Latest Updates :

सेक्स भनेको भोक प्यास जस्तै हो !

SHARE THIS POST :
पछिल्लो समय चर्चामा छिन् मोडेल निलिमा नगरकोटी । संख्याले थोरै भए पनि म्यूजिक भिडियोमा मोडलिङ गरे पनि विभिन्न संचारमाध्यममा उनको चर्चा भने धेरै भएको पाइन्छ । ‘मायाले साह्रै रुवाउँदो रैछ…’ बोलको म्यूजिक भिडियोले निलिमालाई अली बढी चर्चामा ल्याएको उनी बताउँछिन् । उसो त यिनले मोडलिङ गरेको पहिलो गीत ‘प्रिया…’को म्यूजिक भिडियोले पनि राम्रै परिचय बनाएको थियो । कुनै दिन आफ्नै प्रचार गर्न पाए हुन्थ्यो लाग्यो’ निलिमाले भनिन्,‘अहिले त मिडिमा पनि राम्रै स्थान पाएकी छु ।’कलाकारिता गरेर बाँच्न नपुग्ने बुझेकी मोडेल निलिमाले यो क्षेत्र चर्चाका लागि रोजेकी हुन । उनले भनिन्, ‘बाँच्नलाई  केही अरुथोक नै गर्नुपर्छ, कलाकारिताले यहाँ कस्लाई बाँच्न पुगेको छ र ?’

फेसबुक लगायतका सामाजिक संजालमा केही ‘हट’ फोटो सार्वजनिक गरे पनि कथाले माग्यो भन्दैमा नग्नता प्रदर्शन भने नगर्ने उनले बताईन । चर्चा र कलाकारितामा जम्नलाई उदांगो हुन तयार नभएको बताउने निलिमा थोरे तर राम्रा चलचित्रमा मात्रै हात हाल्ने बताउँछिन् । अहिलेको कलाकारितामा केही पात्रले कलाकारितालाई हतियार बनाएर ‘बदनाम’ गरेको बताउने निलिमा आफू त्यो गर्न नसक्ने जिकिर गर्छिन ।

विद्यालयमा पढ्दादेखिनै यस क्षेत्रमा झुकाव भएकी उनी जीवनलाई संघर्ष, प्राप्ति र अनुभवको रुपमा बुझ्न खोज्छिन् । प्रेममा नपरेको दाबी गर्ने उनी अहिलेसम्म चाहेजस्तो युवा नपाएको बताउँछिन् । भोक, प्यासजस्तै सेक्स पनि मानवीय जीवनको आवश्यकता भएको भन्न रुचाउने उनी आफूसँग सेक्स अनुभव नभएको दाबी गर्छिन ।

धेरैले आँखा जुधाएको, प्रलोभन र प्रयास गरेको स्वीकार्ने उनी अवसरको लागि सम्झौता नगर्ने अडान पेश गर्छिन ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger