केटी साथीसँग यौनसम्पर्क गर्दा लि· पस्दैन, किन होला ?
तपाईंले अति नै सीमित जानकारी दिनुभएको स्थितिमा पक्का कारण भन्न सकिने स्थिति त छैन। योनिमा लिङ्ग प्रवेश नगर्ने प्रमुख कारण आवश्यक मात्रामा लिङ्गको उत्तेजन
नहुनु हो। यदि त्यसो होइन भने तपाईंकी केटी साथीको योनिमा औंला वा कुनै वस्तु पस्छ कि पस्दैन विचार गर्नुहोला।
केही किशोरी वा युवतीको योनिच्छद -ज्ymभल) ले पूरै नै
योनिद्वार टालिएको अवस्था वा जालीजस्तो भएको अवस्थामा लिङ्ग प्रवेश असजिलो हुनसक्छ । तपाईंले आफ्नी केटी साथीको उमेर त लेख्नुभएको छैन तर महिनावारी नियमित
नै भैरहेको होला भन्ने आशा गरेको छु। अन्य कुरा पस्ने तपाईंको लिङ्ग मात्र नपस्ने हो कि ? विचार गर्नुहोला। यौन सम्पर्कदेखि डराएको स्थितिमा कतिपय महिलाको योनिमा
संकुचन आउँछ र योनिद्वार खुल्दैन। त्यस्तो स्थितिमा पनि लिंग पसाउन गाह्रो वा पीडा हुन्छ। आवश्यक परे चिकित्सकको सहयोग पनि चाहिन सक्छ।
