स्टेज सो र म्यूजिक भिडियोमा कामुक दृश्यका कारण चर्चामा रहँदै आएकी गायिका ज्योती मगरले फेरि बजार पिटेकी छिन् । उनको अभिनयमा हालसालै बजारमा आएको तीजको गीतले बजार तताएको छ । गीतमा रहेको दुईअर्थी सब्द, भित्री बस्त्र समेत देखिने गरी गरिएको नृत्यका कारण गायिका ज्योतीको प्रशंसा कम, आलोचना बढी भइरहेको छ । दुईअर्थी गीत लेख्ने र गाउनेको भने खासै चर्चा छैन । ज्योती नै दर्शक स्रोताको तारो किन बनिन् त ? आफूबारे भइरहेका नकारात्मक टिप्पणीहरुलाई उनले कसरी लिएकी छिन् ?
नेपाली मौलिक संस्कृतिमाथि नै प्रहार गर्ने गरी तीजको गीतमा किन अभिनय गर्नुभयो ?
मैले अभिनय मात्र गरेको हो । दाईहरुले गर्नुपर्छ भनेपनि नाईं भन्न सकिन । धेरै उत्साहित पनि हुँदिन, निराश पनि हुँदिनँ । हेर्दै छु, अझै हेरौँ, दर्शकहरुले कस्तो प्रतिक्रिया दिनुहुन्छ ।
सामाजिक सञ्जालहरुमा गालीको वर्षा छ, अझ के–कस्तो प्रतिक्रिया कुर्दै हुनुहुन्छ ?
नेपाली गीतहरु सर्च गर्नुहोस् । यस्ता भिडियोहरु कति छन् कति । ज्योतीले अभिनय गरेको भएर होला नकारात्मक कमेन्टहरु आएका । तपाईले सर्च गर्नुभयो भने यो भन्दा खतरा नेपाली भिडियोहरु पनि छन् ।
तपाईले अभिनय गरेको तीजको गीत लाजमर्दो छ भन्छन् नि ?
जसरी सामाजिक सञ्जालहरुमा भित्री लुगा देखाइ भनिएको छ । त्यो सरासर गलत हो । मैले स्ल्याक्स लगाएको हुँ । त्यो सवै केटीले लगाउँदा राम्रो । सेफ्टीको लागि लगाउने लुगा हो त्यो । देखिएको त्यही हो । हावाको भरमा नानाथरी भन्नुको अर्थ छैन । यतिको लुगा हरेक मानिसले लगाउँछ अहिलेको जमानामा ।
तपाई कार्यक्रमहरुमा जाँदा पनि अलि बढी नै ओपन हुनुहुन्छ, किन ?
त्यस्तो होइन । दर्शकहरुले मनोरञ्जनमात्र लिएका हुन्छन् । जो–जो कार्यक्रममा जानुहुँदैन उहाँहरुले भन्ने कुरा हुन् यि सबै । जसले लाइभ कार्यक्रम हेर्नुभएको छ उहाँहरुले सकारात्मक कमेन्ट गर्नुभएको छ । जसले लाइभ हेर्नुभएको छैन उहाँहरुले नाकारात्मक कमेन्ट गर्नुभएको छ ।
तपाईलाई ब्लु फिल्म खेल्न सल्लाह पनि दिएका छन् नि ?
ब्लु फिल्म कहाँ बन्छ, कसले बनाउँछ, कसले खेल्छ ? भन्ने कुरा जो ब्लु फिल्मको बारेमा जानकार छ, उसलाई नै सोध्नुपर्छ । यसको म उत्तर नै दिन सक्दिन । यो भनेको ननसेन्स कुरा हो । उहाँहरुलाई भन्ने छुट छ । के गर्ने, के नगर्ने भन्ने कुरा म आफैमा भर पर्छ ।
शब्दको विषयमा पनि मानिसहरुले आलोचना गरेका छन् । अभिनय गर्नुअघि शब्द हेर्नु/सुन्नु भएन ?
शब्दको बारेमा शब्द लेख्नेलाई नै प्रश्न गर्नुहोला । मेरो बुझाइमा तल पनि पिरलो, माथी पनि पिरलो भनेको हलक्कै बढेको अवस्थामा जामा लगाउँदा छोटो भयो, साडी लगाउँदा लामो भयो भन्ने हो ।
अर्थ त जसरी लगाए पनि भयो नि । फूलको आँखाका फूलै संसार, काँडाको आखामा काँडै संसार । कि रेखाको चल्छ, कि देखाको चल्छ भन्ने कुरा चाहिँ रमाइलोको लागि मात्र हो भन्ने मेरो बुझाइ छ । देखाउने नै कन्सेप्ट थियो भने राम्रो–राम्रो हिरोहरु राखेर चुम्माचाटी गरेर देखाउँदा भइहाल्थ्यो नि । किन भद्रगोलको बलेलाई लिएर बनाउनुपथ्र्यो ?
तपाईको सन्दर्भमा अभिनय र सामान्य जीवनमा के फरक छ ?
यतिमात्र भन्छु की जसले मलाई जुन हिसावले हेर्नुभएको छ, ठीकै छ । मैले पोहोर सालको तीजको गीतमा एकदमै लामो साडी र राम्रो चोलो लगाएर नाँचेको छु । स्कूलको ड्रेसमा पनि अभिनय गरेको छु । छोटो लुगा लगाएको भिडियो यसपटक हिट भएको छ, त्यतिमात्र हो । म सिम्पल केटी हुँ ।
अन्त्यमा के भन्नुहुन्छ ?
दर्शकहरुले मलाई राम्रो मात्र भनिदिनुभयो भने म मात्तिन सक्छु । त्यसैले नकारात्मक कमेन्टलाई पनि मैले सकारात्मक रुपमा लिन्छु । नकारात्मक कुरा मात्र आयो भने पनि भोलिको दिनमा म निराश हुन सक्छु । त्यसकारण सबैतिरबाट आएका कुरा मनन् गरेर निर्णयमा पुग्छु ।
भगवानले गाउने कला, सोच्ने दिमाग र काम गर्न हातखुट्टा दिएका छन् । त्यसकारण म अगाडिको बाटो हिड्न चाहन्छु । सपोर्ट गर्नेहरुलाई धन्यवाद दिन्छु । विरोध गर्नेहरुलाई पनि धन्यवाद । किनकि विरोधले पनि मलाई थप मिहेनत गर्न बल पु¥याउँछ ।