Latest Updates :

हस्त मैथुन नडराइ मजाले गर्दा हुन्छ हस्त मैथुनबारे पूर्ण जानकारी नै नराखी भ्रम पालेर बस्नुभन्दा यसका फाइदाहरू

SHARE THIS POST :
हस्त मैथुनबारे पूर्ण जानकारी नै नराखी भ्रम पालेर बस्नुभन्दा यसका फाइदाहरू
भनिन्छ, किशोरकिशोरी तथा युवा मनोविज्ञानको सबैभन्दा अहं हिस्सा यौन वरिपरि रुमल्लिएको छ । कौतुहलता, रहस्य र जिज्ञासाले घेरिएको यस्तो मनोदशाभित्र हस्त मैथुनबारे अनेकन भ्रम र अनुभव–अनुभूति पनि पर्छन् । स्वप्नदोष, शीघ्र पतन, लिङ्गको आकार तथा लम्बाइ, वीर्य स्खलन नहुने समस्या, लिङ्ग उत्तेजित नहुने समस्या आदि युवाका यौन जिज्ञासाभित्र पर्दछन् ।

यस्तै, युवतीहरूमा चाहिँ कौमार्य, योनी सुख्खा हुने समस्या, यौनेच्छामा कमी, योनी सङ्कुचन हुने समस्या, स्तनको आकार, असुरक्षित यौन सम्पर्क, आकस्मिक गर्भ निरोध आदि जिज्ञासा पलाउँछन् । कुनै पनि व्यक्तिले आफ्नो जनेन्द्रीय चलाई यौन आनन्द लिने क्रियालाई हस्त मैथुन भनिन्छ । त्यसो त संस्कृत भाषामा हस्तको अर्थ हात र मैथुनको अर्थ यौनकार्य भन्ने बुझिन्छ । केटाहरूले चाँडै र सजिलै सिक्ने भएकाले नेपालमा पनि किशोरले बढी हस्त मैथुन गर्ने गरेका छन् ।

विश्वका करिब ९० प्रतिशत युवा र ६० प्रतिशत युवतीले हस्त मैथुन गर्ने गरेको तथ्याङ्क छ । हस्त मैथुन सम्बन्धी नेपाली युवा–युवतीको प्रस्ट तथ्यांक नभए पनि अनौपचारिक स्रोतका अनुसार नेपालको वस्तुस्थिति पनि खासै फरक चाहिँ छैन । युवतीले खुलेर भन्न नचाहने अर्थात् लजाउने कारण हस्त मैथुन गर्नेको संख्या वास्तविकताभन्दा कम देखिन सक्छ । युवतीको दाँजोमा युवाले बढी हस्त मैथुन गर्ने भएर होला, नेपाली समाजमा हस्त मैथुनलाई लिएर विशेषगरी युवामाझ अनेक थरीका शंका–उपशंका तथा अन्धविश्वास व्याप्त छ ।

हस्त मैथुन गर्नाले मुखमा डन्डिफोर आउने, आँखा कमजोर हुने, उचाइ नबढ्ने, दुब्लाउने, लिङ्ग बाङ्गो हुने, शीघ्र पतन हुने, वीर्य निख्रिने, भविष्यमा नपुङ्सक हुने, विवाहपछि यौन सन्तुष्टि नमिल्नेजस्ता भ्रम धेरैले पालेर बसेका छन् । युवावस्थामै शरीरमा अन्य परिवर्तनसँगै स्वभाविक रूपमा डन्डिफोर आउने तथा शरीरका अन्य अङ्गमा परिवर्तन आउने सामान्य कुरा हो । व्यक्तिपिच्छे लिङ्गको आकार तथा लम्बाइमा पनि फरकपना आउन सक्छ । पुरुषमा वीर्य उत्पादन निरन्तर रूपमा भइरहन्छ ।

प्राकृतिक तवरले यौनसम्पर्क राख्ने बेलामा जस्तै हातको सहायताले स्खलित गर्ने कार्यले वीर्य निख्रिने, शीघ्र स्खलन हुने भन्ने हुँदैन । त्यसो हुँदो हो त, विवाहित व्यक्तिहरूमा यी समस्या देखिनुपर्ने हो । फेरि नपुसङ्सकताका पुरुषजन्य तथा महिलाजन्य आ–आफ्नै कारणहरू छन् । राम्रोसँग चेकजाँच गराएको खण्डमा विगतमा असाध्य तवरले हस्त मैथुन गरिसकेको भए पनि खासै फरक पर्दैन । नपुसङ्कताका आफ्नै उपचार विधि छन् । अर्थात् हस्त मैथुन गर्ने बानीसँग यसको खासै सम्बन्ध हुँदैन ।

हस्त मैथुनबारे पूर्ण जानकारी नै नराखी भ्रम पालेर बस्नुभन्दा यसका फाइदाहरू बारे जानकारी राखेर ढुक्क हुनु राम्रो हो । पटक–पटकको हस्त मैथुनपछि हीनताबोध नगर्ने वा यससम्बन्धी अन्धविश्वास नपाल्ने हो भने यसले यौन अपराध लगायत अनावश्यक गर्भधारण, यौनरोग र एड्स संक्रमण घटाउँछ । यौन हिंसा कम गर्न र यौनजन्य संक्रमणबाट बच्न आफ्नो यौनेच्छा शान्त पार्ने अर्थात् यौन आनन्द लिने अत्यन्त राम्रो विकल्प हस्त मैथुन नै हो । त्यसो त युवायुवतीले हातको अलावा अन्य तरिकाले पनि आफ्नो यौनाङ्गलाई घर्षण गराई यौन आनन्द लिन्छन् । यसका लागि तकिया, बेलुन, नरम खालका वस्तु वा ‘सेक्सटोय’ पनि प्रयोग गर्ने गरिएको छ ।

युवायुवतीले आफ्नो जीवनमा पहिलो पटक चरम यौन आनन्द लिने माध्यम नै हस्त मैथुन हो । हस्त मैथुन यति नै पटक गर्न मिल्छ वा गर्नुपर्दछ भन्ने निश्चित मापन छैन । यो व्यक्ति विशेषको यौनेच्छामा भर पर्दछ । दिनमै दुई–तीन पटकदेखि हप्ता–पन्ध्र दिनमा एक पटक हस्त मैथुन गर्ने व्यक्ति पनि छन् । त्यसैले यो त व्यक्ति विशेषले आफ्नो यौनेच्छामाथि नियन्त्रण गर्न सक्ने क्षमतामा भर पर्छ । विवाहपछि यो बानीमा कमी आए पनि धेरै दिनसम्म यौनसम्बन्ध राख्न नपाएको वा नमिल्ने अवस्थामा विवाहितहरूले पनि हस्त मैथुन गर्ने गर्छन् । हस्त मैथुन गरेर पछुताउनुभन्दा हस्त मैथुन गर्ने बानीलाई नियन्त्रणमा राख्नु चाहिँ राम्रो हो ।

हस्त मैथुन गर्ने युवायुवती अन्ततः मानसिक रूपमा आफूलाई कमजोर महसुस गर्ने हुन सक्छन् । चिन्ता लिने हुनसक्छन् । बरू, हस्त मैथुनको क्रियालाई नै नियन्त्रणमा लिएर यो समस्याबाट मुक्ति पाउन सकिन्छ । प्रायःजसो एक्लै बसेको अवस्थामा, यौनजन्य पत्रपत्रिका पढेको तथा चलचित्र हेरेको अवस्थामा, यौनबारे सोच्ने गरेको अवस्थामा हस्त मैथुन गर्न बल पुग्छ । त्यसैले सकेसम्म एकान्त ठाउँमा बस्ने गर्नु हुँदैन भने यौन उत्तेजना बढाउने पत्रपत्रिका पढ्न तथा चलचित्र हेर्न कम गर्नु पर्दछ ।

हस्त मैथुन गर्न मन लाग्ने बित्तिकै हल्का घुमघाममा निस्कने तथा मानिसहरूको चहलपहलमा मिसिने हो भने त्यो रहर त्यसै सेलाउँछ । पढाइ वा आफ्नो व्यवसाय बेगरको फुर्सदिलो समयलाई रचनात्मक काम एवं खेलकुदमा लगाउनुपर्दछ । तर, यौन तनाव जबरजस्ती दबाउन खोज्यो वा यौन तनावबाट मुक्त हुने कुनै उपाय अपनाएन भने स्वप्न दोषका रूपमा पनि शरीरमा सञ्चित वीर्य बाहिरिन्छ । मुख्य कुरा, युवायुवतीले के बुझ्नु जरुरी छ भने, हस्त मैथुन आफैँमा त्यस्तो खराब होइन तर हस्त मैथुन गरेर मानसिक रूपमा विभिन्न भ्रम पाल्नु चाहिँ हानीकारक हुन सक्छ । -

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger