Latest Updates :

अब नेपाल बाट गरिबी निवारण हुने कार्यक्रम तयार ! जनचेतनाको लागि शेयर गरौँ

SHARE THIS POST :
५ वर्षभित्र कोही नेपाली बेरोजगार हुनुपर्दनः एमाले घोषणा पत्र प्रमुख प्रतिपक्ष नेकपा एमालेले ५ वर्ष भित्र हरेक नेपालीको आय ५ हजार अमेरिकी डलर पुर्‍याउने महत्वकांक्षी योजनासहितको चुनावी घोषणा पत्र तयार पार्ने भएको छ । पार्टीका कार्यबहाक अध्यक्ष बामदेव गौतमले शिक्षा र स्वास्थ्य लगायतका आधारभूत सेवालाई निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता समेत घोषणा पत्रमा उल्लेख हुने जानकारी दिए। सोमबार पार्टीले तयार पार्ने चुनावी घोषणा पत्रका विषयमा संचारकर्मीहरुसँग अन्तरक्रिया गर्दै कार्यबहाक अध्यक्ष गौतमले आफनो पार्टीले सरकारको नेतृत्व लिन पाए ३ वर्ष भित्र गरिबी निवारण गर्ने प्रतिवद्धता पनि जनाए।
एमालेले गौतमको नेतृत्वमा चुनावी घोषणा पत्र मस्यौदा तयारी समिति बनाएको छ । कार्यबहाक अध्यक्ष गौतमले ५ वर्ष भित्र मुलुकमा कोही पनि बेरोजगार बस्न नपर्ने व्यवस्था गर्ने प्रतिवद्धता पनि चुनावी घोषणा पत्रमा समेट्ने प्रतिवद्धता व्यक्त गरे। एमालेले संविधानमा आधारित रहेर चुनावी घोषणा पत्र तयार पार्ने पनि स्पष्ट पारेको छ। कार्यबहाक अध्यक्ष गौतमले संविधानले समाजवाद उन्मुख समाजको परिकल्पना गरेकाले सोही अनुसारको प्रतिवद्धता समेटिएको घोषणा पत्र तयार हुने बताए। एमालेले ३ वर्ष भित्र स्थानीय तहलाई स्रोत/ साधनले भरिपूर्ण बनाउने योजना पनि अघि सार्ने भएको छ । त्यसै गरी १० वर्ष भित्र मुलुकलाई संसारकै सबै भन्दा धनी राष्ट्र बराबरको आर्थिक हैसियतमा पुर्‍याउने लक्ष्य पनि एमालेको चुनावी घोषणा पत्रमा समावेश गरिनेछ । एमालेले यही साता स्थानीय तहको निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने कार्यतालिका तय गरिसकेको छ।
SHARE THIS POST :
Pages (19)1234567 Next
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger