३२ वटा चलचित्रमा मैले राम्रा भूमिका गर्दा म मिडियामा आउन सकिन, मलाई दर्शकले चिन्न नै सक्नु भएन । रेखा थापा, झरना थापा, निरुता सिंहहरुको आफ्नै खालको व्यक्तित्व रहेछ, सायद म आफ्नो पहिचान बनाउन चुके कि । होइन भने , रेखा थापा, झरना थापा लगायतले पहिले नै लगाइसकेको पहिरन मैले अहिले लगाउँदा किन यती साह्रो चर्चा भएको छ ? सायद, अहिले मैले बनाएको पहिचान यही नै हो भन्ने लाग्छ । मैले पनि चलचित्रसँग नजिक भएर काम गरिरहेकी छु, सायद अब मेरो पनि पहिचान बन्दै होला भन्ने लागेको छ ।
मैले बनाएको र अभिनय गरेको चलचित्र ‘मखमली’को ट्रेलर आउने वित्तिकै कन्ट्रोभर्सीमा फसिहाल्छ भन्ने मलाई थाहा छ । त्यसको बिषयवस्तु पनि त्यस्तै छ । म चलचित्रमा जस्तो देखिन्छु, बाहिर त्यस्तो छैन । बाहिर हेर्दा मलाई धेरैले तपाई नै हो शुभेच्छा भनेर सोधेका हुन्छन् ।