Latest Updates :

राजधानीमा जिउँदा राँगाभैंसी प्रतिवन्ध लगाउन समस्या मोमोको बिग बिगी

SHARE THIS POST :
पूर्वयोजना अनुरुप साउनदेखि राजधानीमा जिउँदा राँगाभैंसी ल्याउन प्रतिवन्ध लगाउन सरकार असफल भएको छ । राजधानी बाहिर पर्याप्त बधशाला नहुँदा सरकारको पूर्वघोषणा कार्यान्वयनमा कठिनाई देखिएको छ । राजधानीमा व्यवस्थित वधशाला नहुँदा मानव स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारले जिउँदा राँगा भैंसी ल्याउन प्रतिवन्ध लगाउने तयारी गरेको थियो । साउन एक गतेदेखि नै कार्यान्वयनमा लैजाने सोच भएपनि एकैपटक प्रतिवन्ध लगाउन समस्या परेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले भने, ‘साउन १ गतेदेखि गर्ने तयारी भएपनि जिल्ला तहमा त्यसका लागि आवश्यक पूर्वाधार तयार नहुँदा समस्या भएको छ । अब चरणबद्ध रुपमा प्रतिवन्धका लागि प्रयास गर्नेछौं ।’ अहिले जिल्लामा रहेका पशु बधशालाहरुले काठमाडौंमा मासुको आपूर्ति धान्ने गरी पशु बध गर्ने क्षमता राख्दैनन् भने मासु व्यावसायीले पनि प्रतिवन्ध नलगाउन दबाव दिएका थिए । घाइते तथा बिरामी भैंसी ल्याएर अमानवीय तरिकाले मार्ने स्थिति अन्त्य गर्न काठमाडौं जिल्ला बाहिर नै पशु बध गरेर फ्रोजन मासु भित्राउने तयारी गरिएको थियो । यसका लागि राजधानी बाहिर आवश्यक संख्यामा व्यवस्थित बधशाला नहुँदा सरकारी नीति कार्यान्वयनमा समस्या देखिएको तामाङले बताए । तर, चरणवद्ध रुपमा तयारीलाई बलियो बनाएर काठमाडौंमा फ्रोजन मासु मात्रै ल्याएर बिक्री गर्ने वातावरण तयार गर्ने महानगरपालिकाको दावी छ । राँगा भैंसीमा प्रतिबन्ध लगाएसँगै राजधानी पशुमैत्री एवं स्वच्छ शहर बन्ने तामाङले विश्वास गरे । यो पनि पढ्नुहोस् बफ मम खाँदै हुनुहुन्छ ? एकचोटि यो पढ्नुहोस् ! राजधानीका बधशाला निकै अव्यवस्थित रहेको केही दिन अघि मात्रै आपूर्ति मन्त्रीको उपस्थितिमा गरिएको अनुगमनबाटै पुष्टी भएको थियो । अनुगमनमा काठमाडौंमा पशु बधशालाहरुले न्युनतम सरसफाइका मापदण्ड पनि पूरा नगरेको पाइएको थियो । व्यवस्थित बधशालाहरु खोल्न सरकारले सघाउने काठमाडौंमा काटिएका मासु स्वास्थ्यका लागि हानीकारक भएको रिपोर्ट पेश हुँदै आएपनि सरकारले उचित कदम नचालेको गुनासो सुनिन्छ भने उपभोक्ता पनि त्यसमा खासै सचेत छैनन् । बधशालाहरुले दुर्गन्ध फैलाएको भन्दै हटाइदिन माग गर्दै स्थानीयले महानगरपालिकामा दर्जनौं उजुरी गरेका छन् । सरकारले राजधानी बाहिर वैज्ञानिक तथा व्यवस्थित बधशाला चलाउनेलाई अनुदान दिने घोषणा गरेको छ । अब राजधानी बाहिरै तोकिएको मापदण्डको बधशालाहरु खोल्न सरकारले सघाउनेछ । त्यहाँ पशुको बध गरेर उत्पादन गरिएको मासु मात्रै राजधानी ल्याउने व्यवस्था गर्न लागिएको छ । यो व्यवस्था कार्यान्वयनका लागि महानगरपालिले कार्यविधि बनाइसकेकाले जसरी पनि कार्यान्वयन गर्ने कार्यकारी प्रमुख तामाङले दावी गरे ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger