Latest Updates :

श्रीमान बिदेशमा, श्रीमती दुई ब्याईफ्रेन्डसँग काठमाडौंमा मस्ती गर्दै !

SHARE THIS POST :
एक बच्चाकी आमा रहेकी एक युवतीको श्रीमान बैदेशिक रोजगारको क्रममा खाडीमा छन् । तर उनी भने काठमाडौंमा दुई ब्याईफ्रेन्डसँग काठमाडौंमा मस्ती गर्दै आएको खुलेको छ । दुई ब्याईफ्रेन्डबीच आपसी झगडामा बिहिबार एक जना मारिएका छन् । आफुले प्रेम गरेकी ती युवतीसँग लागेको भन्दै भारतको मोतीहारी घर भएका २२ वर्षीय रञ्जित शर्माले आफ्नै मालिकका छोरा २० वर्षीय मुन्टु शर्माको धारिलो हतियारले घााटी रेटेर हत्या गरेका छन् । रञ्जितलाई प्रहरीले बिहीबार बेलुका नै पक्राउ गरेको छ । मारिएका मुन्टु बौद्ध टुसालस्थित बिएम फर्निचरका सञ्चालक भारतीय नागरिक उमेश शर्माका छोरा हुन् ।

अभियुक्त रञ्जित सोही फर्निचरमा मिस्त्री थिए । सोही फर्निचरमा रङलगाउने काम गर्ने एक २२ वर्षीया महिलासँग रञ्जित विगत आठ महिनादेखि प्रेम सम्बन्धमा थिए । हत्यापछि पक्राउ परेका रञ्जितले बिहीबार मुन्टु ती महिलासँग करिब एक घन्टा हराएको र उनीहरूबीच सम्बन्ध रहेको आशंकामा आफूले हत्या गरेको बयान दिएका छन् ।

प्रहरीलाई झुक्याउने प्रयास महानगरीय अपराध महाशाखाका डिएसपी दीपक न्यौपानेका अनुसार हत्यापछि रञ्जितले बेलुका करिब ११ बजे मुन्टुलाई चार–पाँचजनाको संख्यामा आएका

चोरहरूले हत्या गरेको भन्दै फर्निचरमा रोएर लडिबुडी गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चोरहरूले हत्या गरेर शव झ्यालबाट फालेको देखाउन उनले फर्निचरका

सञ्चालक तथा मृतकका बाबु सुत्ने कोठाको जालीसमेत काटेका थिए । ‘तर, प्रारम्भिक अनुसन्धानमा नै घटना शंकास्पद लाग्यो,’ डिएसपी न्यौपानेले भने, ‘उनी लडिबुडी गरिरहेको

स्थानमा रगत र घाँस थियो, त्यो कहााबाट आयो भनेर हामीले अनुसन्धान सुरु र्गयौा ।’ सुरुमा ढाँट्न खोजेका उनले पछि आफूले नै हत्या गरेको स्विकारेका हुन् । ‘बेलुका

माछा खाने क्रममा कि त्यो केटीलाई छोड कि मलाई मार नत्र तालाई मार्छु भन्यो,’ अभियुक्त शर्माले सोधपुछमा भने, ‘पछि २० रुपैयाँको रक्सी खाएा, अनि उसले भनेको कुरा

सहन सकिना, सुतेको बेला राँबो (काठ चिर्ने आरा)ले उसको घाँटी रेटेर मारिदिए ।’
हत्यापछि शवलाई कारखानाकै घाासको चौरमा फालेर उनले मुन्टुको चोरहरूले हत्या गरेको भनेर नाटक गरेका थिए । फर्निचर सञ्चालक उमेश भारत गएकाले फर्निचारमा दुईजना

मात्र थिए । उनीहरूको घर भारतको मोतीहारीस्थित कल्याणपुरको एउटै गाउामा पर्दछ ।
प्रहरीका अनुसार अभियुक्त शर्मा ०६९ सालदेखि नै फर्निचरमा काम गर्दै आएका थिए । हेल्परबाट काम सुरु गरेका उनी पछि मिस्त्री भएका थिए । तर, साहुले तलब नबढाएको

भन्दै दुई वर्षपछि जागिर छाडेर होटेलमा काम गर्न थालेका थिए । तलब बढाइदिने भन्दै फर्निचर सञ्चालक उमेशले पछि फेरि फर्काएका थिए ।
गत वर्ष मंसिरदेखि फर्निचरनजिकै डेरा लिएर एक महिला आएकी थिइन् । उनले आफूलाई जागिर लगाइदिन रञ्जितलाई भनेपछि उनले फर्निचर सञ्चालक उमेशलाई भनेर सोही

फर्निचरमा रङ लगाउने काम लगाइदिएका थिए । घन्टाको आधारमा ज्याला पाउने गरी उनले काम गर्दै आएकी थिइन् । एक सन्तानकी आमा ती महिलाका श्रीमान् विदेशमा छन् ।

महिला र रञ्जितबीच सम्बन्ध नजिकिादै गएपछि प्रेमसम्बन्ध स्थापित भएको थियो । उनीहरूबीच शारीरिक सम्बन्धसमेत रहेको खुलेको छ । तर, केही समय यता मुन्टु र ती

महिला हराउन थालेपछि रञ्जितले उनीहरूबीच पनि सम्बन्ध रहेको आशंका गर्न थालेका थिए ।
बिहीबार पनि उनीहरू करिब एक घन्टा हराएका थिए । पछि माछा लिएर सागै फर्किएका थिए । महिला खाना खान आफ्नै डेरामा गएपछि रञ्जित र मुन्टु सँगै खान खाएर सुतेका

थिए । खाना खानेक्रममा उनीहरूबीच झगडा भएको थियो । मुन्टु निदाएपछि रञ्जितले काठ काट्ने रााबोले घााटी रेटेर उनको हत्या गरेका थिए । ‘एक महिलासाग दुईजनाको

सम्बन्ध भएकाले नै हत्या भएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरीले भने । दृष्टि साप्ताहिकमा खबर छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger