चक्कु आक्रमणबाट जापानमा १९ को मृत्यु, २० को अवस्था गम्भिर
११ साउन, काठमाडौं । जापानमा एक व्यक्तिको चक्कु आक्रमणमा १९ जनाको ज्यान गएको छ । हमलामा कम्तिमा २६ जना घाइते भएका छन् । जसमध्ये २० को अवस्था गम्भिर छ ।
जापानी सञ्चार माध्यमहरुका अनुसार राजधानी टोकियोको नजिकको रिहाइशी असहाय आवास क्षेत्रमा उक्त घटना भएको हो ।
समाचार एजेन्सी क्योदोका अनुसार नजिकको सागामिहारा शहरमा प्रहरीले एक संदिग्धलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार २९ वर्षका आरोपी असाहाय केन्द्रका पूर्व कर्मचारी समेत हुन् । बीबीसीका अनुसार आक्रमणकारी असक्त मानिस नदेखिउन् भन्ने चाहन्छन् ।
आक्रमणका समयमा ८ जना कर्मचारी डिउटीमा थिए ।
जापानमा यस्ता घटना कम हुने गरेका छन् । तर सन् २००१ देखि २००८ मा पनि चक्कु प्रहारका घटना भएका थिए जहाँ क्रमश सात तथा आठ जनाले ज्यान गुमाएका थिए ।