Latest Updates :

कति निर्दयी श्रीमान: श्रीमतीमाथि यस्तो हर्कत ?

SHARE THIS POST :
 नाम शान्तिमाया आङदेम्वे भएपनि यिनको जिवनमा भने विवाह गरेपछि कहिल्यै शान्ति आएन् ।
सुखी जीवनयापन गर्ने, सँगै वाच्ने सँगै मर्ने, हरेक दुःख–सुख आधाआधा वाढ्ने भन्दै कसम आएर मानिसहरु प्राय वैवाहिक वन्धनमा वाँधिने गर्दछन् । तर यी लुङरुपा गाविस निवासी शान्तिमायाको जीवनमा भने विवाह गरेको एक महिना पछि शान्ति र सुखका दिन एक दिन पनि आएको छैन् । जब उनले नवमीडाँडा–५ वस्ने मोती बहादुर आङदेम्बेसँग चौथो विवाह गरिन् । उनलाई झुक्याएर मोती वहादुरले विवाह गरे । विवाह गरेको एक महिनासम्म त राम्रै गरेर राखे मोती बहादुरले,तर समय वित्दै गएपछि भने उनलाई कुटपिट गर्न थाले ।

त्यसपछि दिनहुँ श्रीमान् रक्सी खाएर श्रीमतीलाई कुटपिट गर्न थाले । उनी श्रीमान्को कुटपिट बाट आजित भइन् । यसअघि पनि यिनी गाउँमै रहेको प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा नआएकी होइनन् ।
श्रीमान् अव त सुध्रन्छ भन्दै तीन पटकसम्म प्रहरी कार्यालयमा मेलमिलाप गरी घर फर्किन्, तर त्यति गर्दा पनि श्रीमान् सुर्धनुको साटो उल्टै झन् कुटपिट गरि पिडा दिन थाले ।

उनले भनिन ‘मलाई जे ले भेट्यो,त्यसैले कुट्थे कहिल्यै मरि भनेर कुटेर जंगलमा लगेर फालिदिन्थे,गाउँका मान्छेले देखेर अस्पताल पुरयाई दिन्थे,फेरि उपचार गरेर घर फर्कयो, घरमा आएपछि फेरि श्रीमानको कुटपिट बाट आफू यसरी नै थलिनुपर्ने, लाग्छ यो मेरो जिन्दगी मानवको होइन्,पशुवत ब्यवहार सहिरहेको छु ।’
आफूलाई श्रीमान् मात्र नभएर सौतेनी आमाका छोराहरुले कुटपिट गर्ने गरेको वताइन् ।
पछिल्लो पटक  श्रीमान् मोतीबहादुरले भदौ ८ गते राती करिव ९ बजेको समयमा डोरीले खुट्टा बाँधेर दुवै हात कानमा पुर्‍याएर सियोले छेंडेर चिरपटले प्रहार गरी सख्त घाईते बनाए ।
घटनाका बारेमा छिमेकीले प्रहरीलाई खवर गरेपछि प्रहरीले उनका श्रीमान् मोती बहादुर आङदेम्वेलाई नियन्त्रणमा लिइएको छ ।
पटक पटक श्रीमती शान्तिमायालाई निर्घात कुटपिट गर्दै आएका आङदेम्बे विरुद्ध कुटपिट तथा अङ्गभङ्ग सम्वन्धि मुद्धा दर्ता गरेर कारबाही प्रक्रिया अगाडी बढाउने तयारी भइरहेको प्रहरी निरीक्षक गोविन्द झाले जानकारी दिए ।
श्रीमानको कुटपिटबाट सक्त घाइते भएकी आङदेम्बेको दुवै हात भाँचेको, खुट्टा मर्केको र शरिरको विभिन्न भागमा निलडाम रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयका डा.ओमप्रकाश यादवले बताए ।
उनलाई अस्पतालमा रहेको लैङ्गिीक हिंसा एकद्धार संकट व्यवस्थापन केन्द्रमा राखी उपचार गरिरहेको डा. यादवको भनाइ छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger