चार वटा फिल्म र दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी नायिक तथा मोडल सपना लामिछानेसँग नेपालपाटीले गरेको कुराकानीः
साउनको मनिा र कलाकारिताको यात्रालाई कसरी अगाडि बढाइरहनुभएको छ ?
प्रोग्राम र भिडियोहरु गर्दैछु । म ब्रत बस्दिन तर पूजाआजा भने गर्छु । मन सफा भएपछि ब्रत बसिरहनुपर्छ भन्ने लाग्दैन ।
अरु ब्रत बस्दा तपाई चाहिँ के गर्नुहुन्छ ?
पूजा गर्छु तर ब्रत चाहिँ बस्दिनँ ।
तपाईलाई मन पर्ने खाना र कपडा ?
नेपाली खाना र साडी मनपर्छ ।
मनपर्ने नायक नायिका ?
त्यस्तो केहीपनि छैन ।
मनपर्ने ठाउँ ?
नेपाल ।
मनपर्ने आफुनै अंग ?
आँखा
आफूले आफैँलाई हेर्दा कतिको हट लाग्छ ?
हट नै लाग्छ ।
हट अवतारमा केटाहरुले कतिको फलो गर्छन ?
धेरैले नै फलो गर्छन । तर मलाई केटा मान्छेदेखि डर लाग्छ ।
लभ के हो ?
लभ भनेको सन्तुष्टि हो ।
लभमा पर्नुभएको छ कि छैन् ?
छैन् ।
सेक्स के हो ?
केटा र केटीको मन मिलेर हुने कुरा हो ।
बिहे अघिको सेक्सको विषयमा तपाईको धारणा ?
मन मिले बिहे पर्खनु पर्दैन ।
त्यसले त विकृति ल्याउला नि ?
विकृति सेक्सले होइन, सोचाईले हुन्छ ।
यी कुरा तपाईको जीवनमा पनि लागु हुन्छ ?
मेरो जीवनमा बिहे अघिको सेक्स असम्भव हो ।
आफूलाई चाहिँ असम्भव अनि अरुलाई चाहिँ सम्भव भन्ने हुन्छ ?
मैले त्यस्तो भनेको होइन । मन मिलेपछि त्यस्तो सम्वन्ध हुँदा केही फरक पर्दैन भनेको मात्र हुँ । नम्रताको सेक्स भिडियो हेर्दा सेक्स कस्तो हुँदो रहेछ भन्ने थाहा पाएँ । त्यतिबेला युटुवमा थियो, अहिले छ कि छैन थाहा छैन । त्यो भिडियो हेर्ने बेलामा सेक्स कस्तो होला भन्ने लागेको थियो, अनि डर पनि । त्यो नेपाली कलाकारको विषय भएकाले हेरेको हुँ । नम्रताको सेक्स भिडियो हेर्दा मलाई पनि सेक्स गर्न मन लाग्यो । डर पनि लाग्यो । जोशमा होस गुमाउँनुहुँदैन भन्ने सन्देश पनि मिल्यो ।
बिहे कहिले गर्ने सोच बनाउनुभएको छ ?
मन मिल्ने अनि मेरो कामलाई सम्मान गर्ने केटा भेटेपछि ।
भनेपछि छिट्टै बिहे हुनेभयो ?
पहिला केटा भेटौँ अनि भनौला । मेरो हुनेवाला केटाका लागि जीवन साँचेर राखेकी छु ।
तपाई अहिलेसम्म कुमारी नै हो ?
एकदम १०० प्रतिशत कुमारी छु ।
कुन क्षेत्रको केटा खोज्नुभएको हो र ?
मिडिया बाहेकको । किनभने फरक फरक क्षेत्रको भएपछि देश बनाउन सकिन्छ । श्रीमान एउटा क्षेत्रको होस्, छोराछोरी फरक फरक क्षेत्रमा लागुन ।
नेपाली कलाकारिताका राम्रा कुराहरु के–के हुन ?
नाम छ, इज्जत छ । समाज परिवर्तनमा भूमिका खेल्न सकिन्छ । त्यसैले कलाकारिता क्षेत्र राम्रो लाग्छ ।
नराम्रो पनि त होलान ?
त्यस्तो नराम्रो खासै छैन ।
यो क्षेत्रमा केटी मान्छेलाई अलि गाह्रो छ भन्छन नि ?
त्यो त सोचाई र हेराईमा भर पर्ने कुरा हो । नराम्रो कुरा मैले भोगेको छैन् ।