Latest Updates :

प्रहरीको निगरानी एवं धरपकड बढ्दै गएपछि @ पोखराका बेस्याहरु डेरा लियर यौन व्यवसायमा संलग्न

SHARE THIS POST :
पोखराका होटल तथा रेस्टुराँमा हुने यौन व्यवसायमा प्रहरीले निगरानी बढाउन थालेपछि यौनकर्मी महिलाहरू डेरा बाटै यौन व्यवसायमा संलग्न हुन थालेका छन्। होटल-रेस्टुराँमा प्रहरीको निगरानी एवं धरपकड बढ्दै गएपछि सुरक्षाका लागी डेरा लिएर यौन व्यवसाय गर्नेहरू बढिरहेका छन्' यौनकर्मी महिलाहरूका बारेमा अध्ययन गरेका अधिकारकर्मी माधव पहारीले भने, 'यसरी डेरा लिएर यौन व्यवसाय गर्नेहरूमा हत्तपत्त प्रहरी प्रशासनको समेत आँखा पुग्न सक्दैन।'

उता प्रहरीले होटल रेस्टुराँमार्फत यौनधन्दा गर्ने प्रवृत्ति ह्वात्तै घटेको दाबी गरेको छ। विगतमा पनि डेराबाट व्यवसाय सञ्चालन गर्नेहरूलाई समातेका हौं, ' अहिले पनि त्यस्तो पाइयो भने पक्राउ गर्छौं, ' प्रहरी नायब उपरीक्षक राजेशनाथ बाँस्तोला भन्छन्, 'सूचना पाएको खण्डमा हामी जुनसुकै रूपमा यौनधन्दा गर्नेलाई छाड्दैनौं।'

यही पेसामा लागेर घर जग्गासमेत जोडेका उदाहरण यौनकर्मीका बारेमा अध्ययन गर्दै आएका संघसंस्थाहरूको प्रतिवेदनमा उल्लेख छ।

पछिल्ला पाँच-छ महिनाको अवधिमा प्रहरी प्रशासनले होटल रेस्टुराँमा छापा मारेर यौनकर्मीहरूलाई नियन्त्रणमा लिन थालेपछि देहव्यवसायीहरूले आफंै ग्राहक खोज्न थालेका हुन्। आफ्नो नाम उल्लेख गर्न नचाहने यौनकर्मीहरूको अध्ययन गर्दै आएकी एक अधिकारर्मीले ६० प्रतिशत यौनकर्मी महिला होटल रेस्टुराँबाट विस्थापित भएपछि मोबाइलमार्फत ग्राहक खोजेर डेरामा यौन व्यवसाय गरिरहेको बताइन्। सन् २००७ देखि चल्दै आएको उनको अध्ययनमा सुरक्षित डेरा लिएर व्यवसाय गर्नेहरू बढिरहेका देखिन्छन्।

यसरी डेरा लिएर यौन व्यवसाय गर्नेहरूका ग्राहक सीमित हुन्छन्। पोखराका मुख्य यौनधन्दा हुने होटल-रेस्टुराँहरूमा केही समययता यौनकर्मी युवतीहरू विगतको जस्तो ठूलो संख्यामा देखिँदैनन्। बाग्लुङ घर बताउने बिमति क्षेत्री (नाम परिवर्तन) चार वर्षदेखि 'कन्ट्रयाक' मा यौन व्यवसाय गर्न बाध्य छिन्। सानैमा बाबु भारतमा रोजगारीका क्रममा बेपत्ता भएपछि आमा र एउटा भाइको हेरचाह गर्ने जिम्मेवारी उनीमाथि आइपर्‍यो। सहरी युवकसँग विवाह गरेर पोखरा आएकी बिमतिका श्रीमान् पनि केही समयपछि बेपत्ता भए।

रोगी आमाको हेरचाह एवं भाइको पढाइका लागि उनले बाध्यतावश यौन व्यवसाय अँगालिन। उनीजस्तै यौन व्यवसायमा लाग्ने महिलाहरू रहरले नभएर आफ्नै बाध्यताले नचाहँदा-नचाहँदा पनि यौन व्यवसायमा लाग्न बाध्य भएका देखिन्छन्। योभन्दा राम्रो काम अर्थात् पेसा-व्यवसाय पाउने हो भने यौन व्यवसायमा संलग्न ७५ प्रतिशत महिलाले यो दलदलबाट छुटकारा चाहने कमल पौडेल रिमालले गरेको अध्ययनमा उल्लेख छ। त्यस्तै ५० प्रतिशत यौनकर्मी युवतीमा घरजमको चिन्ता छ। विभिन्न संघसंस्थाको तथ्यांकअनुसार पोखरा क्षेत्रमा १ हजार २ सयजति यौनकर्मी महिला छन्।
साभार:शिव शर्मा/साप्ताहिक
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger