Latest Updates :

सम्भोग हुँदाहुँदै औंलाले नै चलाएर किन चरमसुख लिनुपर्ने?

SHARE THIS POST :
मेरो उमेर ४४ वर्ष र मेरी श्रीमतीको उमेर ४० वर्ष भयो। हाम्रा दुई छोरा छन्। हामीबीच सातामा दुई-चार पटक करिब २० देखि २५ मिनेटसम्म सम्भोग हुन्छ। चरम आनन्दमा पुग्ने समयमा मेरी श्रीमतीले आफ्नो योनिलाई औंलाले चलाएर स्खलन गर्छिन् अनि मात्र मेरो वीर्य योनिभित्र झार्न भन्छिन्। सम्भोगका क्रममा आफैंले पहिले नै झार्नु अनि पछि मात्र लिंगबाट वीर्य खसाल्न लगाउनु कुनै यौनरोग हो? हो भने यसको उपचार बताइदिनुहोला। यदि होइन भने किन यस्तो हुन्छ? सम्भोग हुँदाहुँदै औंलाले नै चलाएर किन चरमसुख लिनुपर्ने?

सर्वप्रथम त तपाईंहरूले सक्रिय यौन जीवनयापन गरी यौनआनन्द लिइरहनुभएको कुरा सुनेर खुसी लागेको छ।
मानव यौन प्रतिक्रिया चक्र

तपाईंको प्रश्नको जवाफ दिइहाल्नुभन्दा पहिले एकपल्ट छोटकरीमा मानव यौन प्रतिक्रिया चक्रका बारेका चर्चा गरौं। मानव यौन प्रतिक्रिया चक्रका चारवटा चरण १. उत्तेजनाको चरण २. सम्भोगको चरण, ३. चरमसुखको चरण तथा ४. शिथिलताको चरण हुन्। सम्भोगको चरणमा भएको यौनक्रियालाई बढाउँदै लान सके एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जहाँ व्यक्ति यौनतनाववाट मुक्त हुन्छ। यसको अवधि निकै छोटो हुने भए पनि यौनजीवनमा यो चरणको विशेष महत्त्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सर्वोत्कृष्ट सुख अनुभव गर्छ। यसैलाई चरमसुख भनिन्छ। स्वर्गीय आनन्द, चरम आनन्दजस्ता कैयौं शब्द यसका लागि प्रयोग हुन्छन्। यही सुखका लागि सबै मानिस यौनसम्पर्क गर्न लालायित हुन्छन्।

आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै भए पनि केही कुरामा भने फरक हुन्छ। कतिपय महिलालाई चरमसुखको चरणसम्म पुग्न पुरुषको भन्दा बढी समय लाग्न सक्छ। यदि चरमसुखको चरणपछि पनि यौनक्रिया निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकभन्दा बढी पटक चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा भने त्यस्तो हुँदैन। महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक पुनर्ताजगी चरण हो। पुरुषहरू चरमसुख पाएर पुरानै अवस्थामा फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित हुन सक्दैनन्।

सम्भोगका कुरा

हामीमध्ये धेरैले यौनसम्पर्कलाई सम्भोग भन्ने शब्द प्रयोग गर्छाैं। झट्ट हेर्दा उस्तै लागे पनि यसको अर्थ भने केही फरक छ। सम्भोग अर्थात् 'सम+भोग', जसको अर्थ दुवै जना यौनसाथी -श्रीमान्-श्रीमती) ले समान रूपमा यस सुखलाई भोग गर्न पाउनु हो।

यौन साथीले सही तरिकाले यौन क्रियाकलापमा संलग्न हुन जान्यो भने यौन सम्पर्कमा संलग्न दुवै जनालाई एकसाथ यौन चरमसुख प्राप्त हुन्छ । एकसाथ चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन। तपाईंकी श्रीमतीले तपाईंले चरमसुख प्राप्त गर्ने बेला आफूले पनि यौन सुख प्राप्त गर्ने प्रयास गरेको देखिन्छ।

अर्कातिर दुवैले चरमसुख एउटै यौनसम्पर्कको दौरानमा उही समयमा नै प्राप्त गर्नुपर्छ भन्ने पनि छैन। साथसाथै पाइएन भने पीर गर्नुपर्ने आवश्यकता पनि हुँदैन, पालोपालो गरेर चरमसुख प्राप्त गरे पनि हुन्छ।

औंला किन हालेकी होलिन्?

हुन त यो प्रश्न तपाईंले श्रीमतीसँग पनि सोध्नुभयो होला। उहाँले तपाईंलाई के जवाफ दिनुभयो, थाहा पाउन पाएको भए हुन्थ्यो।  यो कुरा बुझ्न एकपल्ट महिला यौनाङ्गलाई बुझौं। हामीले पुरुष तथा महिलामा हुने यौन प्रतिक्रिया चक्रका बारेमा कुरा गर्‍यौं, महिलाको यौनाङ्गको यौन संवेदनशीलतामा देखिने फरकपनमा पनि ध्यान दिनुपर्छ।

महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग 'भगांकुर' बाहिरतिरै हुन्छ। यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सकिन्छ। सामान्यतः पुरुष माथि र महिला तल रहेर गरिने यौनसम्पर्कले महिलाको भगांकुरलाई घर्षण गर्दैन। महिला माथितिर रहेर महिलाले आफूले चाहेजस्तो कटि प्रदेशलाई चलाउन सक्छिन्, जसले यौन सुख प्राप्त गर्न सहज हुन्छ।

महिलाको अर्को यौन संवेदशील अंग योनि नै हो। लिङ्ग मात्र होइन, योनिमा औंला वा अन्य कुनै लिङ्गाकार वस्तु पसाउँदा पनि महिलालाई यौन आनन्द प्राप्त गर्न सजिलो हुन्छ।

स्खलन भएपछि लिङ्ग शिथिल भएर यौनसम्पर्क गर्न नसकेको स्थितिमा महिलालाई चरमसुखतर्फ अग्रसर हुने अवसर नै हुँदैन। तपाइर्ंकी श्रीमतीले यही कुरालाई ध्यान दिँदै तपाईंको वीर्य झर्नुअघि नै आफूले पनि यौन चरमसुख प्राप्त गर्ने प्रयास गर्नुभएको बुझिन्छ। यो आफैंमा सराहनीय कुरा हो।

तपाईंकी श्रीमतीले औला पसाउँदा चरमसुख वा आनन्द प्राप्त गर्न सहज भएकाले त्यसो गर्नुभएको बुझिन्छ। तपाईंले यो अवसरको पर्याप्त फाइदा उठाउनुहोस्, श्रीमतीलाई यौनसुख प्रदान गर्न। महिलालाई सुख प्रदान गर्न लिङ्ग पसाउनैपर्ने बाध्यता हुने मानसिकतावाट पनि बाहिर निस्कन अनुरोध गर्छु।

आशा गर्छु, तपाईंले आफ्नो जिज्ञासाको जवाफ पाउनुभयो नै होला। तपाईंले अनावश्यक रूपमा अन्य कुरा नसोची श्रीमतीको यो प्रयासलाई सक्दो सहयोग गर्नुपर्छ। यसले तपाईंहरू दुवै जनालाई सुखमय यौन जीवनयापन गर्न मद्दत गर्नेछ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger