Latest Updates :

दक्षिण कोरियामा हुने मार्शल आर्ट प्रतियोगितामा नेपालको प्रतिनिधित्वो गर्दै तङ इल मोदोका ७ जना खेलाडी ।

SHARE THIS POST :
दक्षिण कोरियामा हुने छ्न्जु वल्ड मार्शल आर्ट प्रतियोगितामा मकवानपुरका तीन जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।दक्षिण कोरियाको छन्जु सिरिमा सेप्टेम्बर २ देखि ९सम्म हुने प्रतियोगिता जिल्लाका तीन खेलाडीसहित ७ जना खेलाडी हरुले सहभगिता जनाउने छन् ।नेपालको प्रतिनिधित्व गर्दै दक्षिण कोरियामा हुने प्रतियोगितामा खेलाडीहरु छनोट भइसकेको छ। छन्जु वल्र्ड मार्शल आर्ट मास्टर सेभ अर्गनाइज कमिटीको आयोजनामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मकवानपुरबाट दीपक बास्तोला ६७ देखि ७२ तौल समुह, राम बहादुर थोकर ६७ केजी तौल समूह र लक्ष्मण थोकर ६२ केजी समुहमा प्रतिष्पर्धा गर्ने भएका छन् । 


यसैगरी प्रतियोगितामा काठमाडौंका दीपेन्द्र ठाकुर, कैलालीका तेजबहादुर सिंह, दाङका इनरदेब चौधरी र महोत्तरीका सन्जीव चौधरी रहेका छन् । तङ इल मोदो संघ नेपालले देशभरीबाट ७ जना खेलाडी छ्नोट गरेर प्रतियोगितामा पठाउन लागेको हो। प्रतियोगितामा सहभागी खेलाडी संघ का अध्यक्ष सन्तोष कुमार पौडेलले नेतृत्वमा दक्षिण कोरिया जाने छन् साथमा रेफ्री राजन श्रेष्ठ पनि रहने उल्लेख छ ।उनले प्रतियोगितामा रेफ्रीको भुमिका निर्वाह गर्ने भएको छ । प्रतियोगिताका लागि खेलाडी तयारी गरिरहेका छन् ।यसपटक प्रतियोगितामा सफलता हात पार्ने लक्ष्य रहेको उनले बताए तङ इल मोदो संघ यस अघि दुई पटक थाइल्यान्ड र कोरिया वर्ल्ड कप प्रतियोगितामा सहभागिता जनाइसकेको छ।
SHARE THIS POST :
Pages (19)1234567 Next
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger