Latest Updates :

कालीमाटी तरकारी बजारमै महिला–पुरुष रेस्लिङ, दर्शकको भीड (हेर्नुस् भिडियोसहित)

SHARE THIS POST :
नेपालमा रेस्लिङ खेलको प्रवद्र्धन गर्न शनिबार काठमाडौंको कालीमाटी तरकारी बजारमा रेस्लिङ प्रतियोगिता आयोजना गरिएको छ । हिमालयन टाइगर प्रो–रेस्लिङ एसोसिएसनको प्रस्तुति तथा कालीमाटी तरकारी बजार युथ क्लबको आयोजनामा ‘दोस्रो कालीमाटी रेस्लिङ सो’ हेर्न तीनदेखि चार हजार बढी दर्शकको भीड लागेको थियो । प्रतियोगितामा नेपालका नाम चलेका रेस्लरले भाग लिएका थिए । सधैं टेलिभिजन च्यानलमा मात्र रेस्लर हेर्दै आएका नेपाली दर्शकहरू शनिबार प्रत्यक्ष रेस्लिङ खेल हेर्न पाउँदा खुबै रमाएका थिए । प्रतियोगितामा द हिमालयन टाइगर, अजिंगर, मिस्टर यती, बाबु साप, द स्टोन पावर, स्कोर्पियो, वारियर, युनिका, जुरेलीलगायतका रेस्लरबीच भिडन्त भएको थियो । पुरुषको भन्दा पनि युनिका र जुरेलीको भिडन्तलाई दर्शकले चाख मानेर हेरेका थिए । दुवै नेपालका चर्चित रेस्लर हुन् । खेलमा रेफ्री दिनेश थिए । नेपालमा रेस्लिङ खेललाई भरतबहादुर विसुराल उर्फ द हिमालयन टाइगरले भित्र्याएका हुन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger