Latest Updates :

राधिका हमालको उकुसमुकुस “दुईटा लोग्ने राख्न किन नपाउने ? भिडियोमा हेर्नुहोस्

SHARE THIS POST :
पौराणिक कालमा पाँच पाण्डपले एउटै श्रीमती द्रौपती विवाह गरेको प्रसंग हामी सवैलाई थाहा छ । अहिले पनि कहि कतै दाजुभाई सबैको एकै श्रीमती विहे गरेको समाचारहरु यदाकदा सुनिन्छ । यी त भए धेरै जनाको एउटै श्रीमती तर धेरै श्रीमतीको एउटै श्रीमान पनि नभएका भने होईनन् । पछिल्लो समय चेतना र बहुविवाहलाई कानुनी दायरामा ल्याएसँगै एक भन्दा बढी श्रीमती बिहे गर्ने चलन घटेका छन् । तर पनि यदाकदा जेठीलाई मनाएर वा छोडेर कान्छी भित्र्याउने चलन भने हटेको छैन ।
छोरा नभएको बहानामा होस अथवा अन्य विविध कारणले नै किन नहोस पहिलो श्रीमती हुँदा हुँदै अर्काे विहे गर्ने चलन अझै पनि छ । दुर्गम गाउँघरमा त कतिसम्म हुन्छ भने आप्mनो तर्फबाट सन्तान नभएमा वा छोरा नभएमा जेठी श्रीमती आफैले कान्छी बिहे गरि दिने अथवा बिहे गर्न स्विकृत दिने चलन पनि छ । यी त भए दुर्गम र अशिक्षित क्षेत्रका प्रसँग । यसको मतलव शिक्षित जमातमा यस्तो समस्या नभएका भने होईनन् । लभ, रोमान्स र अधिकारका नाममा डिभोर्स समेत बढ्दै छ । कतिपयले भने पुरुषले एक भन्दा बढी श्रीमती विहे गर्न हुन्छ भने महिलाले एक भन्दा बढी पुरुष राख्न किन नपाउने ? भन्ने सवाल पनि उठन थालेका छन । मुखले बोल्नु र व्यवहारमा कार्यान्वयन गरेर देखाउनुमा आकाश पाताल फरक हुन्छ । तै पनि सतही सवाल जवाफ गर्न मन पराउनु मानवीय स्वभाव नै हो । यहाँ लोकप्रिय गायिका राधिका हमालले पनि पाँच पाण्डपको प्रसँग कोट्याउदै दुई श्रीमान राख्न किन नपाउने ? भनेर जिज्ञासा राखेकी छिन् । तर यो बास्तविक भन्दा पनि चेतनामूलक प्रस्तुती मार्फत उनले यो विषय उजागर गरेकी हुन । तरेली संगित कुञ्जको प्रस्तुतिमा विनोद कोइरालाको दोहोरी भजन चुड्कामा गायिका हमालले यो प्रसंग उठाएका हुन । यस दोहोरी भिडियोमा पौराणिक कालका प्रसंगहरुलाई वर्तमान परिप्रेक्ष्यसँग तुलना गरेर रमाईलो खुराक प्रस्तुत गरिएको छ । हेर्नुहोस् भिडियो
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger