन्छ । वैज्ञानिकका अनुसार अहिले कारको ब्याट्रीको आकारमा निर्माण गरिएको ब्याट्री थुप्रै एप्लीकेशनमा पनि प्रयोग गर्न सकिनेछ ।
तर, पिसाबले रिचार्ज हुने यो ब्याट्रीको व्यवसायिक उत्पादन हुन भने समय लाग्न सक्नेछ । अब नेपालसम्म आउन त कति समय लाग्ने हो । तैपनि नेपालमा आएपछि गजब भएन त ? पिसाब गर्नोस्, मोबाइलको ब्याट्री चार्ज गर्नोस्।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger