Latest Updates :

सबैले जानीराखौ सुपर सेक्स भनेको के हो ? चरम आनन्दको लागि सुपर सेक्स गर्ने तरिका के के छन त ...भिडियो हेर्नुस

SHARE THIS POST :
एक अनुसन्धानअनुसार यौनको बढी भन्दा बढी आनन्द लिनका लागि केही सामान्य कुरामा ध्यान दिन आवश्यक छ । ‘क्यानेडियन जर्नल अफ ह्युमेन सेक्सुवालिटी’मा प्रकाशित अनुसन्धानअनुसार ग्रेट सेक्स’ का लागि यौनपार्टनरसँग मानसिक रुपमा तालमेलको जरुरी छ । दुवैबीच संवादको समेत एकरुपता आवश्यक पर्छ । एक आपसमा आ–आफ्नो उपस्थिति दर्ज गराउनु सुपर सेक्सका अर्को सूत्र हो ।
अनुसन्धानमा भनिएको छ, ‘सँगै हुँदा हरेक क्षण पूर्ण रूपमा रमाइलो तरिकाले जिउने प्रयास गर्नुपर्छ ।’ दुबैले आफ्नो ऊर्जाको भरमग्दुर उपयोग गर्दै सम्बन्धको न्यानोपनलाई कायम राख्नु आवश्यक हुन्छ । अन्तरंगता अर्को मुख्य सूत्र हो ।
अन्तरंगता यौन सम्बन्धका लागि उत्प्रेरक हुन्छ, जसले उत्तेजनामा तीब्र वृद्धि गर्छ । यसले आपसमा आदर र सम्मानको भाव समेत जाग्रित हुन्छ । सँगै एक–अर्काप्रति वास्तविक र स्वाभाविक यौन चाहना उत्पन्न हुन्छ । अनुसन्धानअनुसार यौन क्रियाका लागि एक–अर्कालाई शारीरिक रूपमा अनुभव गर्नु नै महत्वपूर्ण हुँदैन ।
यद्यपि यौन क्रियाक्लपामा जुट्नुअघि अतिरिक्त संवाद र एक–अर्काप्रति सहानुभूति राख्दा अझ राम्रो हुन्छ । संवाद बोली वा सांकेतिक रुपमा हुन सक्छ । सम्बन्धको सुमधुरता आवश्यक हुनुको साथै एक–अर्काप्रतिको समर्पण अझ महत्वपूर्ण कुरा हो ।यदि जोडीहरू मानसिक र शारीरिक रूपमा यसका लागि तयार हुन्छन् भने उनीहरू राम्रो यौनको अनुभव गर्छन् । जोडीहरूले यो कोसिस गर्नुपर्छ कि आफ्नो साथीलाई परमानन्दको सुख दिने होइन, दुइटैले कसरी आनन्द लिने । अनुसन्धानले ‘स्वस्थ यौन’ एक प्रकारको ‘एडवेन्चर’ बताएको छ, जसलाई विवाहित दम्पती, प्रेमजोडीले अनुभव गर्न सक्छन् । बुझ्नैपर्ने कुरा के हो भने यौनका लागि
तयार हुनु युद्ध लड्नु होइन, यो समर्पण हो ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger