भाडामा ब्वाईफ्रेन्ण, किन्ने हैन त?
तपाइको ब्याईफेन्ण छ कि छैन ? छैन र यदि तपाई सिंगले हुनुहुन्छ भने अब चिन्ता नगरे हुन् छ । एक चिनियाँ वेभसाइटले भाडामा तपाईंलाई प्रेमी उपलब्ध गराउनेछ । वास्तवमा चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा महिलाहरुलाई विवाहको दबाब दिइरहेका छ र उनीहरुलाई चाँडै नै विवाह गर्नको लागि परिवारहरुले उनीहरुलाई तनाव दिइरहेका छन् । बिदाको समयमा परिवारको कचकचबाट पार पाउनका लागि भएपनि चिनियाँ युवतीहरुले उनीहरुका लागि ब्वाइफ्रेन्ड खोज्नै पर्ने हुन्छ ।
यस्तो स्थितीबाट पार लगाउनका लागि चिनियाँ युवतीहरुका लागि लिएचीनी वेभसाइटले एउटा अचम्मको डिल लिएर आएको छ । चीनियाँ महिलाहरु पनि यो अफरको निकै उपयोग गर्दै आएका छन् र विवाहको दबाबबाट बच्नका लागि भाडाका नक्कली ब्वाइफ्रेन्ड लिइरहेका छन् । चीनको सबैभन्दा ठूलो अनलाई मार्केट ताओबाओ अस्थायी ब्वाईफ्रेन्ड उपलब्ध गराउने विषयमा सबैभन्दा अगाडि छ । यहाँ दैनिक भाडामा ब्वाईफ्रेन्डहरु पाइने गर्दछन् । प्रेमीको एक दिनको भाडा १,००० युआन (१५,८३२ नेपाली रुपैयाँ) देखि १०,००० युआन (१,५८,३२१ नेपाली रुपैयाँ) सम्म तोकिएको छ । यो वेभसाइटमा पाइने भाडाका ब्वाइफ्रेन्डहरुले यदि महिलाको हात समात्नु परे, अँगालो मार्नु परे र उनीहरुसँग फिल्म हेर्न जानु परे अतिरिक्त शुल्क लिने गर्दछन् ।
Labels:
life-style