Latest Updates :

सधै खुसि रहन चाहानु हुन्छ ? यि बानी आझै बाट छोड्नु होस्

SHARE THIS POST :
मानिसको सोंच कस्तो छ भन्ने कुरा उसका आनीबानीबाट पत्ता लगाउन सकिन्छ । मानिसका बानी उसको ब्यक्तित्वको ऐना नै हो भन्दा पनि हुन्छ । शास्त्रका अनुसार कतिपय सामान्य लाग्ने आनीबानी पनि अशुभ मानिन्छन् । यहाँ त्यस्तै केही आनीबानीको चर्चा गरिएको छ जुन अशुभ मानिन्छन् ।
नुहाएपछि बाथरुममा गर्न नहुने काम नुहाइ सकेपछि बाथरुममा कपडा यता उता फाल्ने गर्नु भएको छ भने यो अशुभ काम हो । बाथरुममा फोहोर गरेर राख्दा पनि चन्द्रफलका कारण अशुभ फल प्राप्त हुने बताइन्छ । बाथरुममा नुहाइसकेपछि फोहोर गरेर नछोड्नुस् । खुट्टा घिसारेर हिँड्ने बानी खराव कुनै पनि ब्यक्तिले जमिनमा खुट्टा घिसारेर हिँड्छ भने त्यस्तो हिँडाइ अशुभ मानिन्छ । यसो गर्दा राहूका कारण अशुभ फल प्राप्त हुन्छ । खाना खाएर थाल छोड्ने बानी खाना खाएपछि थाल खाएकै ठाउँमा छोड्ने बनी पनि अशुभ मानिन्छन् । यस्ता ब्यक्तिलाई सफलता प्राप्त नहुने र भैहाले पनि दीर्घकालीन नहुने शास्त्रमा उल्लेख छ । राति सम्म जाग्नु अशुभ यदि कुनै ब्यक्ति विना कामले राति सम्म अनिदो बस्छ भने त्यस्तो ब्यक्तिलाई चन्द्रदोष लाग्छ । अशुभ फल प्राप्त हुन्छ । यस्ता ब्यक्तिले मानसिक तनाव पनि झेल्नु पर्छ । राति सम्म अनिदो बस्ने ब्यक्तिलाई अर्को दिन पनि समस्या हुन्छ । पाहुनालाई चिसो पेय पदार्थ दिनुस् घरमा आएको पाहुनालाई जहिले पनि चिसो पेय पदार्थ दिनु शुभ मानिन्छ । यसो गर्दा राहु दोष काटिन्छ । घरमा आएपछि चिसो पानीले मुख धुनुस् बहिर बाट आएपछि चिसो पानीले मुख धुनुस् यसले मनमा शान्ति ल्याउँछ र शुभ पनि मानिन्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger