Latest Updates :

गणेश थापाले झापड खानुको रहस्य यस्तो रहेछ, आक्रमणकारीको बयान

SHARE THIS POST :
दशा लागेपछि मानिसलाई गाईको बाच्छाले समेत लखेट्न थाल्छ भन्ने उक्ति सांसद एवम् पूर्व फुटबल खेलाडी गणेश थापाको जीवनमा पनि चरितार्थ भएको छ । गणेश थापाले सार्वजनिक स्थलमा एक व्यक्तिको थप्पड खाएपछि उक्त उक्ति चरितार्थ भएको ठानिएको हो ।दशा लागेका बेला झलनाथ खनालले सुनसरीमा आफ्नै पार्टीका कार्यकर्ताबाट झापड खाएका थिए भने एमाओवादी अध्यक्ष प्रचण्डले पनि आफ्नै पार्टीका कार्यकर्ताबाट काठमाडौंको भृकुटीमण्डपमा थप्पड भेटेका थिए । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
त्यसअघि प्रजातन्त्रकालमा कांग्रेस नेता रामचन्द्र पौडेलले चाहिँ तत्कालीन एमालेका नेता गोल्छे सार्कीबाट गालामा एक चड्कन खाएका थिए । अहिले गणशे थापा आफ्नो एक कार्यकर्ताबाट उनीसम्बद्ध राप्रपा नेपालकै कार्यकर्ताबाट पिटाइ खाएको जानकारी प्राप्त भएको छ ।जानकारीअनुसार गणेश थापा आफ्नो एक नातेदारको मृत्यु भएपछि अन्त्यष्टिका लागि चैत २९ गते सोमबार राति पशुपतिस्थित आर्यघाटमा पुगेका थिए । एकातिर आफन्तको लाश जल्दै थियो अर्कोतिर आफन्तको लाश जल्दै थियो अर्कोतिर गणेश थापा केही मानिस (मलामी आएका)हरूसँग गफिँदै थिए ।गफिँदै गर्दा गणेश थापाको अघिल्तिर एक युवा उभिन आइपुगे र आउनेवित्तिकै उनले गणेश थापामाथि लगातार तीन थप्पड प्रहार गरे । अचानक भएको आक्रमणको उनले सामना गर्न सकेनन्, ढुनमुनिँदै पछि हटे । त्यसपछि थापाका शुभचिन्तकहरू आक्रमणकारीमाथि जाइलागे ।सबैले एक व्यक्तिमाथि प्रहार गर्न थालेपछि महिरहाल्यो भने त्यसको दोष आफैमाथि आउने देखेर गणेश थापाले आक्रमणकारी भएको ठाउँ पुगे र आफ्ना शुभचिन्तकहरूलाई सम्झाइबुझाइ गर्न थाले ।गणेश थापाले अलिक जोडले जबर्जस्ती गरेपछि उनका शुभचिन्तकहरूले आक्रमणकारीलाई कुटपिट गर्न छाडेका थिए । त्यसक्रममा त्यहाँ कसैले गणेश दाईलाई तैँले किन कुटपिट गरिस् भन्ने प्रश्न गर्दा ‘आफूले गणेश दाईलाई पिट्न चाहेको होइन, कमल थापा भनेर ठोकेको’ भनी ती आक्रमणकारीले जवाफ दिएका थिए । हिन्दूराष्ट्र बनाउने भन्ने कमल थापाले इसाईहरूको पैसा खाएर माओवादी–एमालेसँग मिल्न गएको’ उनको भनाइ थियो । ‘कमलेले पहिले राजालाई धोखा दियो, अहिले जनतालाई धोखा दिएको छ, त्यसलाई त मैले एक न एक दिन पिट्नैपर्छ, तर भाइचाहिँलाई पिट्ने मरो सोँचाइ थिएन, रातको समयमा प¥यो, ठूलो–ठूलो कुरा गर्दै थियो, पक्कै कमल थापा हुनुपर्छ भन्ने लागेर ठोकेको भाइचाहिँ परेछ’ आक्रमणकारी युवकले आफ्नो साथीहरूसँग भन्ने गरेका छन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger