Latest Updates :

भित्र नछिरिकन केहि थाहा हुन्न भन्छिन हट नायिका शालु गौतम

SHARE THIS POST :
बेली डान्सर तथा गायिका सालु गौतम पछिल्लो समय कार्यक्रमहरुमा निकै व्यस्त छिन । विदेशबाट फर्केपछि पूर्वदेखि पश्चिमसम्म विभिन्न कार्यक्रमा व्यस्त बनेकी यिनै सालुसँग  गरेको कुराकानीः

पछिल्लो समय हट–हट फोटो मात्र अपलोड गरिरहनुभएको छ किन ? 
गर्मीको मौसम छ । चिसो कहाँबाट पाइन्छ भनेर मैले स्वीमिङ सुट गरेको मात्र हो । लिने मानिसले कसरी लिन्छन । त्यसमा भर पर्छ । कतिले सकारात्मक रुपमा लिनुभएको छ भने कतिले नकारात्मक रुपमा पनि ।
हेर्दा जति सिम्पल देखिनुहुन्छ, सामाजिक सञ्जालमा त्यति नै हट किन ? 
पर्दा भित्र र बाहिर फरक भएकै राम्रो जस्तो लाग्छ । पर्दामा मलाई जस्तो देख्नुभएको छ । बाहिर म फरक छु । पर्दामा हट मात्र होइन, सिम्पल पनि भएको छु । तर सालु भनेपछि सवैले किन हट सोच्छन । म नै कहिलेकाँही अचम्ममा पर्छु । भनेपछि नेपालीहरुको दिमाग परिर्वतन हुन आवश्यक भयो ? परिवर्तन धेरैको भइसकेको छ । कतिपयले बुझपचाउनु भएको छ । नराम्रो प्रतिक्रिया पनि आउँछन । कलाकार भएपछि राम्रो र नराम्रो दुवै प्रतिक्रिया स्वीकार गर्नुपर्छ ।
नराम्रो प्रतिक्रिया किन आयो होला ? 
कतिपय अवस्थामा नराम्रै लागेर पनि आएको हुन सक्छ । कतिपय खुट्टा तान्ने प्रवृतिले पनि हुन सक्छ । यी सवै कुराहरुलाई मैले सकारात्मक रुपमा लिएको छु ।
 भूकम्पपछि कति वटा कार्यक्रम गर्नुभयो ? 
भूकम्पको बेला धेरै कार्यक्रमहरु रद्द भए । तैपनि भूकम्प गइसकेपछि १०–१२ वटा कार्यक्रम गरिसकेँ । भूकम्प अघि कति गरे, म आफैँ पनि गन्न सक्दिन । पूर्वदेखि पश्चिमसम्म अनगिन्ती कार्यक्रमहरु गरेँ ।
 जीवनसाथी बनाउने सोच्नु भएको छ कि छैन ?
अहिलेसम्म मैले त्यस्तो सोचेको छैन । आफ्नो खुट्टामा आफैँ उभिने अनि मात्र लाइफ पार्टनर खोज्ने सोचमा छु । त्यो समय अलि आइपुगेको छैन ।
आजको मितिसम्म पनि तपाई आफ्नो खुट्टामा उभिन सक्नुभएको छैन ? 
उभिन त उभिएको छु । तैपनि मान्छेलाई जति भएपनि पुग्दैन । जतिको बलले अहिले उभिएको छु । त्यो भन्दा पनि अझ स्ट्रोङ्ली उभिन मन छ । केही वर्ष लाग्छ अझै ।
भनेपछि निकट भविश्यमै बिहे गर्दै हुनुहुन्छ ?
बिहे त एकपटक सवैले गर्नुपर्छ । कहिले लेखेको छ, त्यहीले हुन्छ । विगतमा त पक्कै भएन । भविश्यमै हुन्छ । भएको दिन तपाईलाई पनि खवर गरिहाल्छु नि । बाहिर बसेर आउनुभयो, नेपालमा पनि धेरै काम गरिसक्नुभयो ?
नेपाली कलाक्षेत्रको समस्या के रहेछ ? 
समस्या दर्शकहरुमै बढी छ । पूर्वमा मन पराउने कुरा, पश्चिममा मन पराइदैन । कलाकार आफैँले परिष्कृत गर्नुपर्ने अवस्था छ । जुन पहिरण लगाएर पूर्वमा अभिनय गरिन्छ, पश्चिममा त्यसलाई पचाउनु हुँदैन । नेपालमा विभिन्न भाषाभाषी छन भन्ने कुरा दर्शकहरुले बुझ्नुपर्छ । अर्कोकुरा कलाकारहरुमा पनि एकताको भाव छैन । नाम चलेका कलाकारहरु एउटै कार्यक्रममा जानुहुन्छ । तर उहाँहरुको बोलचाल समेत बन्द रहेको अवस्था छ । जुन कुरा बाहिर बसेर हेर्दा देखेको थिइन, त्यो कुरा भित्र छिरेपछि देखियो । कलाकार भनेको सर्वसाधारणको लागि आइडल पर्शन हो । त्यो कुरा कलाकारले बुझ्नुपर्छ ।
 बाहिर नदेखिने तर भित्र हुने के रहेछ ? 
कलाकारको भूमिका पर्दाभित्र एउटा र बाहिर अर्कै छ । बाहिर जस्तो देखिन्छ, भित्र एकदम छुट्टै छ ।
छुट्टै चाँही के ?
त्यो सवै भन्यो भने त मार्छन होला । यतिमात्र बुझौँ कि । चर्चित कलाकारहरुले पनि मेरो अन्तरवार्ता पढ्नुहोला । सर्वसाधारणले यो कलाकार जस्तै हुन्छु भनेर सोचिराखेको हुन्छ । त्यो सपना चकनाचुर हुन दिनुभएन । पुरुष कलाकारले महिला कलाकारलाई गर्ने व्यवहारदेखि लिएर अन्य धेरै कुरा छन । सवै महिला कलाकार ओपन नहुन पनि सक्छन । सवैलाई एउटै कोटीमा राखेर व्यवहार गर्न पनि मिल्दैन ।तर गरिएको छ ।
तपाईले देख्नुमात्र भयो कि भोग्नुपनि ? 
मैले आफैँ पनि भोगेको छु । के भोगेको भनेर चाँही नसोध्नुहोला । अलिकति त खोल्नै प¥यो नि ? सेक्सुअल हेरेस्मेन्टसम्मका कुराहरु छन । एउटै कार्यक्रममा पुरुष कलाकारले महिला कलाकारलाई त्यस्तो व्यवहार गर्ने गरेका छन । त्यस्तो कुराहरुले हामीजस्तो संघर्ष गरिरहेको कलाकारहरुलाई अघि बढ्न निकै कठिन छ । भनेपछि महिला कलाकारलाई धेरै गाह्रो छ ? 
कतिपय पुरुषलाई पनि गाह्रो होला । जुन व्यवहार पुरुषले महिलालाई गर्नुभएको छ । महिलाले पनि पुरुषलाई गर्नुभएको होला । किन कि महिलामात्र होइन, पुरुष पनि बलात्कृत भइराखेको हुन्छ । मैले जति बुझे त्यति भन्दैछु, पुरुष कलाकारले महिला कलाकारलाई गर्ने व्यवहार सही भएन कि ?

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger