Latest Updates :

सम्भोग भन्दा पहिले खान नहुने कुराहरु

SHARE THIS POST :
सहवासका लागि उर्जावर्धक खानेकुराहरुका बारेमा धेरैलाई थाहा होला । त्यसैले रात्रीकालीन सहवासलाई उर्जादायक बनाउन बेलुकीको खानामा कस्ता कस्ता परिकार समावेश गर्ने भन्ने विषयमा धेरै मान्छेले आफुलाई जानकारी भएको बताएपनि सहवासको तयारीमा रहेकाहरुले कस्ता खानेकुराहरु खानु हुँदैन भन्ने बारेमा भने थाहा नहुनसक्छ । हामीले खाने खानेकुराहरुले आफ्नो यौनेच्छालाई सकारात्मक र नकारात्मक दुबै तरिकाले प्रभावित गर्छन् । त्यसैले यौन सम्पर्कको तयारीमा हुनेहरुले आफुले खाने परिकारमा ध्यान दिनैपर्छ । केही खानेकुराहरुमा एन्टी एफ्रोडायासिक अर्थात् यौनबर्धक प्रतिरोधी गुण हुन्छ । त्यसैले सहवासको अगाडि त्यस्ता खानेकुराहरुले खानाले मानिसमा यौन इच्छामा कमी आउँछ । सहवास अगाडि खान नहुने केही खानेकुराहरु यी हुन्-
१. चिज दुग्धजन्य पदार्थ विशेषगरी चिजलाई यौनइच्छा मार्ने खाद्यपदार्थको रुपमा लिइन्छ । सहवास अगाडि चिज नखानु राम्रो हुन्छ । २. सिमी सहवास अगाडि सिमी तथा गेडागुडी समेत नखानु राम्रो हुन्छ । यसले पाचन क्रियालाई बढि व्यस्त बनाउने र पाचनमै उर्जा खपत हुने भएकाले मानिसलाई अल्छी तथा यौनिक रुपमा कम सक्रिय बनाउँछ । ३. रातो मासु सहवास गर्नु अगाडि रातो मासुको सेवन लाभदायक हुँदैन । खासगरी पाचन क्षमता राम्रो नभएका तथा बढि ग्यास पैदा गर्ने मानिसहरुलाई रातो मासुको सेवन गरेको लामो समयसम्मै जिउ पूरै थकानयुक्त बनाइदिन्छ । त्यसैले त्यस्ता व्यक्तिहरुमा तत्कालका लागि यौन इच्छा कम भइदिन्छ । ४. टोफु टोफु लगायतका भटमासजन्य पदार्थहरुमा फाइटोस्ट्रोजेन हुन्छ । यसको बढि सेवनले सरीरमा टेस्टेस्टेरोन हर्मोनको मात्रा घटाइदिन्छ जसका कारण यौनइच्छा कम हुन्छ । ५.ड्राइ फुड तथा बोतलबन्द तयारी खानेकुराहरु प्रोसेस्ड फुडहरु तथा कम पोषण भएका तयारी खानेकुराहरु जस्तै ड्राइफुडहरुको सेवन समेत सहवासका लागि सहयोगी हुँदैन । सहवास अगाडि यस्ता खानेकुराको सेवनले यौनेच्छा घटाउन सहयोग गर्छ । ६. रेड वाइन यद्यपि थोरै मात्रामा रेड वाइनको सेवन कामोत्तेजना बढाउन सहयोगी हुन्छ र यसले सरीरमा रक्त प्रवाह बढाउँछ । तर यसको मात्रा बढि भयो भने परिणाम उल्टो हुन्छ । ७. इनर्जी डि्रंक्स इनर्जी डि्रंक्सको सेवनले जिउमा उर्जा प्रवाह गर्ने र सम्भोगलाई थप उर्जाशील बनाउने सोँचाइ धेरै मानिसको हुनसक्छ । तर इनर्जी डि्रंक्सले सहवासलाई उर्जाशील होइन निकम्मा बनाउने खतरा हुन्छ । यस्ता पेय पदार्थमा उच्च मात्रामा चिनी तथा कृत्रिम रंग र स्वादजन्य पदार्थहरु हुन्छ । यसले कामोत्तेजनालाई क्षयिकरण गर्ने खतरा हुन्छ । ८. ब्रोकाउली ब्रोकाउलीको सेवनले सरीरमा रहेका विषाक्त पदार्थलाई निर्मल्ीकरण गर्नुका साथै पोषक तत्वहरुले जिउमा अनेक फाइदा पूराउँछ । तर धेरैलाई थाहा नहुन सक्छ ब्रोकाउलीले तत्कालका लागि कामोत्तेजना कम गरिदिन्छ । ब्रोकाउलीमा सल्फोरेफेन र इन्डोल थ्री कार्बिनोल जस्ता रसायन हुन्छन् जसले सरीरमा वेस्ट्रोजेन हर्मोनको मात्रा घटाउने र कामोत्तेजना घटाउने काम गर्छन् । त्यसैले रात्रीकालीन सहवासलाई रोमान्चक तथा उर्जाशील बनाउनका लागि बेलुकीको भोजनमा ब्रोकाउलीको तरकारी नखानु राम्रो हुन्छ । ९. पुदिना पुदिनामा मेन्थोल तत्व हुन्छ जसले सरीरमा टेस्टेस्टेरोन हर्मोन घटाउने काम गर्छ । यो हर्मोन कम हुँदा मानिसको यौनेच्छामा कमी आउँछ । त्यसैले सहवास अगाडि पुदिनाको चटनी नखानु राम्रो हुन्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger