Latest Updates :

पूर्व युवराज पारसले आखा चीम्ली भकाभक हिर्काएपछि ...के के भयो हेर्नुस

SHARE THIS POST :
नयाँ वर्षको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले नागार्जुन बंगलाबाट आफूनिकटलाई शुभकामना सन्देश पठाए, जसमा पहिलोचोटि सारा परिवारको रंगीन तस्बिर टाँसिएको छ । पारस छेउमा बसेका छन्, ख्याउटे मुद्रामा । उनै ख्याउटे पारसले बाबुसँग पैसाको निम्ति झगडा गरेको र उनका व्यापारिक साझेदारको भाइलाई पर्यटकीय नगरी पोखरा गएर कुटेको खबर बाहिर आइसकेको छैन । एक दिन पारसले बाबुसँग २५ लाख माग गरे । ‘केलाई चाहियो त्यत्तिका पैसा ? मसँग कहाँ छ र ?’ भन्दै पासरले ‘म पोखरा घुम्न जान्छु’ भने । बाबुले सोल्टी होटलछेउ बस्ने प्रभावकर शम्शेरलाई भेट्न अह्राए । प्रभाकरले पोखरामा फिस्टेल होटल चलाएर बसेका भाइ प्रदीप राणालाई भेटन भने । फिस्टेल शाहज्यादी हेलेनपुत्री जयन्तीको नाममा छ ।
जयन्ती प्रभाकर शम्शेरकी भाञ्जी हुन्, उनी दरबार हत्याकाण्डमा मारिएकी थिइन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ । पासरले उनै प्रदीपसँग गएर ‘मलाई पैसा देउ’ भन्दै कराए । प्रदीपले घरबाट निकालेर पाँच लाख दिए । ‘यति छ, मलाई यति नै दिनु भनेको हो’ भन्न नभ्याउँदै त्यो पैसा मुठ्याएर पासरले प्रदीपलाई भकाभक हिर्काउन थाले । वरिपरिका मान्छेले झगडा छुट्टाए ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger