Latest Updates :

संसारका सबै भन्दा राम्रा महिला पाइने देशहरु

SHARE THIS POST :
महिलाहरु भगवानको सुन्दर उपहार हुन् र संसारको जुनसुकै कुनामा बसेपनि राम्रा रहिरहन्छन् । यद्यपी, कुनै देशका महिलाहरुले सुन्दरताको सिमाना पार गरि परिको रुप धारण गरेका हुन्छन् । यति भनिसक्दा यस्ता महिलाहरु कहाँ पाइन्छ भनेर सोचिरहनुभएको छ भने यहाँ दिइएको सूची हेर्न सक्नुहुन्छः १. युक्रेन व्यवसायमा चर्चित युक्रेन राम्री महिला पाइने देशको रुपमा स्थापित भएको छ । देशको राजधानी, किभ, ओडिसा र ब्ल्याक सि कोष्टमा राम्री महिला रहेका हुन्छन् ।
२. स्विडेन स्विडेन संसारभरिकै सबैभन्दा राम्रो पुरुष र महिला पाइने देशको रुपमा परिचित छ । हाउजिङ बिजनेसका लागि चर्चित स्विडेनमा रहेको राम्रो ठाउँलाई संसारसामू परिचित गराउनका लागि राम्रा महिला र पुरुषहरुलाई परिचालन गरिरहेको थियो । यो देशमा पाइने महिलाहरु साँच्चै नै राम्रा हुन्छन् । अग्ला र पातला, गोरा र निलो आँखा, स्मार्ट र फ्रेन्डली र शिक्षित–यस्ता छन् स्विडेनका महिलाहरु । सुन्दरता र वौदिकताको सबैभन्दा राम्रो उदाहरण स्विडेनका महिला नै हुन भन्दा फरक नपर्ला ।
३.थाइल्याण्ड थाइल्याण्ड आफ्नो प्रकृति, संस्कृति र अतिथी सत्कारका लागि परिचित होला । यसका साथै यो देश राम्री र लजालु स्वभावका महिलाका लागि चर्चित छ । यहाँका महिलाहरु परिचित भएपछि उनीहरु निकै खुल्ला र रोमान्टिक हुन्छन् । अलि गाढा वर्णका उनीहरु निकै राम्रा मानिन्छन् ।
४.बुल्गेरिया बुल्गेरियाका महिलाहरु पनि अपवाद होइनन् । संसारभरिका सबैभन्दा राम्रो महिलाको सूचिमा बुल्गेरियाका महिलाहरु पनि समावेश छन् । अग्ला, राम्रो छाला, चम्किलो आँखा, कालो कपाल भएका बुल्गेरियाका सुन्दरीहरु निकै आत्मिय र रोमान्टिक स्वभावका हुन्छन् ।
५. रसिया रसिया निकै राम्रा महिलाहरुको घर मानिन्छ । गोरो वर्ण, निलो आँखा, खैरो कपाल, अग्ला र अत्यधिक वौद्धिक हुन्छन् । सर्बियादेखि मस्कोसम्मको ४००० माइलमा यी राम्रा महिलाहरु भेटिन्छन् ।
६. नेदरल्याण्ड डच महिलाहरु आफ्नो आत्मिय व्यवहारका लागि चर्चित छन् । यद्यपी नेदरल्याण्ड अग्ला र राम्रा महिलाहरुको लागि पनि चर्चित छन् । यहाँ अग्ला भन्नाले निकै अग्लो हो । नेदरल्याण्डका महिलाहरुको औसत उचाई ५ फिट ८ इन्च हुन्छ ।
७. लेबनन लेबनन निकै पातला, सुगठित शरिर भएका महिलाहरुको लागि चर्चित रहेको छ । उनीहरुको निकै राम्रो आँखाले पनि थुपै्रको मन जित्न सफल भएको हुन्छ ।
८. ब्राजिल ब्राजिलका सुन्दरीहरु संसारमाझ परिचित छन् । निकै राम्रो शरिरभएका उनीहरु राम्रा गुणका खानी हुन्छन् । ब्राजिलमा घुम्न जाने महिलाहरु निकै सेक्सी र कालो वर्णका हुन्छन् । ब्राजिलका मोडलहरु आफ्नो जादु छर्नका लागि लगभग सबैजसो ठाउँमा रहेका हुन्छन् ।
९. इटाली इटालीले संसारलाई फेसेनको विभिन्न ब्रान्ड उपहार स्वरुप दिएको छ । इटालियन मोडलहरु संसारमाझ निकै हट मोडलको रुपमा परिचित छन् । यी महिलाहरुलाई ‘बेल्ला’ भनिन्छ र उनीहरु निकै आकर्षक हुन्छन् । इटालीलाई फेसन हवको रुपमा लिइने भएका कारण यहाँका महिलाहरुमा प्रचुर मात्रामा फेसन सेन्स रहेको हुन्छ जसले उनीहरुको सुन्दरतालाई अझ निखार्न सहयोग गरेको हुन्छ ।
१०. दक्षिण कोरिया राम्रो र चम्किलो अनुहार, सलक्क परेको कपाल, प्यारा विशेषताका कारण कोरियन महिलाहरु निकै राम्रा र सेक्सी हुन्छन् । यसका साथै उनीहरुको फेसन सेन्सले पनि उनीहरुलाई अझ राम्री बनाउन सहयोग गरेको हुन्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger