कतिपय पुरुषलाई महिलासँग कसरी कुराकानी गर्ने र व्यवहार कस्तो गर्ने जानकारी नहुन सक्छ । केहि पुरुषहरुले महिलाहरुलाई निकै सताउँछन् पनि । त्यसैले कतिपय वेला उनीहरूको व्यवहारले बुझाइमा समस्या पनि ल्याउँछ । केही मनोवैज्ञानिक तथ्यमा ध्यान दिने हो भने यो गाह्रो कुराचाहिँ होइन ।
भावनाका विषयमा कुरा गर्नुहोस् । जस्तै, बाल्यकालका सम्झनाहरू, भविष्यका रुचिहरू, इच्छाहरू आदिबारेमा कुरा गर्नुभयो भने उनीहरू खुलेर कुरा गर्न रुचाउँछन् । उनीहरूले तपाईंप्रति गरेको व्यवहारको ख्याल गर्नुहोस् । उनीहरूको नजिकै उभिएर कुरा नगर्नुहोस् । कहिलेकाहीँ ठट्टा गर्नुहोस् । यसले वातावरण रमाइलो त बन्छ नै, उनीहरूको ज्यादै नजिक पुर्याउँछ । कुरा गर्न सजिलो पनि हुन्छ ।
उनीहरूसँग नजिकको व्यवहार गर्नुहोस् । बोल्न नडराउने, नजिकको सम्बन्ध राख्ने महिलाहरू बढी आकर्षित हुने गर्दछन् । उनीहरूका बारेमा कुरा गर्नुहोस् । महिलाहरू आफ्नोबारे धारणा सुन्न रुचाउँछन् । उनीहरूका बारेमा तपाईंले केही थाहा पाउनुभयो, त्यसबारे कुरा गर्नुहोस् । महिलाहरूलाई झर्को वा दिक्क लाग्ने कुरा नगर्नुहोस् । बरु, आफ्नो विचार व्यक्त गर्नुहोस् ।
प्रश्न गर्दा ठाडो उत्ताउलो तरिकाले होइन, नम्र र केही घुमाउरो तरिकाले सोध्नुहोस् ।
आफ्नो परिचय नलुकाउनुहोस् । काम, इच्छा र विचारबारे खुलेर कुरा गर्नुहोस् ।
युवतीहरूको शारीरिक बनावट वा आँखाको हेराइ आदिबारे प्रशंसा पनि नगर्नुहोस् ।
अन्य साथीसगँको सम्बन्धमा धारणा बुझ्नुहोस् र आफ्नो धारणा राख्नुहोस् ।