खास घर मकवानपुर, हाल चितवनमा सुनचाँदी पसल छ । १०–१२ वर्ष पहिले २०६८ साल तिरको हो त्यतिबेला म करिब १८ वर्षको करिब १६ वर्षको उमेर थियो उनको । करिब एक हप्ता बीच हाम्रो टेलिफोन सम्पर्क भयो । त्यस पछि हामी विवाह गर्ने निर्णयमा पुग्यौं । एक पटक पनि फेसटु फेस भएको थिएन एक दिन कुनै स्थानमा भेट ग¥यौं र रात्री बसमा हामी घर तिर गईयो । त्यतिबेला उनको एसएलसी पनि नजिकै आइरहेको थियो । एक छिनपछि उनको साथीलाई भेट गराईन । मलाई मन मनै डर लागेको थियो कुनै संस्थाबाट मलाई कोही पक्रन आएको पो होकी भन्ने डर लागेको थियो तर रहेनछ ।
बसको हेल्परले त तपाई भाग्नुहोस तपाई माथि नराम्रो पनि हुन सक्छ भनेको थियो । मैले सोचें मैले केही गल्ती नै गरेको छैन भने किन डराउनु । त्यसपछि उनीसँग आएको साथीले होटलको कोठामा गएर बसीयो । उनका साथीसँग रातभर कुरा भयो । कुराकानीको सिलसिलामा शारीरिक सम्पर्कका कुरा पनि उठ्यो तर त्यस्तो नभएको कुरा मैले बताएँ । त्यो समयमा उनी महानावारी भएको अवस्थामा थिईन ।
करिब विहान ४ बजेको थियो उनका साथीले उनलाई लिएर घर तिर गए । हामीहरुको जात पनि मिल्दैनथ्यो उनी बाहुन परिवारको र म विश्वकर्मा । विवाह गर्ने उमेर पनि भएको थिएन । त्यतिबेला मैले अन्तरजातीय विवाह हुनेहरुको पारिवारिक जीवन अत्यन्तै पीडा दायी भएको र व्यक्त गरेको सुनें देखेंको कारण मलाई मन मनै एककिसिमको भावनाको विकास भई कुरा खेली रहेको थियो । किनकी अन्तरजातिय विवाह गर्दा दुई जना मात्रै हुँदा रमाईलो हुने हो जब बच्चा बच्चि हुन्छन् मामा घर जाने ससुराली जाने आफन्त कहाँ
जानेकुरा आउँदा निकै अप्ठेरो हुने खुलेर हिडडुल गर्न पनि असजीलो हुने । बाँकी कुरापछि पनि हुन्छ अहिलेलाई छुट्टिउँ भनेर त्यहाँबाट म फर्कें । त्यसपछि उ सँग अहिलेसम्म भेटघाट छैन । रेडियो अडियोको खुल्दुली डट कम सुनेर नै मैले के अठोट गरें र भनें केटी मानिसले २० वर्ष पुरा नगरी र केटा मानिसले २५ वर्ष ननाघि विवाह बन्धनमा नबाँधिनुहोस् ।
माया नै नगर्नुहोस् म भन्दिन तर जीवन जसरी सजिलो हुन्छ त्यसरी चल्न सक्नु पर्छ तर आवेशमा, भावनामा बहेर कुनै निर्णयहरू नगर्नु होस भन्नचाहन्छु । वैदेशिक रोजगारको लागि बाहिर जान मन गर्ने साथीहरूको लागि पनि म के भन्न चाहन्छु भने । विदेश जाने भनेको कमाउनका लागि हो । विदेश पनि त्यत्तिकै गईंदैन कित ऋण खोज्नु प¥यो कि भएको सम्पत्ति बेच्नु प¥यो । आपूmमा कुनै कुराको विशेष ज्ञान नभएपछि जस्तो काम पनि स्वीकार गर्नु प¥यो यहाँबाट जे कामका लागि जाने हो त्यही काम पाउने कुनै निश्चित हुँदैन भनेजती तलब हुँदैन । म बाहिर जाने सिलसिलामा काठमाडौं जाँदा विना काम ५० हजार त्यत्तिकै भ्याए । म्यान पावर धाउँदा धाउँदा हैरान पासपोर्ट नदिए प्रोसेस गरिदिँदैनन्, पासपोर्ट दिए पठाई दिँदैनन् ।
अरुको देखासिकीमा मन न बहलाई कन नबुझिकन विदेश जाने भनेर भएको सम्पत्ति पनि नसक्नुहोस् र ऋण काढेर बाहिर जाने काम पनि नगर्नु होस् जे गर्नु छ मन लगाएर यही गर्नुहोस् काम सानो ठूलो हुँदैन । जे गर्दा पनि हुन्छ । आपूm सँग कुनै सीप भए त्यही गर्नुहोस् नभए सीप सिकेर स्वदेशमै काम गर्नुहोस् । यदी मैले त्यही १८–२० वर्षकै उमेरमा अन्तरजातीय विवाह गरेको भए मलाई घरदेखि बाहिर बस्नु पथ्र्यो, विवाहभएपछि श्रीमती बालबच्चा पाल्नु पथ्र्यो सानै उमेर थियो । परिपक्व भइएको थिएन ।
समाजले स्वकार्न पनि सक्थ्यो नस्वीकार्न पनि सक्थ्यो सामाजिक कारणले पनि धेरै अप्ठेराहरू जीवनमा आउन सक्थे । त्यतिबेला जे गरें ठीक गरे जस्तो लाग्छ आज । सुख सँग स्वदेशमा आप्mनै परिवारमा बसेको छु रमाएको छु । मेरा केही आफन्तहरु बाहिर हुनुहुन्छ गएको ५–७ वर्ष भई सक्यो वहाँ हरूलाई अहिले पनि १०–१५ हजार मासिक जोगाउन मुस्किल छ । नभने पनि त्यति सन्तोष हुनुहुन्न । अहिले मैले मासिक ३० हजार देखि ५० हजार सम्म कमाई गर्छु । त्यसैले स्वदेशमै बसेर सीप सिकेर काम गरौं प्रलोभनमा परेर अरुको कुरा सुनेर विदेश विदेश भनेर बाहिर नजाउँ ।
