Latest Updates :

कस्तो अचम्म ! सर्पको बिष पनि हुन्छ औषधि

SHARE THIS POST :
सर्प देख्दा जो कोही पनि डराएर भाग्न खोज्छौ । त्यसको डरका कारण देख्नासाथ मार्नका लागि अगाडि बढ्छौ । सर्पको महत्व थाहाँ नभएर हामीले त्यसो गरेका हौ । के छ त सर्पको महत्व ? बुझिराखौ सर्प विशेषज्ञसँगको कुराबानीबाट पाएको जानकारी: १)औषधिका रुपमा सर्प औषधिका लागि प्रयोग हुने जीवशास्त्रीको अध्ययनले देखाएको छ । सर्पको विष (भेनाम्स) विभिन्न खाले औषधि बनाउन प्रयोग हुने सर्प विशेषज्ञ प्रा.डा. करण थापा बताउछन् । सर्पले टोकेका वेला प्रयोग हुने औषधि समेत त्यहि विषबाट निर्माण हुने उनको भनाइ छ । चोडपटक लागेका घाउमा प्रयोग गरिने औषधि समेत सर्पको भेनम्सबाट निर्माण गरिने अध्ययनले देखाएको छ । अहिलेसम्म नेपालमा त्यस्तो औषधि बन्न सकेको छैन । त्यस्ता औषधिहरु स्वदेशमै निर्माण गर्न सरकारी स्वकृति र सहयोग पाउने हो भने औषधि खरिदका लागि खर्च हुने रकम बच्नुका साधै विदेशी आम्दानी समेत प्राप्त गर्न सकिने प्रा डा थापाको भनाइ छ । कसरी निकाल्ने सर्पको भेनम्स ? सर्पको टाउकोमा भेनम्स पाइने भएकाले त्यसलाई निकाल्दा टाउकोमा समातेर सिसाको गिलासमा छोडान लगाइन्छ । एउटा सर्पको भेनम्स १५-२० दिनमा निकाल्न सकिने विशेषज्ञको भनाइ छ । यसरी निकालीएको सर्पको भेनम्सलाई विशेषज्ञहरुले घोडामा प्रयोग गरेर गरेर त्यसलाई भ्याक्सीनको रुपमा प्रयोग गर्द सकिने बताएका छन ।
२)मानोरञ्जनका लागि सर्प सर्पलाई मनोरञ्जनका लागि पनि प्रयोग गरिन्छ । सर्पलाई प्रयोग गरेर त्यसले देखाउने विभिन्न प्रतिक्रियाले मनोरञ्जन प्रदान गर्ने भएकाले यसलाई मनोरञ्जनका लागि प्रयोग गरिन्छ । सर्प विशेषज्ञका अनुसार सर्पलाई चिडियाखानामा राख्न, विभिन्न जादु देखाउन, रेष्टुरेन्डहरुमा राख्न प्रयोग गरिने भएकाले यसको महत्व विदेशि राष्ट्रमा निकै देखिन्छ। ४) अध्ययनका लागि सर्प विभिन्न जिवको अध्ययन गर्दा सर्पको पनि अध्ययन गर्नु पर्ने खण्डमा सर्पको आवश्यक पर्ने गर्दछ ।सर्पको अध्ययन गर्नु पर्ने समयमा सर्प खोज्दा नपाइने हुँदा त्यसलाई फार्ममा पालेर विक्रि वितरण गर्दा आर्थिक लाभ प्राप्त गर्न सकिन्छ। ४) खानाका रुपमा विभिन्न जातीहरुले यसलाई खानाका रुपमा समेत प्रयोग गर्ने गर्दछन् । विदेशी राष्ट्रमा यसलाई मासुको रुपमा पनि प्रयोग गरेको पाइन्छ । हाम्रो देशमा माछा खानका लागि प्रयोग गरे जस्तै विदेशी राष्ट्रयमा सर्प खानाका लागि प्रयोग हुने गर्दछ। विश्व परिवेशको तथ्याङ्कमा युएस, थाइल्याण्ड, हङ्कङक , चिनलगायतका मुलुकमा सर्पको व्यापार हुने गरेको जीवशास्त्रीको भनाइ छ । जीवशास्त्रीका अनुसार त्यहाँका देशहरुमा सर्प खानका लागि पनि प्रयोग गरिन्छ। ५) पर्वावरणका लागि सर्प सर्पको पर्यावरणमा पनि सहयोग गर्दछ । हाम्रा वरिपरी रहेका विभिन्न किटानु तथा जीवाणुहरुलाई सर्पले खाने भएकाले वातावरण स्वस्थ्य राख्न सर्पले सहयोग गर्दछ । भ्यागुता, माउसुली, किरा फट्याङग्रालगायतका जिव खाएर वातारणलाई स्वस्थ्य राख्न सर्पले मद्दत गर्दछ। कस्तो छ नेपालमा सर्पको संभवना ? वैज्ञानिक अध्ययन अनुसार सर्पका सबै प्रजातिहरु मांसहारी हुन्छन् । उसले जिब्रोको सहायतबाट आहाराको गन्ध पैल्याउन काम गर्छ । सर्पलाई दिनहु आहाराको आवश्यक नपर्ने विशेषज्ञ बताउछन् । सर्पले महिनामा एक पटक मात्र खाए पुग्ने गर्दछ। सर्प पालन निकै उपयुक्त हुने भएकाले नेपालमा त्यसको फार्म खोलेर त्यसको व्यवसाय गर्न सक्ने हो भने निकै ठूलो लाभ प्राप्त गर्न सकिने सर्प विशेषज्ञ बताउछन । सर्पका लागि महिनामा एक पटक मात्र आहारा चाहिने भएकाले त्यसको पालन गर्न समेत सजिलो हुने जीवशास्त्रीको भनाइ छ । त्यसलाई राख्नका लागि भने काठको बाकस उपयुक्त हुने जीवशास्त्रीले बताएका छन्। सर्प प्रसस्त हुने भएपनि नेपालमा त्यसको उपयोगिता र व्यवसाय गर्न नसकेका कारण आर्थिक आम्दानी गुमाउनु परेको छ । सर्पको निकै महत्व रहेपनि नेपालमा अहिलेसम्म त्यसको व्यवसाय हुन नसकेको जीवशास्त्री डा. मुकेश चालिसेले बताउछन्। विश्वमा हालसम्म दुई सय १५ प्रजातिका सर्प पाइने गर्दछन् । नेपालमा ८० देखि ८९ प्रजातिका सर्प पाइने जीवशास्त्रीको अनुमान छ । विश्वमा पाइने सवै प्रजातीका सर्प मध्ये ७५० मात्र विषालु हुने अनुसन्धानले देखाएको छ । नेपालमा २० प्रजातीका सर्पमात्र विषालु हुने सर्प विशेषज्ञ थापाले जानकारी दिए । त्यसमध्ये पनि कोब्रा र करेत गरि दुई प्रजातिका सर्प मात्र मान्छेका लागि खतरनाक हुने अध्ययनले देखाएको छ। नेपालमा सर्पको व्यवसाय गर्न सक्ने हो भने अन्तराष्ट्रिय बजारमा राम्रो स्थान बनाउन सकिने जीवशास्त्रिको दावी छ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger