Latest Updates :
LATEST UPDATES
Showing posts with label celebrity. Show all posts
Showing posts with label celebrity. Show all posts

मोडलिङमा उदाउदो तारा बिबेक


गायक शिव परियारको आवाजमा रहेको सुमधुर आधुनिक गीत कसिएको मनको गाँठोको भिडियो सार्बजनिक भएको छ । सुमन मैनालीको शब्द रमेश श्रेष्ठकोको संगीत रहेको गीतमा देबेन्द्र नेवाको संगीत संयोजन रहेको छ । नायिका केकी अधिकारी र मोडल बिबेक पौडेल लाइ फिचर गरिएको भिडियो लाइ बासु नेउपानेले छायांकन गरेका हुन् भने अर्जुन थापा अविरलको सम्पादन रहेको छ । निर्देशक लिलाधर भट्टराई लिगेशले भिडियो आकर्षक बनाउन सक्दो मेहनत गरेका छन् ।
https://www.youtube.com/watch?v=8knf8b71q7g

माधब दाहालको देउसिरे बजारमा

 ओखलढुङ्गा घर भई हाल कपन बस्दै आउनु भएका माधब दाहालको नयाँ गित देउसिरे रिलिज भएको छ । पेशाले दाहाल शिक्षक भए पनि गित संगीतमा रुचि भएकोले उहाँले केहि बर्ष अघि ब्युटार डुलेर बोलको गित निकाल्नु भए पछि उहाँलाई सोहि गितले सफलता दिलायो र आफ्नो पेशा सगै सांगीतक यात्रालाई पनि समय दिनु भयो र हाल देउसिरे बोलको गित बजारमा ल्याउनु भयो ।
https://youtu.be/Kvt6c5wx0rU

गितमा दाहालको साथमा गान्धर्वराज पौडेल , यमुना नेपाल र मिना नेपालको आवाज रहेको छ । कृष्ण भक्त राई ले एरेन्ज गर्नुभएको गितको शब्द गान्धर्वराज पौडेलको रहेको छ । उक्त गितको भिडियोलाई बिनोद श्रेष्ठको निर्देशन , सागर गौतमको छायांकन रहेको भिडियोमा नृत्य निर्देशन सागर लामा ( गोले ) को रहेको छ । गितको भिडियो नेपाल उत्तम मुभिज प्रा.लि ले निर्माण गरेको हो ।

यसपालिको तिहारमा घर आउन पाएनन् लिगेस


घरको दुखले घर परिवार साथि संगि सबौई छोडेर बिदेसिएको र तिहारको बेला घर परिवारलाई सम्झेको कथालाई समाबेस गरेर तयार पारिएको मार्मिक गितको भिडियोमा लिगेस भट्टराईले अभिनय गरेका छन् ।


हुम गैरेको शब्द संकलन ,चर्चित गायक तथा संगीतकार डी.बी गुरुङ गायिका शोभा जि.सि र बिन्दु परियारको स्वरमा तयार भएको गितको भिडियो यू ट्यूब र बिभिन्न टेलिभिजन मार्फत सार्बजनिक गरिएको छ । बाशु न्यौपानेको छायांकन लिगेस भट्टराईको निर्देशन अर्जुन थापा अबिरलको सम्पादन रहेको भिडियोमा लिगेस भट्टराई र सिर्जनाको अभिनय रहेको छ ।
https://youtu.be/_5WsXofZckk

सागरको गीतको भिडिओ सार्बजनिक.........




गायक सागर प्रधान को नया गीतको भिडिओ सार्बजनिक भएको छ । सिन्धुपाल्चोक , घुम्थांग निवाशी सागर प्रधान पेशाले उनि बेबशायी हुन् , गायनमा रुचि भएको कारण उनिले  गायन क्षेत्र मा आफ्नो पाहिला अघि सारेक हुन् ,जमुना श्रेष्ठ को प्रस्तुति, साजन प्रधान (सागर ) को शब्द संकलन र महेश बिक्रम पाण्डे को संगीतमा यो मन बाट कुनै पल हराएकी छैनौ बोलको गीतमा सागरले आफ्नो स्वोर दिएका हुन् , गीतमा सागर प्रधान , देवी घर्ति र शुभासिली श्रेष्ठको स्वोर रहेको छ । गित अलङ्कारमा रेकर्डिङ स्टुडियोका रेकर्ड गरिएको हो ।

New Nepali Lok Song Tyo Man Bata Kunai Pal Harayeki Chhinau By Sagar Pradhan /Fet: Arjun Thapa .2073


उक्त गीतको भिडियो  Entertainment.com  मार्फत सार्बजनिक गरिको हो । भिडियोलाइ बाशु न्यौपाने ले छांकन गरेका हुन् भने लीगेश लिलाधर भटराई ले निर्देशन गरेका हुन्   भिडियोमा कलाकार अर्जुन थापा अविरल र सुरज श्रेष्ठको अभिनय रहेको छ भने भिडियो लाई सम्पादन अर्जुन थापा अविरल ले गरेका हुन् ।
 हाम्रो तर्फबाट गायक प्रधान लाई सफलताको शुभकामना ।



चलचित्र पाईरेसि रोक्न चलचित्र बिकाश बोर्ड सक्रिय


 के टि भि न्यूज......
राजधानीको नयाँ बसपार्क, सामखुसी र गोंगबु गरि तीन ठाउँमा चलचित्र जन्य वस्तुको पाईरेसी गरिरहेको अवस्थामा केही व्यक्तिलाई पक्राउ गरिएको छ ।
चलचित्र विकास वोर्ड अन्तर्गत रहेको चलत्रिजन्य वस्तुको पाइरेसी नियन्त्रण अनुगमन समितिले मंगलबार तीन ठाउँमा छापा हानिएको थियो । गोंगबु बसपार्क चौकीका इन्सपेक्टर पूणिर्मा चन्द र सई खेम पंगेनीको सहयोगमा समितिका लिलाधर भट्टराई,करण श्रेष्ठ, विजय शर्मा, र सूचना तथा अन्तर्राष्ट्रि सम्बन्ध अधिकृत आनन्द घिमिरेको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको नेपाल चलचित्र बिकाश बोर्डका पाईरेसि समितिका सदस्य लिलाधर  भट्टराईले के टि भि न्यूजलाई जानकारि गराएका छन् ।


पक्राउ पर्नेहरुले अनाधिकृतरुपमा चलचित्रजन्य वस्तुको पाईरेसी गरिरहेका थिए । उत्तम केसी संयोजक रहेको चलचित्र विकास वोर्डको अनुगमन समितिमा प्र.ना.उ. अजय केसी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी सुष्मा पोखरेल, ओम अग्रवाल, करण श्रेष्ठ, लिलाधर भट्टराई, धनबहादुर वमजन, कृष्ण भुसाललगायतका सदस्य रहेका छन् ।

दक्षिण कोरियामा हुने मार्शल आर्ट प्रतियोगितामा नेपालको प्रतिनिधित्वो गर्दै तङ इल मोदोका ७ जना खेलाडी ।

दक्षिण कोरियामा हुने छ्न्जु वल्ड मार्शल आर्ट प्रतियोगितामा मकवानपुरका तीन जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।दक्षिण कोरियाको छन्जु सिरिमा सेप्टेम्बर २ देखि ९सम्म हुने प्रतियोगिता जिल्लाका तीन खेलाडीसहित ७ जना खेलाडी हरुले सहभगिता जनाउने छन् ।नेपालको प्रतिनिधित्व गर्दै दक्षिण कोरियामा हुने प्रतियोगितामा खेलाडीहरु छनोट भइसकेको छ। छन्जु वल्र्ड मार्शल आर्ट मास्टर सेभ अर्गनाइज कमिटीको आयोजनामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मकवानपुरबाट दीपक बास्तोला ६७ देखि ७२ तौल समुह, राम बहादुर थोकर ६७ केजी तौल समूह र लक्ष्मण थोकर ६२ केजी समुहमा प्रतिष्पर्धा गर्ने भएका छन् । 


यसैगरी प्रतियोगितामा काठमाडौंका दीपेन्द्र ठाकुर, कैलालीका तेजबहादुर सिंह, दाङका इनरदेब चौधरी र महोत्तरीका सन्जीव चौधरी रहेका छन् । तङ इल मोदो संघ नेपालले देशभरीबाट ७ जना खेलाडी छ्नोट गरेर प्रतियोगितामा पठाउन लागेको हो। प्रतियोगितामा सहभागी खेलाडी संघ का अध्यक्ष सन्तोष कुमार पौडेलले नेतृत्वमा दक्षिण कोरिया जाने छन् साथमा रेफ्री राजन श्रेष्ठ पनि रहने उल्लेख छ ।उनले प्रतियोगितामा रेफ्रीको भुमिका निर्वाह गर्ने भएको छ । प्रतियोगिताका लागि खेलाडी तयारी गरिरहेका छन् ।यसपटक प्रतियोगितामा सफलता हात पार्ने लक्ष्य रहेको उनले बताए तङ इल मोदो संघ यस अघि दुई पटक थाइल्यान्ड र कोरिया वर्ल्ड कप प्रतियोगितामा सहभागिता जनाइसकेको छ।

यसपालिको तिजमा सेन्सर हेर्दै अर्जुन र गौरव


यसपालिको तिजमा अर्जुनले सेन्सर हर्ने भएका छन् । प्रसंग हो रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको तिज गित यसपालिको तिजमा सेन्सर हेरिन्छ बोलको गितको , श्रीमतिले तिजको बेला बिभिन्न गरगहना माग्ने र नपाए माईत जाने घुर्कि लगाउने गरेको पाईन्छ यस्तै प्रसंग लाई समाबेस गरेर शब्द तयार पारेका हुन अमित पौडेल पलले गितको संगीत गौरव प्रगाडले दिएका हुन ।
 गितलाई चर्चित गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालले गायका हुन् गितको भिडियोलाई अमित  पलले निर्देशन गरेका छन् । भिडियोमा समिता गिरि,सरु ख्ड्का ,अर्जुन थापा र गौरव गिरिको को अभिनय रहेको छ , भिडियोको सम्पादन अर्जुन थापाले गरेका हुन् । भिडियोलाई म्यूजिक नेपाल मार्फत रिलिज गरिएको हो ।
भिडियो हेर्नको लागि तलको लिकंमा क्लिक गर्नुहोस्
https://youtu.be/k0cHWCXxlVk

नम्रताको सेक्स भिडियो हेर्दा मलाई पनि सेक्स गर्न मन लाग्योः मोडल सपना

चार वटा फिल्म र दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी नायिक तथा मोडल सपना लामिछानेसँग नेपालपाटीले गरेको कुराकानीः
साउनको मनिा र कलाकारिताको यात्रालाई कसरी अगाडि बढाइरहनुभएको छ ?

प्रोग्राम र भिडियोहरु गर्दैछु । म ब्रत बस्दिन तर पूजाआजा भने गर्छु । मन सफा भएपछि ब्रत बसिरहनुपर्छ भन्ने लाग्दैन ।

 अरु ब्रत बस्दा तपाई चाहिँ के गर्नुहुन्छ ?
पूजा गर्छु तर ब्रत चाहिँ बस्दिनँ ।

 तपाईलाई मन पर्ने खाना र कपडा ? नेपाली खाना र साडी मनपर्छ । मनपर्ने नायक नायिका ?

त्यस्तो केहीपनि छैन । मनपर्ने ठाउँ ? नेपाल । मनपर्ने आफुनै अंग ? आँखा आफूले आफैँलाई हेर्दा कतिको हट लाग्छ ? हट नै लाग्छ । हट अवतारमा केटाहरुले कतिको फलो गर्छन ? धेरैले नै फलो गर्छन । तर मलाई केटा मान्छेदेखि डर लाग्छ । लभ के हो ? लभ भनेको सन्तुष्टि हो । लभमा पर्नुभएको छ कि छैन् ? छैन् । सेक्स के हो ? केटा र केटीको मन मिलेर हुने कुरा हो ।

 बिहे अघिको सेक्सको विषयमा तपाईको धारणा ? मन मिले बिहे पर्खनु पर्दैन । त्यसले त विकृति ल्याउला नि ? विकृति सेक्सले होइन, सोचाईले हुन्छ । यी कुरा तपाईको जीवनमा पनि लागु हुन्छ ? मेरो जीवनमा बिहे अघिको सेक्स असम्भव हो ।

 आफूलाई चाहिँ असम्भव अनि अरुलाई चाहिँ सम्भव भन्ने हुन्छ ?

मैले त्यस्तो भनेको होइन । मन मिलेपछि त्यस्तो सम्वन्ध हुँदा केही फरक पर्दैन भनेको मात्र हुँ । नम्रताको सेक्स भिडियो हेर्दा सेक्स कस्तो हुँदो रहेछ भन्ने थाहा पाएँ । त्यतिबेला युटुवमा थियो, अहिले छ कि छैन थाहा छैन । त्यो भिडियो हेर्ने बेलामा सेक्स कस्तो होला भन्ने लागेको थियो, अनि डर पनि । त्यो नेपाली कलाकारको विषय भएकाले हेरेको हुँ । नम्रताको सेक्स भिडियो हेर्दा मलाई पनि सेक्स गर्न मन लाग्यो । डर पनि लाग्यो । जोशमा होस गुमाउँनुहुँदैन भन्ने सन्देश पनि मिल्यो ।

 बिहे कहिले गर्ने सोच बनाउनुभएको छ ?

मन मिल्ने अनि मेरो कामलाई सम्मान गर्ने केटा भेटेपछि । भनेपछि छिट्टै बिहे हुनेभयो ? पहिला केटा भेटौँ अनि भनौला । मेरो हुनेवाला केटाका लागि जीवन साँचेर राखेकी छु ।

 तपाई अहिलेसम्म कुमारी नै हो ? एकदम १०० प्रतिशत कुमारी छु । कुन क्षेत्रको केटा खोज्नुभएको हो र ?

मिडिया बाहेकको । किनभने फरक फरक क्षेत्रको भएपछि देश बनाउन सकिन्छ । श्रीमान एउटा क्षेत्रको होस्, छोराछोरी फरक फरक क्षेत्रमा लागुन ।

 नेपाली कलाकारिताका राम्रा कुराहरु के–के हुन ? नाम छ, इज्जत छ । समाज परिवर्तनमा भूमिका खेल्न सकिन्छ । त्यसैले कलाकारिता क्षेत्र राम्रो लाग्छ । नराम्रो पनि त होलान ? त्यस्तो नराम्रो खासै छैन । यो क्षेत्रमा केटी मान्छेलाई अलि गाह्रो छ भन्छन नि ? त्यो त सोचाई र हेराईमा भर पर्ने कुरा हो । नराम्रो कुरा मैले भोगेको छैन् ।

मलाई नै नसोधी मिडियाले आँचलसँग मेरो लभ पारिदिए भो त अब पल शाह भिडियो हेर्नुस

पछिल्लो समयका व्यस्त मोडल तथा नायक हुन्, पल शाह । कैयौँ भिडियोको अभिनय यात्राबाट खारिएका यी मोडलले चलचित्र नाइँ नभन्नु ल– ४ बाट राम्रो प्रतिक्रिया पाएपछि उनी चलचित्रमै जम्ने सुरसारमा छन् । दोस्रो प्रोजेक्टका रूपमा जेजीमा अनुबन्धित भइसकेका पल अहिले आफ्ना गुरु पारस विक्रम शाहसँग ट्रेनिङमा व्यस्त छन् । पछिल्लो समय म्युजिक भिडियोमा केही पातलिएका पल भन्छन्, फिल्ममा काम गर्दा थप चुनौती भए पनि आफूले खेलेको फिल्मको पोस्टर भित्तामा देख्दा खुसी लाग्छ ।’ सानो पर्दाका अगाडि ठूलो पर्दामा कामको तुलनात्मक भिन्नता त बढ्छ नै । तर, कतिपय अवस्थामा फेक न्युजका कारण आफ्ना फ्यानमा भ्रम सिर्जना भएको तर्क छ । चलचित्र नाइँ नभन्नु ल ४ बाट अभिनय यात्रा थालेका पल र सोही चलचित्रबाट नै डेब्यु गरेकी नायिका आँचल शर्माको प्रेममा आफू परेको भन्ने समाचार भ्रम भएको समेत उनले बताएका छन् । हालै एक अनलाइनले आँचलसँग आफ्नो नाम जोड्नुअघि संवाददातले आफूलाई एकपटक पनि नसोधी कपोकल्पित रुपमा समाचार लेखेको दाबी गरे । २१औँ शताब्दीका मानिस हामीले १७औँ, १८औँ शताब्दीको जस्तो कुरा गर्दै नहिँड्न समेत उनले ती समाचार लेख्ने संवाददातालाई आग्रह गरेका छन् । उनले आँचलसँग आफ्नो कुनै सम्बन्ध नभई उनी केवल एक मिल्ने साथी भएको बताए ।

नयाँ गित बजारमा ल्याउने तयारिमा गायक तथा मोडल दुर्गा

गायक दुर्गा श्रेष्ठ गायन क्षेत्रमा प्रबेश गरेको करिब तिन बर्ष भयो उनि गायन क्षेत्रमा आफ्नो भबिष्य बनाउन सिन्धुलि बाट काठमाण्डौ प्रबेश गरेका हुन् ।
हाल ग्वार्को मा बस्दै आएका गायक श्रेष्ठले थुप्रै लोक गितमा आफ्नो आवाज भरि सकेका छन् । उनको पहिलो “यसैपालिमा” बोलको गितलाई श्र्रोताहरुले मन पराए पछि उनले जवानि चडेछ, नक्कलिले माया कहाँ लाकि छ ? ,जस्ता थुप्रै गित बजारमा ल्याएका छन्  ।
हाल गायक श्रेष्ठ उनको आफ्नै शब्द संगितमा रहेको नयाँ गित “आजकलको जमाना” को रेकर्डिङमा ब्यस्त छन् । अनामनगर स्थित अलंङकार डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भईरहेको र उत्त गितको भिडियो पनि चाँडै बजारमा ल्याउन गायक श्रेष्ठले जानकारि गराएका छन् ।
गितमा नव गायिका सोनिया डि.सि र बिश्व श्रेष्ठले पनि स्वर दिएका छन् ।स्टुडियोमा गितको रेकर्डिङ महेश बिक्रम पाण्डेले गरि रहेका छन् ।
हेर्नुहोस गायक श्रेष्ठको नयाँ गित आजकलको जमानाको रेकर्डिङ गर्दाको भिडियो



करिश्मा मानन्धरलाई आठ अभियोग थाहा पाउनुहोस् के के हुन् ..


चौध वर्षको उमेरमा फिल्म ‘सन्तान’बाट तीन दशकअघि अभिनयमा प्रवेश गरेकी अभिनेत्री हुन्, करिश्मा मानन्धर । ‘ट्रक ड्राइभर’, ‘ढुकढुकी’, ‘बाबुसाहेब’ उनका रुचाइएका फिल्म हुन् । उनी अभिनीत फिल्म ‘हिरोज’ प्रदर्शनको तयारीमा छ । भर्खरै उनले राजनीतिमा प्रवेश गरेकी छिन् । उनीबारे नेपाली फिल्म जगतमा सुनिने कुराका आधारमा अनिल यादवले उनलाई आठ अभियोग लगाएका छन्, जसको सफाइ उनले यसरी दिएकी छिन् ।

१ तपाईं अभिनय क्षमताभन्दा सुन्दरताले टिकेको कलाकार हो ।
यो अभियोग हो । यसलाई मैले स्वीकार गर्नुपर्छ भन्ने छैन । सुन्दरतालाई जुन अभियोगका रूपमा भनिएको छ, यो नै आफैँमा एउटा तारिफ हो । अभिनयमा मैले ३० वर्षदेखि काम गरिरहेको छु । यो अवधिमा मैले कहिले पनि शतप्रतिशत मेहनत नगरेको छैन । हुन सक्ला, मैले दर्शकको अपेक्षालाई भेट्न सकेको छैन । हुन सक्ला, दर्शकहरू मेरो अभिनयभन्दा पनि सुन्दरतामा बढी केन्द्रित हुनुभयो होला । सुन्दरताकै कारण अभिनय छोपिएको हुन सक्छ । अहिले नयाँ पुस्ताले गरिरहेको सरल जनजीवनको शैलीमा अभिनय मैले त्यो बेला गर्थें । त्यो समयमा त्यो अभिनय फिट थिएन । त्यसकारण मैले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइनँ । त्यो बेलामा चाहिँ रोनाधोना नै रुचाइन्थ्यो । यो मेरो बुझाई हो ।

२ भर्खरै तपाईं नयाँ शक्ति नेपालमा प्रवेश गर्नुभयो । राजनीतिक चेतनाले प्रेरित भएर होइन, सेलिब्रिटी भएर कमाएको चर्चालाई उपयोग गर्नुभयो । तपाईं मन्त्री हुने लोभले राजनीतिमा आउनुभएको हो ।
मैले मन्त्री बन्न आएको होइन भन्दा मैले झुटो बोलेको हुन्छ । किनकि, जुनसुकै क्षेत्रमा पनि मान्छे शिखर चुम्ने लक्ष्यका साथ नै लाग्छ । रह्यो चर्चाको कुरा, यदि मैले सेलिब्रिटी भएको चर्चालाई उपयोग गर्न चाहन्थँे भने अरू नै कुनै पार्टीमा लाग्थेँ, बिजनेस गर्थें या अर्कै ढंगले अघि बढ्थेँ । विभिन्न देश घुम्ने क्रममा मैले धेरै कुरा सिकेँ । राजनीतिप्रति धेरैको वितृष्णा पाएँ । नेपाली नागरिक भएपछि देशप्रति सचेत हुनुपर्छ भन्ने भावनाले नै म राजनीतिमा आएको हुँ । हामीकहाँ राजनीति गर्ने जुन पुरानो शैली छ, त्यो हुनुहुन्न भन्ने मेरो मान्यता हो । नयाँ शतिm पार्टी चाहिँ नयाँ ढंगले अघि बढ्न लागेको हुनाले मेरो एक्यबद्धता यसमा भएको हो ।

३ तपाईं असाध्यै महत्वाकांक्षी मान्छे हो । आफ्नो महत्वाकांक्षी पूरा गर्न तपाईं जस्तोसुकै कदम चाल्न पनि पछि पर्नुहुन्न ।
मलाई सस्तो किसिमको प्रचारबाजी मन पर्दैन । म दुई दिनका लागि चर्चित हुन चाहन्नँ । तर, महŒवाकांक्षी चाहिँ हो म । बिख नभएको सर्प र इख नभएको मान्छे काम लाग्दैन । कुनै मानिसको एउटा कार्यदिशा र गन्तव्य छैन भने त्यो मेरो विचारमा बेकारको मान्छे हो । गन्तव्यविहीन मान्छे त बोरिङ मान्छे हुन्छ । त्यसैले यो २१ औँ शताब्दीमा कुनै न कुनै महŒवाकांक्षा राख्नु गलत कुरा होइन मेरो विचारमा । तर, सही चिजका लागि राख्नुपर्छ, गलत ढंगले गलत कुराका लागि होइन । यदि म महाŒवाकांक्षा राख्ने मान्छे नै भएको भए म उहिल्यै युके पुगिसकेको हुन्थेँ । ससुराको ठूलो रेस्टुरेन्छ छ त्यहाँ । त्यही चलाएर बस्थेँ होला । तर, मैले त्यसो गरिनँ । किनकि, म अभिनयमै रमाउन चाहँे । देशकै लागि केही गरुँ भन्ने भावना थियो ममा ।

४ तपाईंले जिन्दगीभर एउटै खालको चरित्र निर्वाह गर्नुभयो । राम्री युवती, लभर गर्ल, रुञ्चे आदि । महिला उत्थान वा सशक्तीकरणमा सघाउने खालको एउटै पनि भूमिका निर्वाह गर्नुभएन ।
हाम्रो समाज पुरुषप्रधान हो । फिल्म बनाउने र लेख्ने मान्छेहरू पनि यहाँ बढी पुरुष नै छन् । त्यसैले उनीहरूले देखेको नारी पात्र नै मैले निर्वाह गर्नुपर्ने मेरो बाध्यता हो । मैले ६० लाख लगाएर आफ्नो लागि मात्र भूमिका लेखेर खेल्ने कुरा पनि भएन । तर, मैले केही वर्षअघि ‘मायाज बार’मा बार गर्लको भूमिका निर्वाह गरेको थियो । बार गर्ल भए पनि त्यो समाजविरुद्ध बोल्ने महिला पात्र नै थियो । त्यस्तै, भर्खरै मैले ‘हिरोज’ फिल्ममा काम गरेको छु जुन रिलिजको तयारीमा छ । त्यहाँ म नै प्रमुख पात्रका रूपमा छु । त्यो फिल्मले महिला सशक्तीकरणमा केही सघाउँला भन्ने मलाई लाग्छ । कुनै पनि नारी पात्रले तीन बल्ड्याङ खाएर डिस्यु गरेर हान्दै फाइट गर्दैन । त्यो चाहिँ सिनेमा मात्र सीमित हुन्छ । म चाहिँ वास्तविक समाजमा उदाहरणीय काम गरिरहेका महिलाहरूको चरित्र निर्वाह गर्न रुचाउँछु ।

५ तपाईंको मदिरा प्रेम डरलाग्दो छ ।
नेपाली समाजमा मदिरा नखाने त कमै होलान् । मैले मदिरा नपिएको भए अहिलेको सफलता जुन छ, त्यो हासिल गर्न सक्दैन थिएँ । रमाइलो कुरा चाहिँ के छ भने मेरो रमाइलो गर्ने शैली बडो अचम्मको छ । म हरेक दिन मदिरा पिउँदिनँ । दिन तोकिएको हुन्छ । मेरो आफ्नै साथी सर्कल छ । मदिरा पिउने दिन साथीहरूलाई बोलाएर रमाइलो गर्छु । अर्को कुरा, मदिरामा पनि म बियरबाहेक अरू कुनै ड्रिंक्स पिउँदिनँ ।

६ तपाईं असाध्यै घमण्डी हुनुहुन्छ । सार्वजनिक कार्यक्रममा पुरानो परिचित मान्छेलाई पनि तपाईं नचिनेजस्तो गर्नुहुन्छ ।
कहिलेकाहीँ त्यस्तो हुन पनि सक्ला । सबै मान्छेलाई हामीले त्यसरी नै ट्रिट गर्छौं भन्ने पनि छैन । कोही कसैसँग नबोल्दैमा घमण्डी भनेर कसरी परिभाषित गर्ने ? बाटोमा हिँड्दा पनि कोही मलाई हाँसिरहेको हुन्छ । त्यस्तो अवस्थामा कहिलेकाहीँ ‘आर यू लाफिङ एट मी’ भनेर पनि म सोध्छु । मलाई गरिने व्यवहारका आधारमा म उसलाई व्यवहार गर्छु । त्यसैले म आफूले आफूलाई घमण्डी ठान्दिनँ । किनकि, मेरो साथीहरूलाई थाहा छ, म उनीहरूका लागि कति समय दिन्छु, कस्तो व्यवहार गर्छु भन्ने कुरा । त्यसैले खासमा म एकदम सिम्पल मान्छे हुँ । नचिन्नेहरूले घमण्डी भन्ने गर्छन् ।

७ तपाईंको अंग्रेजी खासै गतिलो छैन । तर, ठाउँ कुठाउँ अंग्रेजी जानेको देखाउन खोज्नुहुन्छ र हाँसोको पात्र बन्नुहुन्छ ।
कोही हाँस्छन् भने मलाई आपत्ति छैन । अंग्रेजी मेरो भाषा होइन, त्यसैले जति सिकेको छु त्यति बोल्छु । म यसमा एकदमै विज्ञ छु भन्न चाहन्न । तर, ममा अंग्रेजीभन्दा नेपाली शब्द अलि कम छ भन्ने चाहिँ लाग्छ । किनकि, मलाई अंग्रेजी चाहिँ सजिलो लाग्छ । अर्को कुरा, म अमेरिका बसेर आएको मान्छे हुँ, त्यसैले मसँग ब्रिटिस एक्सन छैन । ब्रिटिसले बोल्ने अंग्रेजी म कतिपय बुझ्दिनँ । पार्टीको कार्यक्रम सञ्चालन गर्दाको जुन कुरा छ , त्यसमा चाहिँ अरू कसैले चलाएको भए पनि कमजोरी हुन्थ्यो होला । प्रोटोकल मिलाउनुपर्ने थियो त्यहाँ । प्रोटोकलमा हल्का शब्द प्रयोग गर्नुहुन्छ कि हुँदैन भन्नेमा म एकदम सचेत भए । त्यो सचेतनाले गर्दा गडबड धेरै भयो । तयारीको कमी पनि भयो ममा ।

८ तपाईंलाई असफलताले छिट्टो निरुत्साहित बनाउँछ । फिल्म ‘बाबुसाहेब’ फ्लप भएपछि तपाईं अमेरिका हानिनुभयो र फर्केपछि दर्शकले तपाईंलाई पहिलेजस्तो प्रेम गरेनन् ।
म त्यो व्यक्ति हो जो हरेक असफलतामा पनि सफलता खोज्छु । मेरो घर भत्कियो भने पनि ‘थ्यांक यू, मेरो घर भत्कियो, अब म नयाँ घर बनाउँछु’ भनेर सोच्ने व्यक्ति हो म । चौध वर्षको उमेरमा मैले अभिनय थालेँ जतिबेला मैले दुनियाँलाई कत्ति पनि बुझेको थिइनँ । लामो समय काम गरेपछि ममा इन्पुट नभएर आउटपुट मात्र पनि भयो । त्यही बेलामा म दुनियाँलाई बुझ्न जरुरी छ भनेर अमेरिका पुगेको हुँ । त्यसले मलाई फाइदा पु¥याएको पनि छ । धेरै कुरा जान्ने मौका मिलेको छ । त्यसैले म असफलतामा आत्तिने मान्छे हो भन्नमा एकरत्ति पनि सहमत छैन । अर्को कुरा, यो फिल्म क्षेत्र भनेको नयाँ आउने र पुरानो जाने क्षेत्र हो । जसलाई दर्शकले होइन, मैले आफैँ महसुस गरेँ । त्यसैले पछि आएर दर्शकले मलाई त्यही रूपमा स्विकार्नु भन्नेमा म दुःखी छैन । किनकि, मैले पछि आएर अर्कै भूमिका गर्न थालेँ, दर्शकले पुरानै करिश्मा खोज्नुभयो । तर, परिवर्तित समयले त्यसो गर्न दिएन । र, यति भन्दैमा दर्शकको मनबाट मेरो लागि माया हट्यो भन्ने कुरा म मान्दिनँ । किनकि, आज पनि म देशको कुनाकुना जाँदा ‘हाम्रो करिश्मा’ भनेको धेरै सुन्छु ।

सचिन राईले ल्याए सि सि क्यामेरा

दिनेश डि सी द्वारा संचालित गायन प्रतिभा को कार्यक्रम खोजि प्रतिभाको दोस्रो संस्करणबाट आफ्नो संगीत यात्रा सुरु गरेका गायक सचिन राईको नयाँ‘‘सि सि क्यामेरा’’ बोलको गितको भिडियो युट्यूब लगायत बिभिन्न टेलिभिजन च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
 गायक राई निकै नै छोटो समयमा चर्चा बटुल्न सफल गायक हुन् , सांगीतिक यात्रामा उनले आफ्नो एकल एल्बम सानु बजारमा ल्याई सकेका छन् भने दुई दर्जन भन्दा बढि चलचित्रमा पार्श्व गायन गरि सकेका छन् । दिनेस शर्माको चलचित्र रामजाने बाट पाश्र्व गाएनमा पाईला टेकेका राई आज भोलि चलचित्रकै गित रेकडिंङमा ब्यस्त छन् ।
उनले थुप्रै चर्चित संगीतकार हरु संग काम गरिसकेका छन् ।ले निर्देशन गरेका हुन् ।
उक्त गितको भिडियोमा मोडल नबिन ,खुसि र प्रकृतिको अभिनय रहेको छ भिडियोको छायांकन सुदिप बरालले गरेका हुन् भने किरण थापाले भिडियोको सम्पादन गरेका हुन् ।
बरिष्ठ गितकार डा. कृष्ण हरि बरालको शब्द ,चर्चित सगिंतकार बसन्त सापकोटाको संगितमा रहेको गायक राईको सि सि क्यामेरा बोलको गितलाई अहिलेका ब्यस्त निर्देशक बब्बु थापा ।
https://youtu.be/xdyq3YNFyWc

सारुखन संग जोडिन पाईन् श्रद्दाले श्रद्दाको खुसीको सिमा रहेन

बलिउडमा केही समययता आलिया भट्ट र श्रद्धा कपुरले राम्रो गरिरहेका छन् । तर, यी दुवैको विगत त्यति सुखद रहेन । सफलता–असफलताका कारण उनीहरू कहिले एक–अर्कासँग रिसाए त कहिले अत्यन्त मिल्ने साथी पनि बने । अहिले भने यी दुई अभिनेत्रीको सम्बन्ध त्यति राम्रो छैन, दुवै एक–अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । यो प्रतिस्पर्धामा केही समयअघि आलियाले बाजी मारेकी थिइन्– अभिनेता शाहरुख खानसँग अभिनय गर्ने फिल्म पाएर । छोटै समयका लागि भए पनि पर्दामा शाहरुख र आलिया देखिँदै थिए । यो कुराले श्रद्धालाई पक्कै चिन्तित बनाएको थियो । तर, अब उनका लागि खुसीको खबर आएको छ । करण जोहर निर्देशित फिल्ममा शाहरुखले काम गर्ने सहमति जनाएका छन् । यो त्यही फिल्म हो जसमा श्रद्धा पनि काम गरिरहेकी छिन् ।

सबैभन्दा राम्रा महिला भएका ११ देश

सुन्दरता प्रत्येक मानिसको लागि भिन्न हुन्छ । एउटा मानिसलाई एकथरी राम्रो लाग्छ भने त्यही कुरा अरुलाई नराम्रो लाग्न सक्छ । कसैलाई गोरी महिला राम्रो लाग्छ भने कसैको रोजाईमा कालो वर्णका महिलाहरु पर्न सक्लान् । तर, कोही महिला त्यस्ता हुन्छन् जो लगभग सबैको नजरमा राम्रा देखिन्छन् । यी महिलाहरुले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पनि हात पार्न सफल भई देश विदेशतीर आफ्नो देशको नाम राख्दछन् । यहाँ आज हामी तपाईंलाई ती देशबारे बताउँदैछौं जसका धेरै महिलाले सुन्दरताको प्रतिस्पर्धामा शीर्ष स्थान हाँसिल गर्छन् ।









१. भेनेजुयलाः यो सूचीको सबैभन्दा पहिलो स्थानमा छ भेनेजुयला । यो देशका महिलाहरु निकै राम्रो भएको मानिन्छ । ७ मिस युनिभर्स, ६ मिस वल्र्ड, ७ मिस इन्टरनेशनल, २ मिस अर्थ गरी यो देशले सुन्दरता प्रतियोगिताको २१ टाइटल जितिसकेको छ । यसका साथै ४० रनर्सअप पनि यो देशको महिलाहरु नै रहेका छन् ।


 २. अमेरिकाः दोस्रो नम्बरमा रहने अमेरिकाले १४ ब्यूटी टाइटल्स आफ्नो हात पारेको छ । अमेरिकाले अहिलेसम्म ८ मिस युनिभर्स, ३ मिस वल्र्ड, ३ मिस इन्टरनेशनलको क्राउन जितेको छ । ५५ रनर्सअप पनि यही देशबाटै छन् ।


 ३. फिलिपिन्सः फिलिपिन्सका महिलाहरुले अहिलेसम्म १२ ब्यूटी कन्टेस्ट जितेका छन् । यसमा ३ मिस युनिभर्स, १ मिस वल्र्ड, ५ मिस इन्टरनेशनल, ३ मिस अर्थको उपाधि यहाँका देशका महिलाले जित्न सफल भएका छन् । यस देशका महिलाले २१ रनर्सअप पनि जितेका छन् ।


 ४. पुर्ट ओ रिकोः यो देशको नाममा ८ टाइटल र ११ रनरअप छन् । यहाँका महिलाहरुमा ५ जना मिस युनिभर्स, १ जना मिस वल्र्ड, २ जना मिस इन्टरनेशनल रहन सफल भएका छन् ।


 ५. भारतः भारतको नाममा ८ उपाधि रहेका छन् । भारतीय महिलाले अहिलेसम्म २ मिस युनिभर्स, ५ मिस वल्र्ड, १ मिस अर्थको उपाधि चुमिसकेका छन् । यसका साथै यहाँका महिलाले २१ रनर्सअप पनि जितिसकेका छन् ।


 ६. युनाइटेड किंगडम/इंगल्याण्डः यो देशको नाममा ८ टाइटल छन् । यहाँका महिलाहरु पनि निकै राम्रा मानिन्छन् । इंगल्याण्डसँग ५ मिस वल्र्ड, ३ मिस इन्टरनेशनलको उपाधि छ । यहाँका महिलाहरुले २० रनर्सअप पनि हासिल गरेका छन् ।



 ७. अष्ट्रेलियाः अष्ट्रेलियासँग ७ टाइटल्सको साथै २१ रनर्सअप छन् । यहाँका महिलाहरुले २ वटा मिस युनिभर्स, २ वटा मिस वल्र्ड र ३ वटा मिस इन्टरनेशनलको उपाधि हात पारेका छन् ।


 ८. स्विडेनः स्विडेनसँग ६ वटा टाइटल्स छन् । यो देशका महिला ३ पटक मिस वल्र्ड र ३ पटक मिस युनिभर्स बनिसकेका छन् । १४ वटा रनर्सअपमा पनि यहाँका महिलाले जित्न सफल भएका छन् ।


९. ब्राजिलः ब्राजिलसँग पनि ६ वटा उपाधि छ । ३५ रनर्सअपमा पनि यो देशका महिलाहरु रहेका छन् । यसमा २ मिस युनिभर्स, १ मिस इन्टरनेशनल, १ मिस वल्र्ड र २ मिस अर्थको उपाधि रहेको छ ।


 १०. जर्मनीः जर्मनीसँग ५ क्राउन र १४ रनर्सअपको टाइटल रहेको छ । २ मिस वल्र्ड, १ मिस इन्टरनेशनल, २ इन्टरनेशनल टाइटल रहेका छन् ।


११. कोलम्बियाः कोलम्बियाको महिलासँग पनि ५ क्राउन टाइटल र २१ रनर्सअप रहेको छ जसमा २ मिस युनिभर्स र ३ मिस इन्टरनेशनल रहेको छ ।

यौनजन्य हिंसाको लफडामा गौरी

केही वर्षसम्म जापान र अमेरिका बसेका कारण गुमनामजस्तै भएकी नायिका गौरी मल्ल ‘सिंहदरबार’ टेलिश्रृंखलाको प्रसारणसँगै उचाइमा पुगेकी थिइन् । सिंहदरबारले उनलाई यति ख्याति दियो कि उनी लामो समय विदेशमा थिइन् भन्ने कुरासमेत दर्शकले बिर्सिए । यद्यपि त्यही टेलिश्रृंखलाबाट प्राप्त लोकप्रियताले गौरी मल्ललाई एउटा नराम्रो लफडामा फसाएको छ ।

सिंहदरबारमा गौरीको दमदार भूमिका देखेर ‘सुपर फ्यान’ हुन पुगेका जापान बस्ने अनुज शाक्यले गौरी मल्ललाई जापानमा मोडलिङ गर्न बोलाए । लामो समयदेखि जापान बस्दै आएका अनुजको स्थानीय कम्पनीहरूसँग राम्रो हिमचिम भएको बुझेपछि गौरी पनि दुई महिनाअघि जापान पुगिन् । त्यहाँ उनले एउटा विज्ञापनमा काम गर्ने र एउटा कार्यक्रममा अतिथिको भूमिका निर्वाह गर्ने सहमति भएको थियो । त्यति मात्र होइन, सिंहदरबार टेलिश्रृंखलाको लोकप्रियताका कारण जापानी प्रधानमन्त्रीसँग पनि भेट हुन सक्ने आश्वासन गौरीलाई दिइएको थियो । त्यही भद्र सहमतिअनुरूप अनुजले गौरीका लागि २ लाख नगद र टिकटिङको व्यवस्था मिलाइदिए ।

यसअघि पनि लामो समय जापान बसिसकेकी गौरी यसपटक भने अरू परिचितहरूकहाँ नगई १० दिन अनुजकै फ्ल्याटमा बस्न पुगिन् । यही १० दिनबीच उनीहरूबीच ठूलो भनाभन र आरोप–प्रत्यारोप हुन पुग्यो जुन कति गम्भीर रूपमा बाहिर आयो भने नायिका गौरी मल्ल नेपाली दूतावासमा आफूमाथि यौन दुव्र्यवहार भएको आरोपसहित निवेदन दिने स्थितिसम्म पुगिन् । उक्त आरोप लगाउनुअघि नै अनुजले आफ्नो फेसबुक वालमा गौरी मल्लले आफ्नो घरबाट क्यामेरा चोरेको र एग्रिमेन्ट अनुसार काम नगरेको आरोप लगाइसकेका थिए । यही प्रकरणमा जापानस्थित नेपाली दूतावासले अनुज शाक्यलाई बयानका लागि बोलाएर माफी मगाएको छ । माफीको पछिल्लो प्रकरणपछि गौरी र अनुजबीच मिडियाबाजी नगर्ने सहमति भएको बताइन्छ । यद्यपि एउटी चर्चित नायिकाले कसैमाथि यौन दुव्र्यवहारजस्तो गम्भीर आरोप लगाएका कारण नेपाली सञ्चारमाध्यम भने अझै तरंगित छन् ।

दुई साता यता गौरी मल्ल र अनुज शाक्यका नाममा सयौं समाचार बनिसकेका छन् । यतिबेला गौरी मल्ल मिडियाबाट सकेसम्म टाढा भैरहेकी छिन् भने अनुज शाक्यले पनि यौन प्रकरण गौरीको तत्कालको आवेग मात्र भएको बताएका छन् ।

‘अनुज शाक्यले म गौरी मल्ल उपर दुव्र्यवहार, गाली बेइज्जती, शारीरिक एवं मानसिक यातना एवं महिलाजन्य यौन हिंसा मात्र होइन, समयको बर्बादी र आर्थिक नोक्सानसमेत गराएका कारण निजबाट यथोचित क्षतिपूर्ति दिलाई भराई पाउँm ।’ गौरी मल्लले जेठ १८ गते जापानस्थित नेपाली दूतावासमा दिएको निवेदनमा उल्लेख छ ।

गौरीको उक्त निवेदन प्रकाशमा आएपछि अनुज शाक्यले भने गौरीविरुद्ध पुन: गालीगलौज गर्दै फेसबुक स्टाटस लेखे । अनुजको भनाइ छ, ‘मसँग पैसा लिने, घरमा भएको क्यामेरा नसोधी लाने, जापानमा नक्कली विवाह गरेर बसे पनि दुनियाँलाई थाहा नदिने कलाकार रै’छिन् गौरी मल्ल । मैले उनीसँग दुई पटक हग (अँगालो हाल्ने) बाहेक अरू केही गरेको छैन । मैले चाहे भने जापान बस्न नक्कली विवाह गरेको आरोपमा उनलाई जेलसम्म पुर्‍याउन सक्छ ।’

खासमा के भएको थियो ?
जापानी कम्पनीहरूलाई नेपाली कामदार पठाउने काम गर्दै आएका अनुज शाक्यले गौरी मल्ललाई त्यहाँको ‘इको स्प्रे’ कम्पनीले उत्पादन गरेको एयर फिल्टरको विज्ञापनमा मोडलिङ गरिदिन अनुरोध गरेका थिए । सिंहदरबार हेरेपछि आफू गौरीको सुपरफ्यान भएको भन्दै अनुजले जापानमा मोडलिङको अवसर प्रदान गर्न पुलको काम गर्ने रहर भएको बताएका थिए । जापान बस्ने नेपालीले आफ्नो प्रशंसासहित मोडलिङको अवसर प्रदान गर्ने इच्छा व्यक्त गरेको देखेर गौरीलाई खुसी नलाग्ने कुरै थिएन । तैपनि सुरुमा उनले अनुजको विश्वास गरेकी थिइनन्, तर दुई लाख रुपैयाँसहित प्लेन टिकट समेत पठाइसकेपछि भने गौरीलाई विश्वास गर्न कर लाग्यो । लामो समय जापान बसेका कारण त्यहाँ गौरीका केही व्यक्तिगत काम पनि थिए ।

बुझिएअनुसार गौरीले जापान जानुअघि अनुजसँग दुईवटा सर्त राखेकी थिइन् । पहिलो सर्त थियो, ‘म जापानमा पहिले पनि लामो समय बसेका कारण त्यहाँ मेरो धेरै चिनजान छ । काम नसकुन्जेल म जापान आएको कुरा कसैलाई थाहा नहोस् । म जापान आएको थाहा पाएपछि चिनजानका धेरै मान्छेसँग भेटघाट गर्नुपर्छ जसले गर्दा काम राम्रोसँग गर्न सकिँदैन ।’ उनको दोस्रो सर्त थियो, ‘म शाकाहारी भएका कारण त्यसअनुरूपको खानपान एवं ध्यान योग गर्ने वातावरण बनाइदिनुपर्छ ।’

सुरुमा अनुजले यी दुवै सर्त पूर्ण रूपमा पालना गर्ने वचन दिएका थिए । त्यसका लागि अनुजले आफ्नै घरको एउटा कोठामा गौरीको बस्ने–खाने व्यवस्था गरे, तर गौरी जापान आएकै दिन अनुजले आफ्नो घरमा गौरीको खानपानको तस्बिर फेसबुकमा पोस्ट गरिदिए । पहिलो दिन नै पहिलो सर्तको उल्लंघन भएपछि गौरी र अनुजबीच भनाभन भयो । यही एउटा कुराले सुरु गरेको तनाव तब चरममा पुग्यो जब जापानमा अनुजलाई चिन्नेहरूले गौरीको कान भर्न थाले भने गौरीलाई चिन्नेहरूले अनुजको कान भर्न थाले । अनुजले साप्ताहिकसँग भने– ‘हामीले आफ्ना कुरालाई भन्दा अरूको कुरालाई महत्व दियौं । फेसबुकमा तस्बिर पोस्ट गरेर मैले एउटा गल्ती गरेको थिएँ, गौरीका बारेमा मैले चिन्दै नचिनेका जापानी तथा नेपालीहरूले नकारात्मक कुरा गरेपछि म थप गल्ती गर्न पुगेँ ।’

शुद्ध शाकाहारी खाना र त्यहीअनुरूपको वातावरण मिलाउने सर्तमा गौरीलाई बोलाएका अनुजले गौरीका बारेमा नकारात्मक कुरा सुनेपछि घरमा मांसाहारी खाने कुरा मात्र ल्याउन थाले । ‘जापानमा शाकाहारी खाना पाइँदैन । बजारमा जे पाइन्छ, त्यही ल्याउने हो नि तर उहाँ खाना नखाई उठ्न थाल्नुभयो ।

घरमा झगडा हुँदैनथ्यो तर काममा जाँदा भने हामीबीच झगडा पर्न थाल्यो । उहाँले पनि मुख छाड्न थाल्नुभयो, म पनि कन्ट्रोलमा भइनँ ।’ साप्ताहिकसँगको कुराकानीमा अजुनले घटनामा बढेको तिक्तताका सम्बन्धमा बताए ।

जसोतसो एउटा विज्ञापनको काम सकिएपछि गौरीले १० दिनपछि अनुजको घर छाडिन् । उनलाई जापानी प्रधानमन्त्रीसँग भेट्टाइदिने र अर्को एउटा महत्वपूर्ण कम्पनीका सिइओसँग मिटिङ गराउने योजना थियो, तर गौरीले ती दुवै अवसर मोह त्याग्दै अनुजको घर छाडिदिइन् । बुझिएअनुसार अनुजको घरमा एक्लै बस्दा गौरीले आफूलाई असुरक्षित महसुस गर्न थालेकी थिइन् । ‘उहाँ मेरो घरबाट क्यामेरा लिएर हिँड्नु भयो ।

खोजी गर्दै जाँदा उहाँ आफ्नो श्रीमान्को घर जानुभएको रहेछ ।’

अनुजका अनुसार गौरी मल्लले जापानमा रहँदा जापानमा स्थायी बसोबासका लागि एक जना जापानी नागरिकसँग विवाह गरेकी थिइन् । सुरुमा जापानी श्रीमान्सँग भेट्न नचाहेकी गौरीले आफूलाई नेपालीबाटै असुरक्षित महसुस गरेपछि चिनजानका जापानी व्यक्तिसँग भेटेकी थिइन् । ‘त्यसपछि आफ्नो जापानी श्रीमान् लिएर आएपछि मात्र मसँग गौरीजीले भेट गर्नुभयो । जापानी प्रधानमन्त्रीसँगको भेट र अन्य काम क्यान्सिल भयो । नेपालमा मलाई कसरी हेर्छन् मलाई थाहा छैन तर जापानमा मेरो आफ्नै खालको मित्रता एवं सम्पर्क छ, गौरीजीले त्यो सबै ध्वस्त बनाइदिनुभयो । यही आक्रोशमा मैले केही अपशब्द बोलेँ, जसलाई गौरीजीले यौन हिंसाकारूपमा लिनुभयो । जबकि उहाँलाई पहिलोपल्ट स्वागत गर्दा र अर्को एकपल्ट मैले खुसीले प्रेमपूर्वक अँगालो मात्र मारेको छु, कुनै गलत काम गरेको छैन ।’ अनुज भन्छन् ।

जापानी पति भनिएका एक वृद्ध व्यक्तिलाई लिएर गौरी अनुज कहाँ पुगेपछि भने उनीहरूबीच सुलह भयो, तर अनुजले फेसबुक पेजमा गौरीविरुद्ध विषबमन गर्न नछाडेपछि भने गौरी यौन हिंसाको मुद्दा हाल्न बाध्य भएको बताइन्छ । मुद्दाका विषयमा जापानी दूतावासले अनुजसँग सोधपुछ गरेर माफी मगाएपछि भने यो प्रकरण बिस्तारै सेलाउन थालेको छ ।

को हुन् अनुज


गौरी मल्लमाथि यौन हिंसा गरेको आरोप लागेका अनुज शाक्य आफैंमा प्रहरीबाट खोजी गरिएका व्यक्ति हुन् । उनीमाथि पटक–पटक ठगी मुद्दा परेको छ । नेपालबाट जापान जानुअघिदेखि नै विभिन्न कलाकारसँग उठबस गर्न रुचाउने अनुज बुङ्मती, ललितपुरका बासिन्दा हुन् । उनका दुई सन्तान तथा श्रीमती छन् । सुरुमा कोरिया र जापान दुवै स्थानमा कामदार पठाउने अनुज जापानी तथा कोरियन भाषामा पोख्त छन् । बागबजारमा उनी पहिले कोरियन भाषाको प्रशिक्षण दिन्थे भने जापान जानुअघि उनले त्यही इन्स्टिच्युटलाई जापानी भाषाको कक्षामा परिणत गरेका थिए । उनको भाषा प्रशिक्षण दिने संस्थाको नाम ‘चुमास’ थियो । चुमासमा पढ्न आउने विद्यार्थीहरूले नै शाक्यविरुद्ध ठगीको आरोप लगाएका थिए । जापान जान चाहने युवाहरूबाट पैसा लिने तर जापान नपठाउने भनेर उनीविरुद्ध पटक–पटक मुद्दा परेको छ । एकपटक जापानबाट फर्कने क्रममा उनलाई गौशाला प्रहरीले एयरपोर्टबाटै पक्राउ गरेको थियो । न्यायालयले शाक्यविरुद्ध दुई वर्ष जेल तथा दुई लाख रुपैयाँ सजायसमेत सुनाएको थियो ।

अनुजविरुद्ध व्यक्तिगत भन्दा पनि संस्थागत रूपमै मुद्दा पर्ने गरेको छ । उनलाई वैदेशिक रोजगारीमा पठाउने ‘हिमाल जनशक्ति’ ले युवाहरूसँग जापान पठाइदिन्छु भनेर पैसा असुल गरेको तर कम्पनीमा पैसा नबुझाएको भन्दै उजुरी हालेको थियो । केही समयअघि मात्र उनलाई हिमालय म्यानपावरले अर्को मुद्दा हालेको थियो । शाक्यमाथि ८३ लाख ठगी गरेको आरोप पनि छ । दुई वर्षयता नेपाल नआएका शाक्य यी दुवै मुद्दाका फरार अभियुक्त हुन् ।



श्रीमान संग बस्न गार्हो भयर डिभोर्स गरेकी प्रियंकाको फेरी बिहे गर्ने चाहना

सबैलाई थाहा छ– रोचक मैनालीसँग डिभोर्स गरेपछि यतिबेला अभिनेत्री प्रियंका कार्की सिंगल छिन् । तर, उनमा पुनः बिहे गर्न रहर पलाउन थालेको उनी निकट स्रोत बताउँछ । भर्खरै हास्य अभिनेत्री दीपाश्री निरौलाले निर्देशन गरिरहेको फिल्म ‘६क्का ५न्जा’को एक गीतको सुटिङमा उनले त्यस्तै संकेत देखाएको खबर प्राप्त भएको छ ।

खबरअनुसार प्रियंकाले ‘देख न चम्पा’ बोलको गीतको सुटिङका क्रममा सिउँदोभरि सिन्दुर लगाएकी थिइन् । ‘फेरि रहर लाग्यो’ भन्ने खालको अभिव्यक्ति उनले त्यहाँ दिएको स्रोतको दाबी छ । बताइएअनुसार प्रियंकाले योभन्दा अघि कुनै पनि फिल्ममा सिन्दुर लगाएकी थिइनन् । यो फिल्ममा भने निर्देशकको अनिवार्यता नहुँदाहुँदै पनि उनले सिन्दुर लगाएको बताइएको छ । के साँच्चिकै बिहे गर्ने रहर पलाएको हो त ? चाँडै उनको प्रतिक्रिया आउने आशा गरौँ ।

नेपालको पहिलो घोषित समलिङ्गी भन्छन्, ‘ झुटो जीवन बाँच्न चाहन्न’

काठमाडौं – नेपालको सम्भवत पहिलो घोषित समलिङ्गी सागर गुरुङले आफूले झुटो जीवन बाँच्न नचाहेको बताएका छन् । युट्युबमा पोष्ट भएको भिडियोमा आफूले झुटो जीवन बाँचेर परिवार, साथीभाइ, इष्टमित्र र आफूसँग सम्बन्धित कसैलाई पनि पर्दामा राख्न नचाहेको उनले बताएका छन् । उनी भन्छन्, ‘कथित रुपमा सभ्य बन्न र समाजमा अटाउनको लागि म इमान्दारितालाई थाती राख्न सक्दिनँ । आफू जो हुँ त्यहि भएर बाँच्न चाहन्छु त्यसकारण निकै साहस बटुलेर आफू समलिङ्गी भएको बताएको हुँ ।’ आफू समलिङ्गी भएको धेरै पहिलादेखि बताउन खोजे पनि अहिले मात्र उनले स्पष्ट र ठूलो स्वरमा आफ्नो पहिचान बारे बोल्न सकेको उनले बताए । उनी भन्छन्, ‘ यस विषयमा म बुझ्ने हुँदादेखि नै जुधिरहेको छु ।

अहिले मैले मेरो जीवनमा एउटा स्थान बनाइसकेको छु, जहाँ बसेर म आफू समलिङ्गी भएको सजिलै भन्न सक्छु ।’ सार्वजनिक रुपमा आफू समलिङ्गी घोषणा गर्नुभन्दा पहिले उनले यो कुरा आफ्नी बहिनी पर्नेलाई सुनाएको उनले बताए । उनी भन्छन्, ‘ मैले यो कुरा मेरो एकजना बहिनीलाई भन्न चाहें । बहिनीको कोठामा बस्दा उनलाई आफू समलिङ्गी भएको बताएँ । प्रत्युत्तरमा उनले भनिन्, ‘हो, यो कुरा मलाई पहिले नै थाहा थियो, तिमी जेजस्तो भएपनि यसले हाम्रो मायामा केही असर गर्दैन ।’ ‘जब उनले त्यसो भनिन् तब मलाई डिग्री हाँसिल गरेको जस्तो अनुभव भयो । मैले कोही व्यक्तिलाई त आफ्नो बारे भन्न सकें भन्ने महसुस भयो । म झुटमा बाँचिरहेको छैन भन्ने ठानें ।’ केही कुरा भन्नको लागि पहिलो व्यक्ति निकै महत्वपूर्ण हुने उनी बताउँछन् । पहिलो व्यक्तिले कि त भन्ने मान्छेलाई बनाउँछ वा बिगार्छ भन्ने उनको तर्कसमेत छ ।

आफ्नो कुरा सुन्ने पहिलो व्यक्ति नै राम्रो भएकोमा आफू निकै भाग्यमानी भएको उनको भनाई छ । एकजनाबाट राम्रो प्रतिक्रिया पाएपछि उनले बल्ल आफ्नो परिवारलाई सो कुरा भन्न आँट गरेको उनको भनाइ छ । सैनिक परिवारका उनी अरु दाजुभाइभन्दा भिन्न छु भन्न उनलाई निकै गाह्रो भएको उनले बताए । उनी भन्छन्, मेरो हजुरबुवा सैनिकमा हुनुहुन्थ्यो, मेरो बुवा आर्मी, मेरा दाजुभाइ, काका सबै आर्मी त्यसैले म पूरा परिवारमा भिन्न छु भन्न मलाई निकै कष्टकर थियो । मलाई यो पहिलेदेखि थाहा थियो तर मैले यस विषयमा तोकेर भन्न सकिरहेको थिइन ।’ ‘म समलिङ्गी हुँ भन्दा मलाई निकै डर लागेको थियो । वास्तवमा मेरो परिवार निकै रुढिवादी थियो । उहाँहरुलाई केही अचम्मको महसुस नगराई भन्ने विषयमा तनाव हुन्थ्यो । एकदिन मैले उहाँहरुलाई डाइनिङ टेबलमा बसाएँ,त्यसपछि हाम्रो निकै गम्भीर कुरामा छलफल भयो । ’ उनले भने, ‘उहाँहरुको प्रतिक्रिया मैले आधा राम्रो आधा नराम्रो पाएँ । तर उहाँहरुलाई मेरो बारेमा पहिला देखि नै थाहा भएको जस्तो लाग्यो । सुरुमा उहाँहरुले पनि मान्न सक्नुभएन तर जब मैले उहाँहरुलाई स्पष्ट भनिसकेको थिएँ तर अब उहाँहरुलाई सायद सहज भइसकेको हुनुपर्छ ।’

आफूलाई साथीभाइले समेत यस विषयमा सहयोग गरेको उनको भनाई छ । उनी भन्छन्, ‘मेरा सबै साथीहरु पनि म समलिङ्गी भएको कुरा नै सहज रुपमा स्विकार गर्छन् । उनीहरुलाई म को हुँ, मलाई के मनपर्छ भन्ने पहिलेदेखि नै थाहा थियो । म उनीहरुसँग सधैं इमान्दार भएँ । म मेरो साथीहरुप्रति निकै आभारी छु ।’ परिवार र बच्चा उनको लागि पनि सपना भएको बताउँदै यो कुरा कुनै महिलाबाट सम्भव नहुने पनि उनी भन्छन्, ‘हो, मलाई बच्चा मनपर्छ, परिवार मनपर्छ, तर मलाई थाहा छ, मेरो कुनै महिलासँग सम्बन्ध हुन सक्दैन । ’ आफू कुनै बेला युवतीको प्रेममा परेको र त्यति नै बेला आफू द्विलिङ्गी नभई समलिङ्गी भएको उनले थाहा पाएको बताए । उनी भन्छन्, ‘म घरमा टिभी हेरेर बस्न मनपराउँछु । एकदिन टिभी हेर्दा मैले एलन द जेनेरस बारे थाहा पाएँ । म उनीजस्तै खुसी, सफल, घोषित समलिङ्गी र विवाहित हुन चाहन्छु । उनले नै मेरो जीवन परिवर्तन गरिदिएकी हुन् । उनलाई देखेपछि म मा नयाँ आशा जाग्यो । ’ मानिसहरुमाझ उदाहरणको रुपमा खडा हुन चाहने उनी यही विषयसँग जुधिरहेकालाई सहयोग गर्न चाहने उनले बताए ।

विवाहपूर्व नै गर्भवति भएका नायिकाहरु को चर्तिकला हेर्नुस पुरा विवरण

मुम्बई – टीवी नायिका डिम्पी गांगुलीले २० जूनको छोरी रियानालाई जन्म दिइन् । राहुल महाजनसँग अलग भएको दुई बर्षपछि उनले २७ नोमेम्वरमा २०१५ मा दुवईमा बस्ने व्यापारी रोहित रायसँग विवाह गरेकी थिइन् । सामाजिक सञ्जालमा यस्तो खवर आयो कि डिम्पी रोहितसँग विवाद गर्नु पूर्व नै गर्भवति थिइन् । विवाह भएको सात महिनामै यो जोडीले बच्चा जन्माएपछि यो बहस उठेको थियो । तर, डिम्पीले भने रियाना ‘प्री–मेच्युर’ बेबी भएको बताइन् । डीपी भन्दा पहिला केही नायिकाले विवाहपूर्व नै बच्चा जन्माएका छन् । विवाहपूर्व नै गर्भवति थिइन्

श्रीदेवी श्रीदेवी
विवाह पूर्व नै गर्भवति थिइन् । उनले यो विषय मिडियालाई बताएकी पनि थिइन् । उनका अफेयर बोनी कपुरसँग चलेको थियो । जब श्रीदेविको गर्भवतिको समाचार बाहिर आयो, त्यसबेला बोनी विवाहित थिए । पछि उनले पत्नी मोना कपुरसँग सम्बन्ध विच्छेद गरे र १९९६ मा श्रीदेविसँग विवाह गरे । विवाहको केही महिनामै श्रीदेविले जान्वीलाई जन्म दिइन् ।

 कोन्कणा सेन शर्मा 
सितम्वर २०१० मा नायिका कोन्कणा सेन शर्माले प्रेमी रणवीरसँग नीजि समारोहमा विवाह गरेकी थिइन् । यो विवाह रणवीरको घरमा भएको थियो । विवाह भएको केही समय पछि नै उनीहरु दुवैले आफुहरु माता पिता बन्न लागेको घोषणा गरे ।

 बिना मालिक
नायिका विना मालिकले २६ डिसेम्वर २०१३ मा दुवईमा रहने व्यापारी असद बसरी खानसँग विवाह गरिन । एक बर्ष नपुग्दै उनले बच्चा जन्माइन् । बताइएको छ कि बिना विवाहपूर्व नै गर्भवति थिइन् । महिमा चौधरी ‘परदेश’, ‘दिल क्या करे’, ‘लज्जा’, ‘धडक्न’ ‘दिल है तुम्वारा’ जस्ता सफल फिल्ममा काम गरेपछि महिमा चौधरीले २००६ मा विवाह गर्ने निर्णय गरिन् । उनले जति चाडो विवाह गरिन्, त्यति नै चाडो गर्भवति भएको खवर बाहिर आयो । महिमाले मुम्वईमा आर्किटेक्ट बाबी चौधरीसँग २००६ मा विवाह गरेकी थिइन् । विवाह भएको केही महिनामा नै बच्चा जन्माइन् । महिमाले आफु गर्भवति भएको कुरा चाहिँ कसैलाई भनिनन् । सारिका साउथ फिल्म स्टार कमल हसन आफ्नी पहिली पत्नी बानीसँग तलाक लिएपछि सारिकासँग बस्न थालेका थिए । केही समयपछि सारिका गर्भवति भएको खवर आयो । २८ जनवरी १९८६ मा श्रुति हसनलाई जन्म दिइन् । श्रुतिको जन्मको लगभग दुई बर्षपछि १९९८ मा सारिका र कमलले विवाह गरे । १९९१ मा सारिकाले आफ्नो दोस्रो छोरीलाई जन्म दिइन । २००४ मा कमल र सारिकाको पनि सम्बन्ध विच्छेद भयो ।

ब्रेकअपपछि पनि हिट चलचित्र दिने जोडी

मुम्बई – उड्ता पन्जाव भर्खरै रिलिज भएको छ । यो चलचित्रमा पूर्व प्रेमि प्रेमिका करिना कपूर र साहिद कपूरले अभिनय गरेका छन् । उनीहरु सन् २००७ सम्म प्रेम सम्बन्धमा थिए । तर ब्रेकअपपछि उनीहरुले कुनै फिल्म खेलेनन् । यसपटक भने उनीहरु एउटै चलचित्रमा देखिएका छन् । यसअघि उनीहरु एकसाथ चलचित्रमा काम गर्न मान्दैन थिए । खासमा पूर्वप्रेमीहरु एकसाथ चलचित्रमा देखिदाँ समर्थकहरुलाई पनि चलचित्र हेर्ने रहर हुन्छ र यस्तै घटनाका कारण चलचित्र हिट भएका उदाहरण थुप्रै छन् । दिपिका पादुकोण र रणवीर कपूर दिपिका र रणवीर कपूर तीन वर्षसम्म प्रेम सम्बन्धमा थिए । उनीहरु एक अर्कालाई पागल जसरी मनपाउँथे । प्रेम सम्बन्धमा छदाँ उनीहरुले एउटै मात्र चलचित्रमा एकसाथ काम गरे । उनीहरु दुबैले खेलेको बचना ए हसिनो नाम चलचित्र हिट पनि भयो । सम्बन्ध विच्छेदपछि उनीहरुले ये जवानी है दिवानी नाम चलचित्रमा एकसाथ काम गरे । अहिले उनीहरुको सम्बन्ध साथिमै सिमित छ । सलमान खान र कट्रिना कैफ सलमान र कैट्ररिनाले प्रेम सम्बन्धमा छदाँ मेने प्यार किया चलचित्रमा अभिनय गरेका थिए । त्यसपछि उनीहरुले एक था टाइगर चलचित्रमा पनि काम गरे । रिलिजको समयमा यो चलचित्र बलिउडमा सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र बन्यो । अहिले भने यो किर्तिमान तोडिएको छ । रणवीर सिंह र अनुस्का शर्मा रणवीर र अनुस्काले एकै समय बलिउडमा डेब्यु गरेका हुन् । रणवीरले यसराज फिल्मस्को बन्द बाजा बारातमा अनुस्कासँगै अभिनय गरेका थिए । यही चलचित्रमा काम गर्दा उनीहरुको सम्बन्ध नजिकियो र उनीहरुले लेडिज भर्सेज रिकी चलचित्रमा पनि काम गरे । उनीहरुको दोस्रो चलचित्र सफल भयो । गत वर्ष उनीहरुले फेरि एकसाथ जोया अख्तरको दिल धडक्ने दो चलचित्रमा काम गरे । यतिबेलासम्म भने रणवीर र अनुस्काको सम्बन्ध टुटिसकेको थियो । अहिले रणवीर दिपिकासँग तथा अनुस्का क्रिकेटर विराट कोहलीसँगको प्रेममा छन् ।

ग्यास र पेट्रोल खोज्दै दैलेखको चट्टान चीन लगियो अब केहि होलाकी देशमा

३ असार, काठमाडौं । नेपालमा ग्यास र पेट्रोलको उत्खननका लागि चिनियाँ सरकारको सहयोगमा अध्ययन सुरु भएको छ । चिनियाँ टोलीले दैलेख लगायतका केही स्थानमा पुुगेर नमूना संकलन गरिसकेको छ । अब चीनबाट त्यसको रिपोर्ट आउन बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र ग्यास उत्खनन् गरिसक्ने बताएसँगै सरकारले पेट्रोल उत्खननलाई प्राथमिकतामा राखेको हो । के नेपालमा पेट्रोलियम पदार्थको उत्खनन सम्भव छ ? ग्यास तथा इन्धन उत्खननबारे अहिलेसम्म के कस्तो काम भइरहेको छ ? यसै सेरोफेरोमा चिनियाँ टोलीसँगै पेट्रोल खानी खोज्दै दैलेख पुगेर फर्केका उद्योग मन्त्री सोमप्रसाद पाण्डेसँग अनलाइनखबरकर्मी पुष्प ढुंगानाले गरेको कुराकानीः ग्यास उत्खनन् गर्नेबारे अहिले के सरकारका तर्फबाट के काम भइरहेको छ ? दैलेखबाट प्रारम्भिक अनुसन्धानको काम भइरहेको छ । दैलेखमा ३ सय वर्ष पुरानो ज्वाला देखिन्छ । अस्ति मैले पनि त्यहाँ ग्यास निभाएर फेरि आगो बालेर हेरेँ । त्यस क्षेत्रमा धेरै ग्यास लिकेज भइरहेको छ । त्यहाँका खोलामा पानीका फोका देखिने गरेको छ, त्यो पनि ग्यास बाहिरिएको हो । व्यवसायिक प्रयोजनका लागि पुग्ने गरी त्यहाँभित्र ग्यास भण्डार छ कि छैन भन्ने पत्ता लगाउन चिनियाँ टोलीले अनुसन्धान गरिरहेको छ । कतिजनाको टोली छ ? पहिलो चरणमा ६ जना विज्ञहरु आएका छन् । उनीहरुले दैलेखमा एक महिनासम्म अध्ययन अनुसन्धान गरी त्यहाँका चट्टानहरु चाइनाको प्रयोगशालामा लगेर अध्ययन गरिरहेका छन् । उनीहरु केही समयमै नेपाल फर्किन्छन् । प्रारम्भिक अध्ययनले के देखायो ? उनीहरुले मलाई दिएको प्रारम्भिक जानकारीअनुसार दैलेखमा ठूलो मात्रामा पेट्रोलियम पदार्थ छ । चट्टानको प्रकृति हेर्दा ग्यास भण्डार गर्ने खालको चट्टान छ भनेर प्राविधिकले भनेका छन् । ठूलो सम्भावना देखियो भनेका छन् । ती चट्टान बाहिर सतहका थिए वा गरेर भित्री भागबाट निकालिएको हो ? सबैतिरको चट्टान समेटिएको छ । ड्रील गरेर पनि निकालिएको थियो, बाहिरका पनि थिए । उनीहरुले दैलेखमा ग्यासको अतिरिक्त पेट्रोलको पनि ठूलो सम्भावना देखियो भनेर गएका छन् । उत्खनन् गर्न सकिन्छ त ? उत्खनन् गर्न त सकिन्छ । तर एउटा समस्या, त्यो कच्चा ग्यासको भण्डार जमिनको तल्लो भागमा रहेको र लिक भएर (चुहिएर) बाहिर आएको हो कि भन्ने अनुमान गरेका छन् उनीहरुले । जहाँ ग्यास देखिएको हो, त्यो निकै उचाइमा भएका कारण यस्तो अनुमान गरिएको हो । अब ड्रिल गरेर ग्यासको स्रोत कति तल छ भन्ने हेरेपछि मात्रै उत्खननको काम शुरु हुन्छ । दैलेखको डाँडाबाट ग्यास निकालेर भान्छामा नेपाली ग्यास प्रयोग गर्न सकिने सम्भव देख्नुभएको छ ? उनीहरु (चिनियाँ प्राविधिक) को रिपोर्टअनुसार मैले त्यो सम्भव देखेको छु । रिपोर्टअनुसार उनीहरुलाई विश्वास गर्नुपर्छ । त्यसका आधारमा भन्दा म ढुक्क छु । मैले प्रधानमन्त्री, पत्रकार, नागरिक समाजलाई जानकारी दिनुपर्ने हुन्छ, मलाई हरेक कुराको जानकारी देउ भन्दा उनीहरुले अहिलेसम्म ग्यास रहेको पाइएको र त्यसको उत्खनन् गर्न सकिने प्रारम्भिक जानकारी गराएका हुन् । उनीहरुले मलाई हामीले देखेको चट्टानको प्रकृतिबाट यहाँ निकै धेरै व्यापारिक सम्भावनासहितको ग्यास उत्खनन् गर्न सक्ने आधार देखेका हौँ भनेका हुन् । petrol यो कस्तो ग्यास हो ? भण्डारण गर्न सकिन्छ ? त्यहाँ भेटिएको ग्यास हामीले खाना पकाउने एलपी ग्यास जस्तै हो । भण्डारण गर्न र ओसार-पसार गर्न सकिन्छ । यसपछि हामी चाँडै मुस्ताङ जाँदैछौँ । मुस्ताङ्गमा पनि निकै सम्भावना रहेको हाम्रो प्राविधिकले बताएका छन् । कति वर्षमा हामीले आफ्नै ग्यास बाल्न पाउँछौँ ? अध्ययन, अनुसन्धान र अन्वेषण गर्न समय लाग्छ । यदि अनुसन्धानको काम चाँडै सम्पन्न भयो भने दैलेखमा बाहिरिइरहेको ग्यासलाई डेढ वर्षभित्र निकाल्न सक्छौँ । तर, मेशिन ठूलो लाग्ने र त्यहीअनुसार खर्च हुँदा खर्चअनुसारको व्यापारिक प्रयोजनका लागि ग्यास भण्डारण छ कि छैन भन्ने कुरा पत्ता लगाउने काम भइरहेको छ । त्यो पत्ता लागेको डेढ वर्षमा उत्खननको काम शुरु गर्न सक्छौँ । कहिलेसम्म नेपालीले आफ्नै देशमा उत्पादन भएको ग्यास बाल्न पाउँछन् ? सबै ठाउँको होइन, दैलेखको ग्यास उत्खनन गर्न सकिने सम्भावना छ, ब्लक नं ३ र १० बाट पेट्रोल पनि उत्खनन् गर्न सकिने सम्भावना बढी छ । प्रधानमन्त्रीले २ बर्ष भन्नुभएको हो, चिनियाँ टोलीले हामीलाई साढे २ बर्ष भनेका हुन् । मैले चाँही व्यक्तिगत रुपमा ३ वर्षसम्म सकिन्छ भन्ने गरेको छु । त्यो पनि प्राविधिकले दिएको समयमा ६ महिना थपेर त्यो समय तोकेको हुँ । प्रधानमन्त्रीले बढी नै जोड दिएर दुई वर्षभन्दा नकटाउँ भन्नुभएको थियो । भनेपछि २ बर्षभित्र इन्धन निकाल्ने प्रधानमन्त्रीको बचन खेर जाँदैछ ? अहिले त्यसो भन्न सकिन्न । कहीँ कतै निकाल्न सकिन्छ कि भनेर काम भइरहेको छ । हामीले दुई वर्ष धैर्य गर्नुपर्छ । यदि दुई बर्षमा नआएर तीन वर्षमा आए पनि प्रधानमन्त्रीको सपना पूरा हुन्छ । ग्यास उत्खनन्का क्रममा कुनै दबाव, हस्तक्षेप केही आएको छ ? हामी आफ्नो देशभित्रको सम्भावनाका बारेमा अध्ययन गदैछौँ । मैले तपाईले संकेत गर्न खोज्नुभएको बुझेँ, अहिलेसम्म त्यस्तो कुनै आभाष भएको छैन । हुने कुरा पनि हुँदैन । आफ्नै देशमा ग्यास उत्खनन् गर्ने घोषणा गर्ने क्रममा सामाजिक सञ्जालमा छिमेकी मुलुकलाई जोडेर त्यस्ता चिन्ता आएका थिए । अब त्यस्तो हुनुहुँदैन । तपाई कति उत्साहित हुनुहुन्छ ? मेरो मन्त्रालयको जिम्मेवारी हो । र व्यक्तिगत रुपमा पनि मलाई बढी चासो छ । मेरो कार्यकालमै ग्यास निकाल्न सकेँ भने मेरो पनि इतिहास बन्ने कुरा हुन्छ, देशलाई पनि धेरै ठूलो फाइदा हुनेवाला छ । यिनै कारण पनि म उत्साहित भएर काम गरिरहेको छु । जति सकिन्छ, छिटो गर्ने कोसिस गरिरहेको छु । तपाईको ध्यान ग्यासमा मात्र केन्द्रित हो ? होइन । इन्धन अर्थात पेट्रोलका लागि पनि मैले जोड दिएको छु । त्यसको पनि काम भइरहेको छ । खानी विभागले नेपालमा १० वटा ब्लकमा पेट्रोलको सम्भावना देखाएको छ । धनगढीको ब्लक नं १ र ब्लक नं २, कणर्ाली ब्लक नं ३, नेपालगञ्ज ब्लक नं ४, लुम्बिनी ब्लक नं ५, चितवन ब्लक नं ६, वीरगञ्ज ब्लक नं ७, मलंगवा ब्लक नं ८, जनकपुर ब्लक नं ९ र विराटनगर ब्लक नं १० गरि १० ठाउँमा इन्धन रहेको भौर्गभिक विभागको अध्ययनले देखाएको छ । त्यसलाई पनि दैलेख घोषणा पत्रमा समेटेका छौँ । थप अध्ययनचाँहि भएको छैन ? ब्लक नं ३ र ब्लक नं १० मा बढी इन्धन भण्डारण छ भन्ने अनुमान गरिएको छ । त्यही आधारमा यी ठाउँको थप अनुसन्धानको काम पनि अहिले त्यही चिनियाँ टोलीले गरिरहेको छ । त्यहाँ सम्भावनाका आधारमा चाँडै उत्खननको काम शूरु हुन्छ । इन्धनको विषयमा ठोस प्रगति कहाँ पुगेको हो ? भूगर्व विभागको प्रतिवेदन अध्ययन गरेर चिनियाँ टोलीले ब्लक नं ३ र ब्लक नं ४ को प्रारम्भिक अध्ययन गरिरहेको छ । त्यहाँको माटो पनि चिनियाँ प्रयोगशालामा लगेर अनुसन्धान भइरहेको छ । यो अनुसन्धान सकिएपछि ग्रिल गरेर थप अनुुसन्धानको काम हुन्छ र यो अनुसन्धानको निष्कर्षका आधारमा उत्खननको काम अघि बढ्छ ।
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger