सम्भोगका लागि महिला किन रोज्छन् पाको पुरुष
यौनका विषयमा विभिन्न अध्ययन हुँदै आएका छन् । हालै १२ हजार ७ सय ५६ जना महिला र पुरुषमा गरिएको एक अध्ययनले जुन सुकै उमेरका पुरुषले पनि २० देखी २५ वर्षका यौन पार्टनर मन पराउँछन । पुरुष चाहे १८ वर्षको होस् , ३० वर्षको होस् वा सो भन्दा बढी, सबै उमेरका समूहका पुरुषको रोजाइमा २०–२५ वर्षे उमेरका युवती पर्ने गरेको एक अध्ययनले देखाएको छ ।
फिनल्याण्डमा १८ देखि ४९ वर्ष उमेरका मानिसहरुमा गरिएको अध्ययनले २०–२५ वर्षे उमेरकी युवतीप्रति पुरुषहरु सबैभन्दा बढि आकषिर्त हुने गरेको पाइएको हो । त्यसमा सहभागीहरुलाई कुन उमेर समूहका विपरित लिंगीसँग बढि यौनिक आकर्षण हुने तथा कुन उमेरका सँग सम्भोग हुने गरेको छ ? भन्ने खालका प्रश्न गरिएको थियो । अध्ययन अनुसार महिला र पुरुषमा फरक पाइयो । महिलाहरु आफ्नै उमेरको अर्थात् आफुभन्दा केही पाको पुरुषसँग यौन सम्बन्धमा आकषिर्त हुने गरेको पाइयो ।
अध्ययनका क्रममा आफ्नो किशोरावस्थाको उत्तरार्ध तथा २० वर्षको आसपासको उमेरका युवतीहरु आफुभन्दा झण्डै ४ वर्ष जेठो युवक आफ्नो पार्टनर बनोस् भन्ने चाहन्छन् । तर, महिलाहरुको उमेर जति बढ्दै जान्छ उनीहरु आफ्नो पार्टनर र आफुबीचको उमेरको अन्तर कम चाहन्छन् । तर, पुरुषहरुमा भने महिलाप्रतिको आकर्षणका सन्दर्भमा उमेरमा एकरुपमा पाइयो । अध्ययनमा सहभागी सबै उमेर समूहका पुरुषहरुले २०–२५ वर्षे उमेरका महिलालाई रोजाइमा पारेको देखिएको छ ।
शोधकर्ताहरुका अनुसार महिला र पुरुषमा कुन उमेरको विपरित लिंगीप्रति आकषिर्त हुने भन्ने कुरा क्रमविकाशले तय गरेको हो । महिलाले आफ्नो भन्दा पाको उमेरको पुरुष रोज्नुका कारण भनेको पाको उमेरको पुरुषले आफुलाई चाहिएको सन्तुसष्ट प्रदान गर्नसक्छ भन्ने नै हो । शोधकर्ताहरुका अनुसार पुरुषको यौनिक रोजाइ उसको सन्तान प्राप्तिको योजनाका आधारमा तय भएको हुन्छ । पुरुषहरु प्रायः उर्वर उमेर समूहका महिलाप्रति आकषिर्त हुन्छन् । महिलामा सबैभन्दा उच्च प्रजनन क्षमता २० को दशकको मध्यतिर हुने र ३५ वर्षपछि घट्दै जाने पाइएको छ ।
Labels:
Featured
,
life-style
