Latest Updates :
LATEST UPDATES
Showing posts with label emaging. Show all posts
Showing posts with label emaging. Show all posts

अब नेपाल बाट गरिबी निवारण हुने कार्यक्रम तयार ! जनचेतनाको लागि शेयर गरौँ

५ वर्षभित्र कोही नेपाली बेरोजगार हुनुपर्दनः एमाले घोषणा पत्र प्रमुख प्रतिपक्ष नेकपा एमालेले ५ वर्ष भित्र हरेक नेपालीको आय ५ हजार अमेरिकी डलर पुर्‍याउने महत्वकांक्षी योजनासहितको चुनावी घोषणा पत्र तयार पार्ने भएको छ । पार्टीका कार्यबहाक अध्यक्ष बामदेव गौतमले शिक्षा र स्वास्थ्य लगायतका आधारभूत सेवालाई निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता समेत घोषणा पत्रमा उल्लेख हुने जानकारी दिए। सोमबार पार्टीले तयार पार्ने चुनावी घोषणा पत्रका विषयमा संचारकर्मीहरुसँग अन्तरक्रिया गर्दै कार्यबहाक अध्यक्ष गौतमले आफनो पार्टीले सरकारको नेतृत्व लिन पाए ३ वर्ष भित्र गरिबी निवारण गर्ने प्रतिवद्धता पनि जनाए।
एमालेले गौतमको नेतृत्वमा चुनावी घोषणा पत्र मस्यौदा तयारी समिति बनाएको छ । कार्यबहाक अध्यक्ष गौतमले ५ वर्ष भित्र मुलुकमा कोही पनि बेरोजगार बस्न नपर्ने व्यवस्था गर्ने प्रतिवद्धता पनि चुनावी घोषणा पत्रमा समेट्ने प्रतिवद्धता व्यक्त गरे। एमालेले संविधानमा आधारित रहेर चुनावी घोषणा पत्र तयार पार्ने पनि स्पष्ट पारेको छ। कार्यबहाक अध्यक्ष गौतमले संविधानले समाजवाद उन्मुख समाजको परिकल्पना गरेकाले सोही अनुसारको प्रतिवद्धता समेटिएको घोषणा पत्र तयार हुने बताए। एमालेले ३ वर्ष भित्र स्थानीय तहलाई स्रोत/ साधनले भरिपूर्ण बनाउने योजना पनि अघि सार्ने भएको छ । त्यसै गरी १० वर्ष भित्र मुलुकलाई संसारकै सबै भन्दा धनी राष्ट्र बराबरको आर्थिक हैसियतमा पुर्‍याउने लक्ष्य पनि एमालेको चुनावी घोषणा पत्रमा समावेश गरिनेछ । एमालेले यही साता स्थानीय तहको निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने कार्यतालिका तय गरिसकेको छ।

चलचित्र पाईरेसि रोक्न चलचित्र बिकाश बोर्ड सक्रिय


 के टि भि न्यूज......
राजधानीको नयाँ बसपार्क, सामखुसी र गोंगबु गरि तीन ठाउँमा चलचित्र जन्य वस्तुको पाईरेसी गरिरहेको अवस्थामा केही व्यक्तिलाई पक्राउ गरिएको छ ।
चलचित्र विकास वोर्ड अन्तर्गत रहेको चलत्रिजन्य वस्तुको पाइरेसी नियन्त्रण अनुगमन समितिले मंगलबार तीन ठाउँमा छापा हानिएको थियो । गोंगबु बसपार्क चौकीका इन्सपेक्टर पूणिर्मा चन्द र सई खेम पंगेनीको सहयोगमा समितिका लिलाधर भट्टराई,करण श्रेष्ठ, विजय शर्मा, र सूचना तथा अन्तर्राष्ट्रि सम्बन्ध अधिकृत आनन्द घिमिरेको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको नेपाल चलचित्र बिकाश बोर्डका पाईरेसि समितिका सदस्य लिलाधर  भट्टराईले के टि भि न्यूजलाई जानकारि गराएका छन् ।


पक्राउ पर्नेहरुले अनाधिकृतरुपमा चलचित्रजन्य वस्तुको पाईरेसी गरिरहेका थिए । उत्तम केसी संयोजक रहेको चलचित्र विकास वोर्डको अनुगमन समितिमा प्र.ना.उ. अजय केसी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी सुष्मा पोखरेल, ओम अग्रवाल, करण श्रेष्ठ, लिलाधर भट्टराई, धनबहादुर वमजन, कृष्ण भुसाललगायतका सदस्य रहेका छन् ।

सुशासन समिति लोकमान कार्कीको मतियार: डा. केसी

प्रा.डा.गोविन्द केसीले संसदको सुशासन समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको मतियार बनेको आरोप लगाएका छन्। समितिले आफूलाई बोलाएको उल्लेख गर्दै उनले कार्कीलाई बोलाउन सकेमात्र आफू पनि उपस्थिति हुने बताएका हुन्। कान्तिपुर दैनिकमा समाचार छ। ‘मलाई सुशासन समितिले बुधबार आउन सक्नु हुन्छ भनेर बोलाएको छ। तर,समितिले सात दिन बितिसक्दा पनि लोकमानलाई उपस्थित गराउन सकेको छैन,’ केसीले भने,‘उपसमितिका मान्छेहरु लोकमानकै बचाउमा लागिरहेका छन्।’ संसदको सुशासन समिति मुलुकको सबै अंगले काम गरको छ वा छैन यसको अनुगमन गर्नुका साथै निर्देशनसमेत दिन सक्ने निकाय हो। उनले आफ्नो स्वास्थ्यस्थिति समेत बताउँदै ‘लोकमानलाई बोलाउन सक्नु हुन्न, मलाई बोलाएर के अर्थ हुन्छ ?’ भनि प्रश्न गरेको बताए।अख्तियार प्रमुख कार्कीले समितिले बोलाएपछि घाँटीमा संक्रमण भएको भन्दै एक साता आराम गर्नु परेको पत्र पठाएका थिए।

मकवानपुर बस दुर्घटनामा परी ९ को मृत्यु


मकवानपुर, १६ साउन ।  मकवानपुरको मनहरी–३ स्थित रमनटारमा आइतबार बिहानै बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं गइरहेको ना ५ ख ४०६४ नम्बरको बस  एक आपसमा जुध्दा ९ जना यात्रुको मृत्यु भएको छ भने ३१ जनाको घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ६ जनाको घटनास्थल, २ जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारका क्रममा भएको हो   ।

मृतकमहरूको पहिचान खुलिसकेको छैन।घाइतेहरूको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

सयमा नौ पसलको मासु खानयोग्य अब साकाहारी बन्ने हो कि ?


काठमाडौं उपत्यकाका एक सय दुईवटा मासुपसल अनुगमन गर्दा नौवटा पसलबाट बेचिने मासुमात्र खान योग्य रहेको फेला परेको छ । पशुपन्छी मन्त्रालयले हालै काठमाडौं, भक्तपुर र ललितपुरका यी मासुपसलमा अनुगमन गरी गुणस्तर परीक्षण गरेको थियो । मन्त्रालयले विशेषज्ञ टोली खटाएर अनुगमन गर्दा यी मासुपसलबाट बेचिने कुखुरा, खसी, राँगा र बंगुरको मासु मानव स्वास्थ्यका लागि घातक भएको पत्ता लागेको हो । अनुगमनका क्रममा अत्याधुनिक भौतिक पूर्वाधार तथा साजसज्जासहित सञ्चालनमा रहेका मासुपसलबाट बेचिने मासु पनि गुणस्तरहीन फेला परेको थियो । अनुगमन टोलीले उपत्यकाका अधिकांश मासुपसलबाट बेचिने मासु ‘खान लायक नभएको' भन्दै मंगलबार पशुपन्छी राज्यमन्त्री नरदेवी पुनमगर र सचिव कृष्णचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ ।

 प्रतिवेदनअनुसार एक सय दुई पसलबाट बेचिने मासुको जीवाणुसम्बन्धी (माइक्रोबियल लोड) र एन्टिबायोटिक औषधिसम्बन्धी दुईखाले परीक्षण गरिएको थियो । एक सय दुई पसलमध्ये ६२ वटा पसलबाट बेचिने मासुमा कम परिमाणमा एन्टिबायोटिक औषधिको अवशेष भेटिएको प्रतिवेदनमा उल्लेख छ । बाँकी पसलबाट बेचिने मासु मानव स्वास्थ्यका लागि निकै हानिकारक भेटिएको मन्त्रालयका सचिव पौडेलले बताए । ‘प्रतिवेदनले करिब १० प्रतिशत पसलको मासुमात्रै खान योग्य देखाएको छ । बाँकी ९० प्रतिशत पसलबाट उत्पादित मासु खान अयोग्य भेटियो', उनले भने, ‘खान अयोग्य भेटिएका मासुपसललाई चाँडै कारबाहीको दायरामा ल्याउँदैछौं ।' वरिष्ठ पशु चिकित्सक डा. बोधनाथ अधिकारीका अनुसार मापदण्डअनुसार कम परिमाणमा जीवाणु भेटिएका आधारमा खानलायक मासु बेच्ने पसलमा बालाजुस्थित बालाजु मिट सप, ललितपुरको नखिपोटस्थित कामना मिट सप, सोही स्थानको आरके मिट सप र पुलचोकस्थित सोल्टी कोल्ड स्टोर छन् । यस्तै पुल्चोकस्थित पुल्चोक कोल्ड स्टोर र शिव मासु पसल, नक्खुस्थित भेराइटी मिट सप, सोही स्थानको एनके मिट सप र भक्तपुरको ख्वपः कोल्ड स्टोरबाट बेचिने मासु पनि खान योग्य भेटिएको छ । प्रतिग्राम मासुमा एक लाखभन्दा तलको संख्यामा जीवाणु भेटिए खान योग्य मानिएको छ ।

यसैगरी प्रतिग्राम मासुमा एक लाखभन्दा बढीको संख्यामा इकोला, साल्मोनेला, कम्पाइलोब्याक्टर, ब्रुसोलोसिसलगायतका जीवाणु भेटिए खान अयोग्य मानिएको छ । बढी संख्यामा भेटिने जीवाणुयुक्त मासु सेवन गर्दा झाडापखाला लाग्ने, पेट दुख्ने, क्षयरोग लाग्ने, कलेजो, मिर्गौला र टाउकोमा असर गर्ने, प्रजनन क्षमतामा असर पुर्‌याउनेलगायतका समस्या देखापर्छ । मन्त्रालयका अनुसार उच्च परिमाणमा एन्टिबायोटिक औषधिको अवशेष पाइएका पसलमा कलंकीस्थित एनएस मिट सप, पुल्चोकस्थित श्याम मिट सप, कलंकीस्थित सानुभाइ मिट सप, कुलेश्वरस्थित सुनैना मिट सप, बालाजुस्थित हाइभिजन मिट सप, कलंकीस्थित सलिना मिट सप र बालाजुस्थित श्याम मिट सप छन् । यस्ता मासु पसलबाट बेचिने मासुमा टेट्रासाइक्लिन, अमिनोग्लाइकोसाइड, माइक्रोलिड, सल्फा, पेनिसिलिनलगायतका औषधिको मात्रा मापदण्डभन्दा बढी फेला परेको छ ।

यी पसलका मासुमा प्रतिकिलोमा ६.४ मिलिग्रामसम्म टेट्रासाइक्लिन औषधिको मात्रा पाइएको छ । मापदण्डअनुसार ०.२५ मिलिग्राम मात्र हुनुपर्छ । एक सय दुईवटा मासु पसलमध्ये ५५ वटाले सरकारी मापदण्ड पूरा नगरेको, ३९ वटाले आंशिक रूपमा मापदण्ड पूरा गरेको र आठ पसलले मात्रै न्यूनतम सरकारी मापदण्ड पूरा गरेको फेला परेको थियो । राज्यमन्त्री पुनमगरले स्वच्छ मासुका लागि अब स्रोतकेन्द्रमै वैज्ञानिक अध्ययन गरी मापदण्डअनुसार फेला नपरे प्रभावकारी रूपमा कारबाही गरिने बताइन् । निजी क्षेत्रका मासु पसलका सञ्चालकले अटेरी गरेको बताउँदै उनले अटेरी गर्ने पसललाई पनि कानुनी दायरामा ल्याइने जानकारी दिइन् । मन्त्रालयका अनुसार काठमाडौंका बालाजु, गोंगबु, कालीमाटी, कुलेश्वर र कलंकीमा गरी ६३ वटा मासु पसलको अनुगमन गरिएको थियो । त्यस्तै भक्तपुरका कमलविनायक क र कमलविनायक ख गरी १७ वटा मासु पसलको अनुगमन गरिएको थियो । ललितपुरका नखिपोट, पुल्चोक, जाउलाखेल र नख्खुमा गरी २२ वटा मासु पसलको अनुगमन गरिएको थियो ।

राप्तीको बाढीले एक हजार परिवार जोखिममा, चार सयको उद्धार ! अब के होला ?

१२ साउन, नेपालगन्ज । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढी खतराको चिन्ह भन्दा २ मिटर माथी पुगेको छ । समयमै उद्धार संयन्त्र परिचालन भएकाले बाँकेमा बाढीका कारण कुनै मानवीय क्षति हुन पाएन । मंगलबार बिहान ६ बजेदेखि राप्ती नदीमा पानीको सतह बढ्न सुरु गरेको थियो । राती १० बजे बाढीको सतह बढेर ८ दशमलब १५ मिटर पुगेको छ । यो अहिलेसम्मकै मापन गरिएको सबैभन्दा बढी हो । यसअघि २०७१ सालमा ७ दशमलव ७७ सम्म पुगेको थियो । बाढी खतराको संकेतभन्दा माथि पुगेपछि जोखिमपूर्ण अबस्थामा रहेका बाँकेको होलिया गाविसको चौफेरीका ४ सय १ जनालाई नेपाली सेनाले हेलिकोप्टर मार्फत उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । सेनाले हेलिकप्टरमार्फत उद्धार गरेकाहरु अधिकांश बालबालिका, जेष्ठ नागरिक, महिला छन् । यसमा बालबालिका १ सय ९२, महिला १ सय २६ र पुरुष ८३ रहेका छन् । उद्धारको लागि नेपाली सेनाको ४ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी नवजीव शम्शेर जवरा, रुद्रध्वज गणका गणपती प्रमुख सेनानी अशोक चन्दको नेतृत्वमा २० ईञ्जिनियर्सको टोली र ४० जना मोटरबोट तथा अन्य उद्दार कार्यमा खटिएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले राप्तीमा पानीको सतह निरन्तर बढेको सूचना प्राप्त हुनासाथ उद्धार गर्न सुरु गरिएकाले बाढी अहिलेसम्मकै उच्च विन्दूमा पुग्दा पनि कुनै मानवीय क्षति हुन नपाएको जानकारी दिए । उनले राप्तीको खोचमा ठूलो संख्यामा मानिसहरु फसेको जानकारी आउनेवित्तिकै तत्काल सेनासँग समन्वय गरी उद्धारको लागि हेलिकप्टर पठाइएको जानकारी दिए । बाँके गंगापुर-३ कि शान्ति लोहार स्थानीय स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेर जटिल अवस्थामा पुग्दा सोही हेलीकप्टरबाट उद्धार गरी नेपालगन्ज नर्सिङहोममा उपचारका लागि भर्ना गरिएको प्रजिअ पन्थले बताए ।

चक्कु आक्रमणबाट जापानमा १९ को मृत्यु, २० को अवस्था गम्भिर


११ साउन, काठमाडौं । जापानमा एक व्यक्तिको चक्कु आक्रमणमा १९ जनाको ज्यान गएको छ  । हमलामा कम्तिमा २६ जना घाइते भएका छन् । जसमध्ये २० को अवस्था गम्भिर छ ।

जापानी सञ्चार माध्यमहरुका अनुसार राजधानी टोकियोको नजिकको रिहाइशी असहाय आवास क्षेत्रमा उक्त घटना भएको हो ।

समाचार एजेन्सी क्योदोका अनुसार नजिकको सागामिहारा शहरमा प्रहरीले एक संदिग्धलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार २९ वर्षका आरोपी असाहाय केन्द्रका पूर्व कर्मचारी समेत हुन्  । बीबीसीका अनुसार आक्रमणकारी असक्त मानिस नदेखिउन् भन्ने चाहन्छन् ।

आक्रमणका समयमा ८ जना कर्मचारी डिउटीमा थिए ।

जापानमा यस्ता घटना कम हुने गरेका छन् । तर सन् २००१ देखि २००८ मा पनि चक्कु प्रहारका घटना भएका थिए जहाँ क्रमश सात तथा आठ जनाले ज्यान गुमाएका थिए ।

गुगलमा कहिले पनि सर्च नगर्नुहोस् यी कुरा, मश्किलमा पर्नुहोला है बच्नुस

यदि तपाईं गुगलमा केही कुराहरु सर्च गर्नुहुन्छ भने यो खबर तपाईंको लागि विशेष छ । गुगलमा यस्ता कुराहरु पनि छन् जसलाई सर्च गर्दा तपाईं मुश्किलमा पर्न सक्नुहुन्छ । यस्तोमा गुगल सर्च गर्नुभन्दा पहिले तपाईंले कस्तो कुरा सर्च गर्नबाट बच्नुपर्छ भन्ने कुरा थाहा पाउन निकै आवश्यक छ ।

गुगलमा बिर्सेर पनि संदिग्ध कुराहरुको सर्च नगर्नुहोस् । साइबर पुलिसको नजर धेरैजसो त्यस्ता व्यक्तिमा हुन्छ जो संदिग्ध कुराहरु सर्च गरिरहन्छन् । तपाईंले यस्तै संदिग्ध साइट सर्च गर्नुभयो भने तपाईं कानुनी लफडामा फस्ने सम्भावना धेरै छ ।

गुगल सर्चमा तपाईंले सर्च गरेको आधारमा तपाईंको पहिचान पत्ता लगाउने सुविधा छ । यसमा तपाईंको सर्च हिस्ट्रिको पूरा डेटाबेस हुन्छ । यस्तोमा थुप्रै पटक जानकारी लिक हुने खतरा पनि हुन्छ । यसका साथै तपाईंको सर्च अनुसार नै तपाईंको पहिचान गरिने भएका कारण यसै आधारमा तपाईंलाई विज्ञापन पठाइएको हुन्छ जसले तपाईंलाई तनावमा पारेको हुनसक्छ ।

जब तपाईं गुगलमा रोग र औषधीसँग जोडिएको केही कुरा सर्च गर्नुहुन्छ भने यो डाटा तेस्रो पार्टीलाई ट्रान्सफर गरिन्छ । यही आधारमा तपाईंलाई उक्त रोग र रोकथाम सम्बन्धि विज्ञापन पठाइन्छ । त्यसपछि यो मेडिकल जानकारी क्रिमिनल वेबसाइट्सलाई पनि सेयर गरिन्छ । यो मेडिकेड फ्रड र अन्य थुप्रै स्किममा उपयोग हुन्छ ।

गुगलमा असुरक्षासम्बन्धि कुनै पनि जानकारी यदि तपाईं सर्च गर्नुहुन्छ भने तपाईंसँग त्यससँग सम्बन्धित विज्ञापन आउन सुरु हुन्छ । यसबाट यो पुष्टि हुन्छ कि कसैले तपाईंलाई इन्टरनेटमा फलो गरिरहेको छ । यदि तपाईं असुरक्षासँग सम्बन्धित विज्ञापनले आफूलाई तनाव नगरोस् भन्ने चाहनुहुन्छ भने तपाईं यस्ता कुराहरु सर्च गर्न बन्द गर्नुहोस् ।

गुगलमा सर्च गर्नको लागि आफ्नो व्यक्तिगत इमेलको प्रयोग गर्न बन्द गर्नुहोस् । यसो गर्दा तपाईंको अकाउन्ट ह्याक हुनुका साथै पासवर्ड लिक हुने गर्दछ ।

विराटनगरका अधिकांश क्षेत्र डुबानमा, ८४९ घरपरिवार विस्थापित

११ साउन, विराटनगर । डुबान र बाढी पहिरोका कारण मोरङ जिल्लामा ८ सय ४९ घर परिवार विस्थापित भएका छन् । विस्थापित व्यक्तिहरुको संख्या भने १८ सय रहेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक योगेन्द्र सिंह थापाका अनुसार डेढसातादेखि अविरल रुपमा परेको पानीले जिल्लाका विभिन्न स्थानमा डुबान हुँदा उनीहरु विस्थापित भएका हुन् । थापाका अनुसार मोरङको मधुमल्ला ४ र ५ तथा हसन्दह ३ र ५ वडा सबैभन्दा बढी प्रभावित भएका छन् । उपमहानगरपालिकाले निकास उचित प्रवन्ध नमिलाउँदा विराटनगरका धेरै स्थान जलमग्न भएको स्थानीयको गुनासो छ । यसैगरी मोरङको दक्षिण पूर्वी भागको विराटनगर-रंगेली-उर्लाबारी सडक बगाएको छ । बाटो नै बगेपछि आवत-जावत बन्द भएको छ । डाइनिया गाविस-७ स्थित भेडुवानथान नजिकको बक्राहा खोलाले आइतवार विहान पिच सडक बगाएपछि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उक्त खोलाको बाढी बस्तीमा पस्दा डाइनियाका सयौं घरहरु डुबानमा परेका छन् । डुबान पीडितहरु सडकमा पाल टाँगेर बसेका छन् । मोरङको मधुमल्लास्थित बक्राहा खोलामा आएको बाढीले मधुमल्ला गाविस-५ बेतेनीमा रहेको बालुवाको अस्थायी बाँध भत्किदा दुई दर्जन घरमा बाढी पसेको छ । डुबानमा परेका घर परिवारहरुलाई अत्यावश्यक सामानसहित छिमेकी तथा आफन्तको घरमा सारिएको मोरङ प्रहरीले जनाएको छ । त्यस्तै हसन्दह गाविस-३ जयनगरमा बक्राहा खोलाको बाँध फुट्दा हसन्दह गाविस ३ र ५ का सयौं घरहरु डुबानमा परेका छन् । सोही खोलाको बाढी पसेर अमरदह, गोविन्दपुर गाविस लगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरी र स्थानीय सशस्त्र प्रहरी बलको टोलीले केहि परिवारलाई उद्धार गरेको छ भने अन्यलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ । त्यस्तै मोरङकै चिसाङ खोलामा आएको बाढीले केरौन गाविस ९ का दयाराम उरावको फुसको घर, गोठ तथा चार कठ्ठा खेत कटान गरेको छ । उरावको घर बाढीले बगाउँदा उनका ६ जना परिवार विस्थापित भएका छन् । त्यस्तै विराटनगरको पश्चिममा रहेको केशलिया खोलाको बाढी पसेर बिराटनगर उपमहानगरपालिका-१६ बखरीका दर्जनौं घर डुबानमा परेका छन् । घटनास्थलमा प्रहरी चौकी बखरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । प्रहरीले त्यहाँ बसोबास गर्ने १ सय १६ जनालाई स्थानीय श्री निम्न माध्यमिक विद्यालयमा राखेको छ ।

सप्तकोसीमा बाढीले खतराको घन्टी बज्दा पनि भारतले सबै ढोका खोल्न मानेन

इटहरीः निरन्तरको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । पूर्वी पाहाडि जिल्लाहरुमा लगातार बर्षा नरोकिएपछि सप्तकोसीमा पानीको बहाव यो बर्षकै उच्च भएको हो । मंगलबार बिहान १० बजे सप्तकोसीमा गरिएको पानीको बहाब मापन गर्दा प्रतिसेकेण्ड २ लाख ६४ हजार ७ सय क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए । पानीको बहाव बढेपछि कोसी व्यारेजका ५६ ढोका मध्य ३५ ढोका खुल्ला गरिएको छ । सामान्यतथा सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्यसेक पानीको बहाव नाघेपछी खतरा मानिन्छ। सप्तकोसीमा पानीको बहाव उच्च हुदा समेत भारत सरकारले कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी गरेको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछी कोसी व्यारेजको दुबै तर्फ खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । भारतले कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कासी प्रभावित षेत्र सुनसरी, सप्तरी र उदयपुरका सर्बसाधारण आत्तकित बनेका छन् । भारत सरकारको नियन्त्रणमा रहेको कोसी व्यारेजमा पानीको बहाव उच्च हुदा समेत भारत सरकारको नियन्त्रणमा रहेको कोसी व्यारेजका सबै ढोका नखोलिएपछी सुनसरीका महेन्द्रनगर, प्रकासपुर, मधुवन, श्रीपुर , हरिपुर लगायतका सर्बसाधारण आतंीकत भएको कोसी पिडित सर्घष समितिका सचिव बाबुराम कार्कीले बताए । उनले साउन र भदौ महिनामा कोसी व्यारेजका सबै ढोका खोल्नु पर्ने माग गरेका छन् । २०६५ साल भदौ २ गते सप्तकोसीको पूर्वी तटबन्ध भत्काएर कटान गर्दा कोसीमा पानीको बहाव प्रति सकेण्ड एक लाख ६८ हजार क्युसेक थियो ।

ड्रिङस पार्टीमा मोटी मोडल....हेर्नेको रमिता

एजेन्सीः मानिस सामाजिक प्राणी भएकाले उसलाई शिक्षा स्वाथ्यका साथै मनोरञ्जन पनि चाहिन्छ। यही मनोरञ्जन लिन मानिसहरु आ-आफ्नै तरिका अपनाइरहेका हुन्छन्। अमेरिकाको लस एन्जल्समा मोटो साइज भएका मोडलले पनि आफ्नै तरिकाले मनोरञ्जन लिएका छन्। एन्जल्सको कस्टम होटलमा उनीहरुले समूहमा मिले भव्यो पार्टीको आयोजना गरेका छन्। पार्टीमा चर्चित प्लस साइज मोडल, टेस होली डे, एसी गोल्डेन लगायतका टप मोडेलहरु सहभागी थिए। उनीहरुले आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए।

नेपालमा सरकार परिवर्तन हुँदा दिल्लीमा हर्षबढाइँ ! नाकाबन्दीलाई बिर्सेर दिल्लीले नहौसिनु बेस

राजनीतिमा भन्ने गरिन्थ्यो, दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढ्ने चलन छ । तर, योपटक गंगा उल्टो बग्यो । अर्थात, नेपालमा पानी पर्दा दिल्लीमा छाता ओढ्ने काम भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिँदा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुभन्दा बढी दिल्ली खुसी देखिएको छ । प्रधानमन्त्री केपी ओलीको राजीनामापछि भारतीय सञ्चार माध्यमहरुमा यो खुसी प्रकट भइरहेको छ । भारतीय दैनिक हिन्दुस्तान टाइम्सले त ‘अब नेपालको राजनीतिमा भारतको पुनरागमन भयो’ सम्म भनेको छ । उसले लेखेको छ, यो (ओलीको राजीनामा) गत वर्ष राजनीतिक कोर्ष परिर्वतन गर्न असफल भएको भारतको नेपालको राजनीतिक परिदृश्यमा पुनरागमन हो ।’ उसले सरकार परिवर्तनको यो आन्तरिक घटनालाई चीनसँग पनि जोडेको छ । नेपालसहित दक्षिण एसियाको आन्तरिक राजनीतिमा माइक्रो म्यानेजमेन्ट कति गाह्रो रहेछ भन्ने चीनले पाठ सिकेको भारतीय पत्रिकाको दाबी छ । अब भारतसँगको सम्वन्ध र दिल्लीलाई पुनः ट्राकमा ल्याउन सक्छन् कि सक्दैनन् भन्ने नेपालको नयाँ प्रधानमन्त्री प्रचण्डको परीक्षा हुने हिन्दुस्तान टाइम्सले लेखेको छ । उसले लेखेको छ, ‘दिल्लीका लागि नेपालको डरलाग्दो सपना अन्त्य भएको छ ।’ त्यस्तै टाइम्स अफ इण्डियाले पनि प्रधानमन्त्री ओलीको बहिर्गमन भारतका लागि खुसी भएको बताएको छ । उसले लेखेको छ, ओलीले नेपाललाई भारतविरोधी राज्य बनाउन खोजेका थिए, जुन सफल भएन र उनी विदा भएका छन् ।’ टिप्पणीः नेपालको अन्तरिक राजनीतिमा भारतको प्रभाव र बेलाबेला हस्तक्षेपकारी भूमिकालाई नेताहरुले नै स्वीकार गर्छन् । यद्यपि संविधान घोषणाका क्रममा प्रमुख दलहरुबीच बनेको अभूतपूर्व एकताले भारतलाई नराम्रो धक्का दिएको थियो । अहिले नयाँ सरकार गठनको प्रयाससँगै भारतको सक्रियता बढेको एमाले नेताहरुको आरोप छ । प्रधानमन्त्री स्वयंले सरकार परिर्वतनको खेललाई स्वचालित नभई ब्याट्रीबाट चलेको भनेका छन् । र, नेपालमा सरकार परिर्वतन हुँदा दिल्लीमा देखिएको खुसीले यो आरोपलाई थप बल मिलेको छ । अब प्रधानमन्त्री बन्दै गर्दा प्रचण्ड र उनका सहयात्री कांग्रेस सभापति शेरबहादुर देउवाको पहिलो चुनौती ‘सरकार ब्याट्रीबाट नभई स्वचालित र नेपालीकै निर्णयमा भएको’ हो भन्ने बोलेर होइन, व्यवहारमै सिद्ध गर्न सक्नुपर्छ । भारतीय पक्षले पनि के बुझ्नुपर्ने हुन्छ भने यहाँको आन्तरिक मामिलामा खुशी वा रोष प्रकट गर्ने उसको भद्दा प्रतिक्रियाले अन्ततः नेपाल भारत सम्बन्धलाई बिगार्नेतिर लैजाने निश्चत छ । कांग्रेस नेता शेरबहादुर देउवाले आइतबार संसदमा बोल्ने क्रममा केपी ओली सरकारका पालामा चीनसँग भएका सम्झौताहरुलाई निरन्तरता दिइने बताइसकेका छन् । प्रचण्डले यसअघि खुल्लामञ्चबाटै आफू भारतको ‘एस म्यान’ नभएको बताइसकेका छन् । यो स्थितिमा नेपालको आन्तरिक सरकार परिवर्तनबाट भारतीयहरु बढी नहौसिने पो हो कि ? विनाकारण छिमेकीलाई नाकाबन्दी गरेर दुःख दिएको दिल्ली यति सजिलै काठमाडौंमा ‘पुनरागमन’ हुन निकै कठीन छ ।

यस्तो छ, प्रधानमन्त्री ओलीको खतरनाक राजनीतिक दाउपेच

साउन ७, काठमाडौं । कांग्रेस–माओवादीको संयुक्त प्रयासमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि संकटमा परेको भनिएको केपी ओली नेतृत्वको सरकारलाई केही राहत मिल्ने संकेत देखिएको छ । बजेट आश्रित बजेटलाई पहिले सम्बोधन गर्ने वा अविश्वासको प्रस्तावलाई पहिलो प्राथमिकता दिने भन्ने विषयहरुलाई प्रधानमन्त्री केपी ओलीले राजनीतिक पासाका रुपमा प्रयोग गर्न सफल भएका छन् । अहिले जारी शीर्ष बैठकमा उनले आर्थिक विद्येयक वा ऋण तथा जमानत उठाउने विद्येयक पास वा फेल जे भएपनि आपत्ति नरहने कुरा प्रस्ट पारेपछि कांग्रेस र माओवादीका शीर्ष नेताहरु झस्किएका छन् ।

यो सवालमा प्रधानमन्त्री केपी ओलीलाई पूर्व सभामुख सुवास नेम्वाङले गम्भीर सल्लाह दिइरहेको श्रोतले बताएको छ । एमालेले विद्येयक पास वा फेल जे भएपनि राजनीतिक परिणाम आफ्नै हातमा आउन लागेको निष्कर्ष  निकालेको छ । आर्थिक विद्येयक पास नभए आगामी नयाँ सरकार समेत संकटमा पर्ने निश्चत जस्तै देखिएपछि कांग्रेस–माओवादी समेत अलमलमा परेका छन् । आर्थिक विद्येयक पास भए प्रधानमन्त्री ओलीले सरकारको पक्षमा बहुमत आएको भन्दै अदालतसम्म पुग्ने आंकलन गरिदैछ । बजेट आश्रित विद्येयक टुंगो नलगाई अविश्वासको प्रस्तावसम्म जान एमालेले कुनै हालतमा मानेको छैन । आर्थिक विद्येयक बढी करसँग सम्बन्धित भएकोले यो विद्येयक पास नभई नयाँ सरकार निर्माण भएमा त्यसको पनि आयू धेरै नरहने कुरा कांग्रेस–माओवादी शीर्ष नेताहरुले समेत बुझेका छन् ।

त्यसर्थ, यसबेला सम्म आइपुग्दा प्रधानमन्त्री ओलीले ठूलो राजनीतिक दाउपेच गर्न सफल भएको समेत विश्लेषकहरु बताउन थालेका छन् ।
प्रधानमन्त्री ओलीले यो राजनीतिक पासा खेलेपछि अब उनका अघि दुबै हातमा लड्डु परेझै भएको विश्लेषण गरिन थालेको छ । आश्रित विद्येयक पास भए उनी अदालतसम्म गएर आफ्नो सरकारलाई बहुमत प्राप्त भयो भन्ने आवाज उठाउन सक्छन् भने सो विद्येयक फेल भए उनले संसद विघटन सम्मको यात्रा तय गर्ने बाटो खुल्न सक्छ वा अब बन्ने नयाँ सरकारको समेत राजश्वका कारण संकटमा पर्न सक्छ । अर्थशास्त्रीहरुका अनुसार अहिले बजेट आश्रित विद्येयक पारित नभए उठाएको कर समेत सरकारले सम्बन्धित पक्षलाई फिर्ता गर्नुपर्ने हुन्छ । त्यसर्थ, प्रधानमन्त्री ओलीले तत्कालका लागि सफल राजनीतिक दाउपेचको पासा खेलाउन सफल भएका छन् ।


'काम गर्न विदेसिएका नेपालीमध्ये ४ हजार ३ सय २२ को ज्यान गयो' डरलाग्दो समाचार

सात वर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा ४ हजार ३ सय २२ जनाको मृत्यु भएको छ । यस हिसाबले विदेशमा दैनिक लगभग २ जना नेपालीको मृत्यु हुने गरेको छ ।श्रम तथा रोजगार मन्त्रालयले आइतबार सार्वजनिक गरेको ‘वैदेशिक रोजगारीका लागि श्रम आप्रवास’मा नेपालको स्थिति २०७१(७२ विषयक प्रतिवेदनका अनुसार उक्त अवधिमा सबैभन्दा बढी मलेसियामा मृत्यु भएको छ ।

 श्रम तथा रोजगार मन्त्री दीपक बोहराले सबैभन्दा बढी मलेसियामा एक हजार ५ सय ६२, साउदी अरबमा एक हजार १सय ६२, कतारमा ९ सय ३२, दुबईमा ३ सय २६ र कुवेतमा १ सय २९ जनाको मृत्यु भएको छ । श्रम तथा रोजगार मन्त्रालयले २०६५÷६६ देखि २०७१÷७२ सम्म सात वर्षको अवधिमा नेपालीको वैदेशिक रोजगारीको अवस्थाबारे केन्द्रित रहेर प्रतिवेदन तयार पारेको हो । यो अवधिमा २७ लाख २३ हजार ५ सय ८७ जना वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोे र तीमध्ये ९५प्रतिशत पुरुष र बाँकी महिला रहेको उल्लेख छ । उक्त अवधिमा नेपाली विदेशिएका शीर्ष गन्तव्य मुलुकमा क्रमशः मलेसिया ३३ दशमलव ३४ प्रतिशत, कतार १९ प्रतिशत, साउदीअरब १८ दशमलव ९३ प्रतिशत, संयुक्त अरब इमिरेट्स ९दुबई० नौ दशमलव ८२ प्रतिशत कुवेत दुई दशमलव ४६ प्रतिशत छ । महिला कामदार गएका शीर्ष गन्तव्य मुलुकमा क्रमशः दुबई १९ दशमलव ८८ प्रतिशत, मलेसिया १७ दशमलव ९८ प्रतिशत, कुवेत १३ दशमलव ३६, कतार चार दशमलव ७४ प्रतिशत र लेबनान तीन दशमलव १९ प्रतिशत छ । कामदार विदेशिएका जिल्लामा सबैभन्दा बढी क्रमशः धनुषा, महोत्तरी, झापा, मोरङ, सिन्धुपाल्चोक, मकवानपुर काभ्रेपलाञ्चोक छन् ।


म्यानपावरमार्फत ७९ दशमलव नौ प्रतिशत र व्यक्तिगत रुपमा २० प्रतिशत छ । समाधानमा खबर छ । मन्त्री बोहराले अवैधानिक ढंगबाट जाने कामदारलाई रोक्ने र वैधानिक माध्यमबाट विप्रेषण भित्र्याउनसके यो क्षेत्रका धेरै समस्या समाधान भन्दै प्रतिवेदनले वैदेशिक रोजगारीको अवस्थाबारे स्पष्ट चित्र ल्याउने काम गरेको बताए ।

बेलायतमा नयाँ प्रधानमन्त्री, नेपालीलार्इ देश निकालाको त्रास !

युरोपियन यूनियन (ईयू) बाट बेलायतको बहिर्गमन पश्चात बेलायत बसाई सरेका, ईयू नागरिकसँग वैवाहिक बन्धनमा बाँधिएका तथा बेलायती अध्यागमन उन्मुक्ति नपाइसकेका लाखौं ईयू नागरिक र उनीहरुका परिवार यतिबेला अन्योलमा छन् । ईयूबाट बाहिरिएसँगै बसाई र रोजगारी संकट एकातिर छ भने बेलायतको प्रधानमन्त्रीमा आसिन टेरिसा मेको बिगतले दिने त्रास पनि छ आप्रवासीहरुमा । डेभिड क्यामरन नेतृत्वको सरकारकामा गृहमन्त्रीको जिम्मेवारीमा रहँदा उनले लाखौं आप्रवासीलाई विनाकारण फिर्ता पठाइदिएको हुँदा नयाँ प्रधानमन्त्रीको छवि पहिले नै आप्रवासीहरुवीच धमिलो बनिसकेको थियो । मे बेलायत ईयूबाट बाहिरिन हुन्न भन्ने पक्षमा थिइन् । तर, आप्रबासी बिरोधी मानिने नयाँ प्रधानमन्त्री टेरिसा मेले बेलायतमा बस्न पाउने वा नपाउने निर्णय ईयूसँगको ब्यापारिक वार्ताको टेबलमा ‘प्याकेज’को रुपमा राख्ने बताएपश्चात बेलायतमा बस्ने ईयू नागरिकहरु थप अनिश्चयमा छन् । यस्तो अनिश्चय र भयमा ईयू मात्र होइन, नेपालीसहित लाखौं आप्रवासीहरु पनि छन्, जसले युरोपेली युनियनका मुलुकको कानुनी आधारमा बेलायतमा बसोबास गरिरहेका छन् । स्पेन, पोर्चुगल, बेल्जियमजस्ता बिभिन्न ईयू देशहरुमा शरणार्थी निबेदन गरेर तथा अध्ययन, ब्यापारको शिलशिलामा बिबिध प्रक्रिया पुरा गरेर सम्बन्धित देशका पासपोर्ट प्राप्त गरेर बेलायत प्रबेश गर्ने नेपालीको संख्या दशौं हजार भएको अनुमान छ । यसैगरी बेलायतमा बसोबास गर्ने ईयू नागरिकहरुसँग बैबाहिक सम्बन्ध गाँस्ने नेपालीहरुको संख्या पनि हजारौं भएको अनुमान गरिएको छ । ईयू पासपोर्टधारी नेपालीहरुमात्र होइन, ईयू नागरिकसँग लगन गाँठो कसेका नेपालीहरु पनि देश निकाला हुने त्राशमा रहेको देखिन्छ । बेलायती अध्यागमन नीतिमा अति कडाइ गरे पश्चात सयौं नेपालीहरु पोल्याण्ड, रोमानिया, स्पेन जस्ता बिभिन्न देशका यूरोपियन नागरिकसँग वैवाहिक बन्धनमा बाँधिएकाले नेपालको ‘रोटि बेटीको सम्बन्ध’ रक्सौलसम्म मात्र नभई, रोमानियासम्म फैलिन पुगेको छ । बस्ने अधिकारको प्रत्याभूति नगर्नुका कारण व्यापक दवाबका बाबजुत पनि प्रधानमन्त्री टेरिसा मेले ईयू नागरिकको बेलायत बसाईको प्रत्याभूति नगर्नुको कारण निकट भबिष्यमा हुन गइरहेको वार्ताको प्रतिक्षा हुनसक्ने देखिन्छ । बेलायतले लिसबन सन्धिको दफा ५० त्रिगर (article 50 triger) गर्नु भन्दा अगाडी अनौपचारिक वार्ताको खोजीमा छ भने ईयूले औपचारिक रुपमा ‘सम्बन्धबिच्छेद’ नभनेसम्म कुनै किसिमको वार्ता नगर्ने अड्डी लिइरहेको छ । फ्रान्स, स्पेन लगायतका विभिन्न ईयू देशहरुमा लाखौं बेलायतीहरु बस्ने गरेको र बिशेष गरी पूर्वी युरोपियन देशहरुले आफ्ना लाखौं नागरिकहरुको बेलायत बस्ने अधिकारको सुनिश्चिता तुरून्तै होस् भन्ने चाहेका कारण ईयूलाई छिट्टै अनौपचारिक वार्तामा बस्न बाध्य गराउन तथा आफ्ना लाखौं नागरिकको युरोप बसाईको सुनिश्चातता गर्नका लागि ईयू नागरिकलाई बार्गेनिङ चिपको (Bargaining Chip) रुपमा प्रयोग गरिएको देखिन्छ । बेलायत बस्ने ईयू नागरिकलाई बार्गेनिङ चिपको रुपमा प्रयोग गरेको भनेर मे सरकारको चौतर्फी आलोचना भएको देखिन्छ । कमल कँडेलकमल कँडेल अब के हुन्छ? बेलायत आधिकारिक रुपमा युरोपियन युनियनबाट बाहिरिन कम्तिमा पनि दुर्इ वर्ष लाग्ने भएकाले बेलायतमा बस्ने ईयू नागरिक तथा उनीहरुका परिवारलाई असर पर्ने गरी कानून परिवर्तन हुने देखिँदैन । प्रधानमन्त्रीले व्यापक आन्तरिक तयारी गरेपश्चात् मात्र ईयूलाई आधिकारीक रुपमा जानकारी गराउने भनेकाले बेलायको ईयू सदस्यता दुई वर्षभन्दा बढी लम्बिने देखिन्छ । बेलायतका लाखौं ईयू नागरिकले अस्पताल, होटल, कृषि लगायतका बिभिन्न क्षेत्रमा काम गर्ने हुँदा उनीहरुलाई देशनिकाला गर्दा धेरै व्यापार ब्यवसायहरु डुब्ने खतरा पनि छ । जसले गर्दा उनीहरुको बेलायत बसाइलाई निरन्तरता दिन बाध्य हुने देखिन्छ । यसैगरी जनमत संग्रह अगाडि अधिकारिक लिभ पक्षले ईयू नागरिकको बसाईको सुनिश्चितता गर्ने घोषणा गरेका कारण पनि जनमत संग्रहको दिन भन्दा अगाडि वा दफा ५० त्रिगर गर्नुभन्दा अगाडि बेलायत भित्रिएका ईयू नागरिकको बेलायतमा बस्न पाउने अधिकारले निरन्तरता पाउने सम्भावना पनि देखिन्छ ।

राजधानीमा जिउँदा राँगाभैंसी प्रतिवन्ध लगाउन समस्या मोमोको बिग बिगी

पूर्वयोजना अनुरुप साउनदेखि राजधानीमा जिउँदा राँगाभैंसी ल्याउन प्रतिवन्ध लगाउन सरकार असफल भएको छ । राजधानी बाहिर पर्याप्त बधशाला नहुँदा सरकारको पूर्वघोषणा कार्यान्वयनमा कठिनाई देखिएको छ । राजधानीमा व्यवस्थित वधशाला नहुँदा मानव स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारले जिउँदा राँगा भैंसी ल्याउन प्रतिवन्ध लगाउने तयारी गरेको थियो । साउन एक गतेदेखि नै कार्यान्वयनमा लैजाने सोच भएपनि एकैपटक प्रतिवन्ध लगाउन समस्या परेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले भने, ‘साउन १ गतेदेखि गर्ने तयारी भएपनि जिल्ला तहमा त्यसका लागि आवश्यक पूर्वाधार तयार नहुँदा समस्या भएको छ । अब चरणबद्ध रुपमा प्रतिवन्धका लागि प्रयास गर्नेछौं ।’ अहिले जिल्लामा रहेका पशु बधशालाहरुले काठमाडौंमा मासुको आपूर्ति धान्ने गरी पशु बध गर्ने क्षमता राख्दैनन् भने मासु व्यावसायीले पनि प्रतिवन्ध नलगाउन दबाव दिएका थिए । घाइते तथा बिरामी भैंसी ल्याएर अमानवीय तरिकाले मार्ने स्थिति अन्त्य गर्न काठमाडौं जिल्ला बाहिर नै पशु बध गरेर फ्रोजन मासु भित्राउने तयारी गरिएको थियो । यसका लागि राजधानी बाहिर आवश्यक संख्यामा व्यवस्थित बधशाला नहुँदा सरकारी नीति कार्यान्वयनमा समस्या देखिएको तामाङले बताए । तर, चरणवद्ध रुपमा तयारीलाई बलियो बनाएर काठमाडौंमा फ्रोजन मासु मात्रै ल्याएर बिक्री गर्ने वातावरण तयार गर्ने महानगरपालिकाको दावी छ । राँगा भैंसीमा प्रतिबन्ध लगाएसँगै राजधानी पशुमैत्री एवं स्वच्छ शहर बन्ने तामाङले विश्वास गरे । यो पनि पढ्नुहोस् बफ मम खाँदै हुनुहुन्छ ? एकचोटि यो पढ्नुहोस् ! राजधानीका बधशाला निकै अव्यवस्थित रहेको केही दिन अघि मात्रै आपूर्ति मन्त्रीको उपस्थितिमा गरिएको अनुगमनबाटै पुष्टी भएको थियो । अनुगमनमा काठमाडौंमा पशु बधशालाहरुले न्युनतम सरसफाइका मापदण्ड पनि पूरा नगरेको पाइएको थियो । व्यवस्थित बधशालाहरु खोल्न सरकारले सघाउने काठमाडौंमा काटिएका मासु स्वास्थ्यका लागि हानीकारक भएको रिपोर्ट पेश हुँदै आएपनि सरकारले उचित कदम नचालेको गुनासो सुनिन्छ भने उपभोक्ता पनि त्यसमा खासै सचेत छैनन् । बधशालाहरुले दुर्गन्ध फैलाएको भन्दै हटाइदिन माग गर्दै स्थानीयले महानगरपालिकामा दर्जनौं उजुरी गरेका छन् । सरकारले राजधानी बाहिर वैज्ञानिक तथा व्यवस्थित बधशाला चलाउनेलाई अनुदान दिने घोषणा गरेको छ । अब राजधानी बाहिरै तोकिएको मापदण्डको बधशालाहरु खोल्न सरकारले सघाउनेछ । त्यहाँ पशुको बध गरेर उत्पादन गरिएको मासु मात्रै राजधानी ल्याउने व्यवस्था गर्न लागिएको छ । यो व्यवस्था कार्यान्वयनका लागि महानगरपालिले कार्यविधि बनाइसकेकाले जसरी पनि कार्यान्वयन गर्ने कार्यकारी प्रमुख तामाङले दावी गरे ।

प्रेम र बिबाह भनेको ग्रहको खेल हो केटा केटीको चाहनाले मात्र हुन्न


जव कुनै केटा र केटि बीच प्रेम हुन्छ तव उनीहरु साथ साथ जीवन बिताउन चाहन्छन । विबाह गर्न चाहन्छन । केहि प्रेमी आफ्नो प्रेम लाई जीवन को रुपमा पाउन सक्छन भने केहि असफल हुन्छन । ज्योतिषीय रुपमा हेर्ने हो भने यो सबै ग्रह को खेल हो । ग्रह योग कुण्डलीमा के देखिन्छ ? ज्योतिष शास्त्रमा शुक्र ग्रह प्रेमको कारक मानिन्छ ।

कुण्डलीमा लग्न पन्चम सप्तम तथा एकदास भावमा शुक्रको सम्बन्ध हुदा व्यक्ति प्रेमी स्वभाव को हुन्छ । प्रेम हुनु र बिबाह हुनु अलग कुरा हो । ज्योतिष शास्त्र अनुशर पन्चम भाव प्रेम को भाव हो र सप्तम भाव बिबाहको । पन्चम भावको सम्बन्ध सप्तम भाव मा हुदा जोडी बिबाह बन्दनामा बाधिन्छन । नवम भावमा पन्चम भाव को शुभ समन्ध हुदा पनि दुइ प्रेमी पति पत्नी बनेर दाम्पत्य जीवनमा सुख प्राप्त गर्दछन । यदि तपाइको कुण्डलीमा यो अवस्था बनिएको छैन भने हुन सक्छ अन्य कुनै स्थीति को कारण तपाइको प्रेम सफल भइ पति पत्नी को रुपमा पाउन सक्नुहुन्छ । शुक्र यदि लग्न स्थान मा स्थिर छ अनि चन्द्र कुण्डलीमा पन्चम स्थानमा शुक्र छ भने पनि प्रेम बिबाह सफल हुन सक्छ ।

नवमाम्स कुण्डली लग्न कुण्डलिको शरीर अनि नवमाम्स कुण्डली मा सप्तम र नवामेश युक्ति छ भने प्रेम बिबाह पूर्ण रुपमा सफल हुन्छ । शुक्र ग्रह लग्नमा स्थित छ र लग्नेश पनि लग्नमा छ भने प्रेम बिबाह निश्चित हुन्छ । शनि र केतु पाप ग्रह हुन् तर सप्तम भाव मा यिनको युक्ति प्रेमीको लागि शुभ संकेत हो । राहु यदि लग्नमा स्थित छ भने नवामम्सा कुण्डली वा जन्म कुण्डली मध्ये कुनैमा पनि सप्तम तथा पंचामेस का कुनै प्रकारको दृस्टी वा युक्ति सम्बन्ध भएमा प्रेम बिबाह हुन्छ ।

लाग्न भावमा लग्नेश र चन्द्रको युक्ति भएमा पनि प्रेम बिबाह योग बन्दछ । सप्तम स्थानमा सप्तमेश को साथमा चन्द्रमा भए पनि प्रेम बिबाह योग बन्दछ । एकदश भाव पापी ग्रहको भाव हो तव प्रेमीको मिलन हुदैन अनि पापी ग्रहको अशुभ दृस्टी बाट मुक्त छ भने आफ्नो प्रेमी को साथ सात फेर लिन्छ । प्रेम बिबाहका लागि सप्तमेश वा एकादसेश मा परिबर्तन योग का साथ मंगन त्रिकोण वा नवम भावमा हुन्छ या फेरी द्वासेश तथा पंच्मेश को मध्य राशि परिबर्तन हुदा पनि शुभ योग बन्दछ ।

प्रधानमन्त्रीको टुंगो छैन, माओवादी मन्त्रीको सूची तयार !

जनार्दनले मन्त्री अस्वीकार गरे, मन्त्रीको सूचीमा पुराना समेत
प्रचण्ड कहिले प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन । तर, माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको सूची भने तयार भइसकेको छ । कांग्रेससँग मिलेर माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला पार्टीबाट मन्त्री बन्नेहरुको प्रस्तावित नामावली प्रचण्ड निवासमा पठाइएको छ । माओवादीले मन्त्री बन्नेहरुको सूची तयार पार्ने जिम्मा कृष्णबहादुर महरालाई दिएको थियो । महराले १२ जनाको नामावली प्रचण्डलाई बुझाउँदै त्यसैमध्यबाट छनोट गर्न भनेका छन् । तर, माओवादीले १२ भन्दा कम मन्त्रालय पाउने स्थिति छ । प्रभाकरद्वारा मन्त्री पद अस्वीकार महराले १२ जनाको सूचीमा आफ्नो नाम छुटाएका छैनन् । महराले अर्थ मन्त्रालय सम्हाल्ने चर्चा छ ।

यो सूचीमा जनार्दन शर्मा ‘प्रभाकर’को नाम पनि राखिए पनि प्रभाकरले अहिले आफू मन्त्री नबन्ने जवाफ प्रचण्डलाई दिएका छन् । लाजिम्पाटको सूचीमा प्रभाकरलाई स्थानीय विकास मन्त्रालयको जिम्मा दिने प्रस्ताव गरिएको थियो । प्रभाकर गृह मन्त्रालयका दाबेदार हुन् । नयाँ सत्ता गठबन्धनमा गृह मन्त्रालय कांग्रेसको जिम्मामा परेपछि प्रभाकरले अरु मन्त्रालय नसम्हाल्ने बताएको स्रोतले भन्यो । प्रभाकर देउवाको नेतृत्वमा बन्ने सरकारको गृहमन्त्री बन्ने दाउँमा छन् । उनी हाल सार्बजनिक लेखा समितिको सभापति छन् । रेखा शर्मालाई दोहोर्‍याउन प्रस्ताव महराले प्रचण्डलाई बुझाएको सूचीमा रेखा शर्माको नाम पनि छ ।

शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री थिइन् । सरकारमा उनको काम सन्तोषजनक भएको भन्दै उनलाई फेरि दोहोर्‍याउन प्रस्ताव गरिएको छ । शर्माले पूर्वविशिष्ट पदाधिकारीहरुको दोहोरो सुविधा अन्त्य, वर्षौंदेखि हुन नसकेको कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन, नियम विपरित वर्षौंदेखि काजमा बसेका कर्मचारीहरुको काज फिर्ता, नियम विपरितको कर्मचारी सरुवा रोक्का तथा कारबाही, भूकम्प प्रभावित जिल्लाहरुमा कर्मचारीहरु खटाउन सिडिओ कार्यालयलाई अधिकार प्रत्यायोजनलगायतका काम गरेकी थिइन् । ओली नेतृत्वको सरकारमा रहँदा राम्रो काम गर्ने मन्त्री भनेर रेखा शर्मा र तत्कालीन वन मन्त्री अग्नि सापकोटाको नाम लिने गरिन्छ । रेखाको विकल्प सीता महराले मन्त्री बन्नेहरुको सूचीमा रेखा शर्माको नाम समावेश गरे पनि त्यसलाई सच्याउन केही नेताहरुले प्रचण्डलाई दबाव दिएका छन् ।

रेखालाई फेरि दोहोर्‍याउनुको सट्टा नयाँलाई अवसर दिनुपर्ने तर्क असन्तुष्ट नेताको तर्क छ । ‘एउटै व्यक्तिलाई पटक-पटक मन्त्री बनाउनुभन्दा नयाँलाई अवसर दिनुपर्छ भन्ने हाम्रो सुझाव हो,’ प्रचण्डलाई आफूले दिएको सुझावबारे ती नेताले अनलाइनखबरसँग भने । रेखाको सट्टा सीता नेपालीलाई मन्त्री बनाउन असन्तुष्ट पक्षको मत छ । सीता नेपाली सुर्खेतकी सांसद हुन् । रेखा शर्मा जस्तै उनी पनि समानुपातिक सांसद हुन् ।

 माओवादी संसदीय दलकी सचेतक रेखा सामान्य प्रशासन मन्त्री बनेपछि सीतालाई सचेतकको जिम्मेवारी दिइएको छ । यसैगरी मधेसी समुदायबाट प्रभु साह र थारु समुदायबाट बुद्धिसागर चौधरीलाई पनि मन्त्री बनाउन प्रस्ताव गरिएको छ । साह हाल व्यवस्थापिका संसदअन्तर्गतको अन्तराष्ट्रिय तथा श्रम समितिको सभापति छन् । यसैगरी चौधरी बर्दियाबाट समानुपातिक सांसद छन् ।

७ सन्तानका धनी दम्पत्ती बुढेसकालमा एक्लै के गर्नु छोरा छोरि पायो हुर्कायो >>>>>

गुल्मी–गुल्मीको सदरमुकाम तम्घासका अवकास प्राप्त शिक्षकद्धयः भेषबहादुर कुँवर उनकी धर्मपत्नी अमृतादेवि कुँवरका दुई छोरी र पाँच छोराहरुसहित ७ सन्तान छन् । तर, उनीरुलाई हुर्काउने पढाउने बेलासम्म आफ्नो साथमा राखे, त्यसपछिका दिनहरुमा उनीहरु एक्लै छन् र घर कुरुवा जस्तै बनेका छन् । जेठा छोरा ईश्वरीजंग कुँवरले सुरुमा महेन्द्र माध्यमिक उच्च विद्यालय तम्घास र तम्घासकै शिद्धबाब उच्च माध्यमिक विद्यालयमा पढाए । त्यहाँबाट वुटवल बहुमुखी क्याम्पसको स्थायी प्राध्यापक नियुक्ति पाएका उनले होराईजन कलेजमा पनि पढाए । तरm उनी त्योभन्दा उच्च सपना देख्दै अमेरिका उडे । गत ७ वर्षदेखि अमेरिकाको जर्जिया युनिभर्सिटी अफ टेक्नोलोजीमा रिर्सच पर्शन रहेका उनले त्यसै युनिभर्सिटीबाट पिएचडी गर्दैछन् । लगत्तै माईला भाई विजयजंगलाई पनि उनले उतै ताने । अमेरिकाको अलवानिया स्टेट युनिभर्सिटीमा असिस्टेसन प्रोफेसर रहेका विजयजंगले भने पिएचडी गरिसकेका छन् । दुई भाईका स–परिवार अमेरिका मैं रहेका उनीहरु भन्छन्– ‘स्वदेशमै केहि गरौं, त्यति दुःख गरेर पडाइयो, तर खासै अवसर नपाएपछि यहाँ आउनु हाम्रो बाध्यता थियो ।’ कुँवर दम्पत्तीका साईला छोरा रमेशजंग भारतीय सेनामा जागिरे छन् । काईला छोरा किरणजंग नेपाल प्रहरीको प्रधान कार्यालयमा प्रहरी निरीक्षकमा कार्यरत छन् । कान्छा छोरा हेमन्तजंग ललितपुरको पुल्चोक क्याम्पसमा यसै वर्ष इन्जिनियर सकाउँदै छन् । छोटो छुट्टी लिएर घर आएका प्रहरी निरीक्षक छोरा किरणजंग यतिबेला त्यो परिवारमा बडा दशैंकोभन्दा बढि रमाइलो छाएको छ । आमा अमृतादेवि कुँवर भन्छिन्– ‘यतिबेला त किरणकी र रमेशकी श्रीमती पनि सँगै भएकोले सबै बसेर निकै रमाईलो गरिरहेका छौं ।’ उनले थपिन्– ‘उनीहरु हिँडेपछि निराश नै हुने हो ।’ दुई छोरीहरु मध्ये जेठी छोरी मायालक्ष्मी स्वदेशको गायन क्षेत्र मैं तल्लिन होलिन भनेर ढुक्क थिए कुँवर दम्पत्ती । केहि आधुनिक गीतहरु गाएर गायन क्षेत्रमा स्थापित भइसकेकी उनी पनि अष्ट्रेलिया लागिन् । कान्छी छोरी दयालक्ष्मीले धेरै टाढा दाङमा बिहे गरिन् । त्यसैले पनि कुँवर दम्पत्ती घरमा एक्ला र घर कुरुवा जस्तै बनेका हुन् । लामो समयसम्म दुवै दम्पत्ती स्थायी शिक्षक रहेर स्वदेशमै आफ्नो जीवन अर्पेका उनीहरु अवकाश पाए लगत्तै अहिले समाज सेवामा लागेर सबैसँग हेलमेल गरेर दिन बिताउने गरेका छन् । कुँवर दम्पत्तीको त्यो एक्लोपनको कथा यस जिल्लाको मात्रै नभएर सिंगो देशकै प्रतिनिधीमुलक कथा हो । दक्ष जनशक्ति यस देशले उत्पादन गर्छ र यसै देशले विदेश पलायन हुन बाध्य बनाउँछ ।

फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंः फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् । जन्मदिनः ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ । वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ । रिलेसनशीप स्टेटसः यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् । क्रेडिट कार्ड डिटेल्सः क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ । आफ्नो बसलाई नजोड्नुहोस्ः यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बसलाई नरम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ । आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्ः फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ । छुट्टिको जानकारी नदिनुहोस्ः याद राख्नुहोस्, यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो । परिवारको तस्बिर नराख्नुहोस्ः यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् । बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्ः तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ । लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्ः आइफोन होस् वा एन्ड्रोइड , लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ ।
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger