काठमाडौं, श्रावण ०१ - काठमाडौंबाट प्युठानका लागि छुटेको यात्रुबाहक बस बिहबिार राति नवलपरासीको मध्यबिन्दु ७ चोरमारा जंगलमा रोकिराखेको ट्रकसँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । प्युठानका लागि छुटेको ना ५ ख ६२७४ नम्बरको बस रोकिराखेको लु १ ख ६७५१ नम्बरको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परि घाइते भएका गुल्मी खर्याङ्ग ९ का २८ वर्षीय भेषबहादुर बुचाको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय नवलपुरले बताएको छ ।
दुर्घटनामा बस धनी झपिन्द्र थापा, गुल्मी छफिरे ३ की इश्वरी काप्री, प्युठानका देबेन्द्र खत्री, कमल पाण्डे, अर्जुन भट्टराई, विशाल के. सी , बिष्णु पौडेल घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको छ ।
अन्य घाइतेको डण्डा स्थितत मध्यबिन्दु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ ।
