काबुलमा मिनी बसमा बम आक्रमण, नेपालीहरु परेको खबर
अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान एउटा मिनीबसमाथि भएको बम आक्रमणमा नेपाली सुरक्षा गार्डहरु परेको आशंका गरिएको छ । अात्मघाती अाक्रमण स्थानीय समय अनुसार बिहान ५ बजे भएको जनाइएको छ ।
रोयटर्स समाचार संस्थाका अनुसार पुल ए चर्खी भन्ने स्थानमा बसबाट शवहरु निकालिदै गरेको स्थानियले देखेका छन् ।
रोयटर्सलाई एक सरकारी सूत्रले जनाएअनुसार बसमा नेपाली सुरक्षा गार्डहरु रहेका थिए । तर, अर्को सूत्रले भने बसमा अफगानिस्तानका सरकारी कर्मचारीहरु सवार भएको बताएको रायटर्सले जनाएको छ ।
उता अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसले सरकारी अधिकारीलार्इ उद्धृत गर्दै १२ जना सम्म नेपाली बसमा रहेको हुनसक्ने जनाएको छ ।