हाल ग्वार्को मा बस्दै आएका गायक श्रेष्ठले थुप्रै लोक गितमा आफ्नो आवाज भरि सकेका छन् । उनको पहिलो “यसैपालिमा” बोलको गितलाई श्र्रोताहरुले मन पराए पछि उनले जवानि चडेछ, नक्कलिले माया कहाँ लाकि छ ? ,जस्ता थुप्रै गित बजारमा ल्याएका छन् ।
हाल गायक श्रेष्ठ उनको आफ्नै शब्द संगितमा रहेको नयाँ गित “आजकलको जमाना” को रेकर्डिङमा ब्यस्त छन् । अनामनगर स्थित अलंङकार डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भईरहेको र उत्त गितको भिडियो पनि चाँडै बजारमा ल्याउन गायक श्रेष्ठले जानकारि गराएका छन् ।
गितमा नव गायिका सोनिया डि.सि र बिश्व श्रेष्ठले पनि स्वर दिएका छन् ।स्टुडियोमा गितको रेकर्डिङ महेश बिक्रम पाण्डेले गरि रहेका छन् ।
हेर्नुहोस गायक श्रेष्ठको नयाँ गित आजकलको जमानाको रेकर्डिङ गर्दाको भिडियो